शव मात्र भेटिए पनि हुन्थ्यो’
३२ असार २०८१
•
२ मिनेट पाठ
शव मात्र भेटिए पनि हुन्थ्यो’
रौतहटका नन्दनलाल चौधरीका आँखामा आँसु प्रस्ट देख्न सकिन्थ्यो। आइतबार बारम्बार उनी त्रिशूली किनारतिर हेरेर टोलाइरहन्थे। घरीघरी रुखको छेउमा आउँदै घाँटीमा भिरेको पछ्यौराले आँसु पुछिरहन्थे। 




छोराको खोजीमा तीन दिनअघि नारायणगढ–मुग्लिन सडकअन्तर्गतको सिमलताल आएका चौधरीलाई छोरा जीवितै होला भन्ने आशा मर्दै गएको छ । ‘तीन दिन भइसक्यो, जिउँदो छ भन्ने  के आशा राख्नु र ?’ उनले भने।

उनले थपे, ‘शव मात्र फेला पार्न पाए पनि हुन्थ्यो।’ चौधरीका माइला छोरा बेपत्ता भएका हुन्। उनका छोरा किशोर चौधरी बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सका चालकसमेत हुन्। अन्तिमपटक असार २६ गते छोरासँग कुरा गरेका चौधरीले फेरि बोल्न पाइएला भनेर आशा मार्न थालेका छन्। सरकारले बेपत्ताको खोजी कार्यलाई तीव्रता दिए पनि यसबाट उनी सन्तुष्ट छैनन्। ‘खोज्ने काममा केही चहलपहल छैन। हामीलाई त्यहाँ जान दिइएको छैन,’ उनले भने, ‘छेउछेउमा मात्र खोज्छ, अरूतिर जाँदैन।’ उनी गाडी लाइनमा लागेको दुई दशक बित्यो। यही व्यवसायबाट चार जनाको परिवार धानिँदै आएको थियो।

हेटौंडाका राजेश केसीको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस २७ जना यात्रु बोकेर शुक्रबार बिहान वीरगन्जबाट काठमाडौंतर्फ जाँदै थियो। आफ्ना माइला भाइलाई यात्रु लिएर काठमाडौं पठाए पनि गाटी गन्तव्यमा पुग्न सकेन। बिचमै सिमलताल पहिरोले गाडीलाई त्रिशूलीमा घचेट्यो । भाइको खोजीमा आएका राजनको पछिल्लो तीन दिन त्रिशुली र नारायणी किनार डुल्दै बितेको छ। कतै शव भेटियो भन्ने सुन्दा उनी भरतपुर अस्पताल दौडिहाल्छन् तर भाइ फेला परेका छैनन्। उनलाई पनि भाइ जीवित होला भन्ने आशा मर्दै गएको छ।

‘शव मात्र फेला पार्न पाए पनि हुन्थ्यो भन्ने हिसाबले बसेका छौं । खोजीकार्य अझ तीव्र पार्न त्रिशूली नदीको बहावले दिएको छैन,’ उनले भने, ‘लास मात्र भए पनि लिएर जान पाइयो भने त्यही नै सन्तोषजक हुन्थ्यो।’ जीवित नभए पनि छिटो खोजिदिन गृहसचिवलाई अनुरोधसमेत गरे। खोजीकार्य जति ढिलो यो झन् समस्या हुने उनको भनाइ छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गतको सिमलतालमा पहिरोले त्रिशूलीमा दुईवटा बस बगाएको तीन दिन पुगिसक्यो। आफन्तको पर्खाइमा त्रिशूली किनारमा बसिरहेकाको मन अत्तालिएको छ। भाइलाई खोज्न आएका रौतहटका मोहन दास निराश छन्। भाइ भेटिने/नभेटिने कुनै अत्तोपत्तो छैन। ‘बाँसको लट्ठीले घोचेका छन्। नारायणीको वेगलाई त्यसले के पत्ता लाग्नु र ?’ उनले भने।

शुक्रबार बिहान दुर्घटनामा परेका दुई वटा बसमा ६५ जना यात्रु थिए। टिकट चलान र सम्पर्कमा आएका आफन्तको भनाइका आधारमा ६५ जना यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। शुक्रबारदेखि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी सहितको गोताखोर टोलीले बसको खोजीकार्य जारी राखेको छ।
अर्को समाचार
शव मात्र भेटिए पनि हुन्थ्यो
३२ असार २०८१
•
२ मिनेट पाठ
शव मात्र भेटिए पनि हुन्थ्यो
रौतहटका नन्दनलाल चौधरीका आँखामा आँसु प्रस्ट देख्न सकिन्थ्यो। आइतबार बारम्बार उनी त्रिशूली किनारतिर हेरेर टोलाइरहन्थे। घरीघरी रुखको छेउमा आउँदै घाँटीमा भिरेको पछ्यौराले आँसु पुछिरहन्थे।




छोराको खोजीमा तीन दिनअघि नारायणगढ–मुग्लिन सडकअन्तर्गतको सिमलताल आएका चौधरीलाई छोरा जीवितै होला भन्ने आशा मर्दै गएको छ । ‘तीन दिन भइसक्यो, जिउँदो छ भन्ने  के आशा राख्नु र ?’ उनले भने।

उनले थपे, ‘शव मात्र फेला पार्न पाए पनि हुन्थ्यो।’ चौधरीका माइला छोरा बेपत्ता भएका हुन्। उनका छोरा किशोर चौधरी बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सका चालकसमेत हुन्। अन्तिमपटक असार २६ गते छोरासँग कुरा गरेका चौधरीले फेरि बोल्न पाइएला भनेर आशा मार्न थालेका छन्।

सरकारले बेपत्ताको खोजी कार्यलाई तीव्रता दिए पनि यसबाट उनी सन्तुष्ट छैनन्। ‘खोज्ने काममा केही चहलपहल छैन। हामीलाई त्यहाँ जान दिइएको छैन,’ उनले भने, ‘छेउछेउमा मात्र खोज्छ, अरूतिर जाँदैन।’ उनी गाडी लाइनमा लागेको दुई दशक बित्यो। यही व्यवसायबाट चार जनाको परिवार धानिँदै आएको थियो।

हेटौंडाका राजेश केसीको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस २७ जना यात्रु बोकेर शुक्रबार बिहान वीरगन्जबाट काठमाडौंतर्फ जाँदै थियो। आफ्ना माइला भाइलाई यात्रु लिएर काठमाडौं पठाए पनि गाटी गन्तव्यमा पुग्न सकेन। बिचमै सिमलताल पहिरोले गाडीलाई त्रिशूलीमा घचेट्यो । भाइको खोजीमा आएका राजनको पछिल्लो तीन दिन त्रिशुली र नारायणी किनार डुल्दै बितेको छ। कतै शव भेटियो भन्ने सुन्दा उनी भरतपुर अस्पताल दौडिहाल्छन् तर भाइ फेला परेका छैनन्। उनलाई पनि भाइ जीवित होला भन्ने आशा मर्दै गएको छ।

‘शव मात्र फेला पार्न पाए पनि हुन्थ्यो भन्ने हिसाबले बसेका छौं । खोजीकार्य अझ तीव्र पार्न त्रिशूली नदीको बहावले दिएको छैन,’ उनले भने, ‘लास मात्र भए पनि लिएर जान पाइयो भने त्यही नै सन्तोषजक हुन्थ्यो।’

जीवित नभए पनि छिटो खोजिदिन गृहसचिवलाई अनुरोधसमेत गरे। खोजीकार्य जति ढिलो यो झन् समस्या हुने उनको भनाइ छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गतको सिमलतालमा पहिरोले त्रिशूलीमा दुईवटा बस बगाएको तीन दिन पुगिसक्यो। आफन्तको पर्खाइमा त्रिशूली किनारमा बसिरहेकाको मन अत्तालिएको छ। भाइलाई खोज्न आएका रौतहटका मोहन दास निराश छन्। भाइ भेटिने/नभेटिने कुनै अत्तोपत्तो छैन। ‘बाँसको लट्ठीले घोचेका छन्। नारायणीको वेगलाई त्यसले के पत्ता लाग्नु र?’ उनले भने।

शुक्रबार बिहान दुर्घटनामा परेका दुई वटा बसमा ६५ जना यात्रु थिए। टिकट चलान र सम्पर्कमा आएका आफन्तको भनाइका आधारमा ६५ जना यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। शुक्रबारदेखि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी सहितको गोताखोर टोलीले बसको खोजीकार्य जारी राखेको छ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस