सरकारी सेवामा प्रवेश गर्ने दुर्गाको लक्ष्यलाई अपाङ्गताले छेकेन
०३ साउन २०८१
•
४ मिनेट पाठ
सरकारी सेवामा प्रवेश गर्ने दुर्गाको लक्ष्यलाई अपाङ्गताले छेकेन
बुबा धर्मराज शर्मा र आम इन्द्रकला शर्माको कोखबाट दैलेखको भैरवी गाउँपालिका–४ मा जन्मिएका दुर्गाप्रसाद रिजाल दृष्टिसम्बन्धी अपाङ्गता हुन्।




३७ वर्षीय रिजाल आंशिक दृष्टिविहीन हुन्। बुबाआमाको कृषि पेसाबाट मात्रै जीविकोपार्जनमा समस्या हुने भएकाले बुबा विभिन्न समयमा भारत रोजगारी गर्न जान्थे। सानैदेखि सङ्घर्षशील दुर्गाको बाल्यकाल गाउँमै बित्यो।

गाउँको गौरी प्राविमा प्राथमिक तहसम्मको अध्ययन गरेका दुर्गालाई कक्षा पाँचभन्दा माथिको शिक्षा लिन निकै चुनौतीको सामना गर्नुपर्‍यो। घरको आर्थिक अवस्था कमजोर थियो। दुर्गा भन्छन्, “हामी दुई भाइ, पढाइ गर्नुपर्ने घर खर्च चलाउनुपर्ने, बुबाआमालाई हम्मेहम्मे थियो। त्यति हुँदा पनि पढाइलाई भने निरन्तरता दिएँ।”

विद्यालयमा गुरुहरुले दुर्गालाई धेरै मायाँ गर्थे। सानै कक्षादेखि राम्रो अङ्क ल्याएर उत्तीर्ण भएका दुर्गा घरको काम गरेर विद्यालय जान्थे। घरको आर्थिक अवस्थाका कारण पढेर असल व्यक्ति बन्ने लक्ष्यमा लिएको बताउँदै कहिलेकाहीँ लक्ष्य पूरा हुँदैन कि भन्ने चिन्ता लाग्ने गरेको दुर्गा सुनाउँछन्।

“मेरो पढाइ राम्रो थियो, म कहिले पनि कक्षामा फेल भइनँ, सानो कक्षामा सधैँ प्रथम हुन्थे। घरको अवस्था परिवर्तन गर्नुपर्छ, मैले केही गरेर देखाउनुपर्छ भनेर पढाइमा धेरै मेहेनत गर्थे, आर्थिक अभावले मेरो पढाइ त रोकिन्न भन्ने पनि लाग्थ्यो”, दुर्गा भन्छन्।

चुनौतीको समानाले पाएको सफलता बुबाआमाको कमाईबाट मात्रै घर खर्च टार्न, शिक्षा दिक्षा गराउन गाह्रो थियो। जिम्मेवारी पनि बढ्दै थियो। उनले अभावका बीचमा पनि धेरै सङ्घर्ष गर्दै आफ्नो मेहनतलाई निरन्तरता दिए।

उनले हिमालय मावी डाँडीमाडी दैलेखबाट एसएलसी पास गरे। एसएलसीमा राम्रो अङ्क ल्याएर उत्तीर्ण भएका दुर्गाको सरकारी जागिरमा प्रवेश गरेर सेवा गर्ने लक्ष्य थियो।

प्लस टूको पढाइ गराउन सक्ने अवस्था बुबाआमासँग थिएन। “अब मेरो पढाइ रोकियो, पढेर आफ्नो लक्ष्य पूरा गर्ने सपना अधुरै रह्यो भन्ने चिन्तामा थिएँ”, दुर्गा भन्छन्,”मसँग पढेका सबै साथी पढ्न अन्यत्र गइसके, एकातिर घरको कमजोर आर्थिक अवस्था छ, अर्कोतिर आफूसँगै भाइको पढाईलाई पनि निरन्तरता दिनु छ। गरिबीका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने भयो भन्ने लाग्थ्यो।”

उहाँको रोकिने अवस्थामा पुगेको अध्ययनलाई अगाडि बढाउन परिलक्षित संस्थाले सहयोग गर्‍यो। अपाङ्गताका क्षेत्रमा काम गर्ने परिलक्षितले आर्थिक अभाव भएर पढाइ गर्न नसकेका अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको थाहा पाएपछि दुर्गा परिलक्षितको सम्पर्कमा गए।

उनलाई काठमाडौंमा पढ्ने, बस्नेलगायत व्यवस्था उक्त संस्थाले गरिदिएपछि दुर्गाको उच्च शिक्षा बाटो खुल्यो। “घरको आर्थिक अवस्था कमजोर हुँदा मैले पढाइ रोक्ने निर्णयमा पुगेको थिएँ”, दुर्गा भन्छन्, “मेरो उच्च शिक्षासम्मको पढाइमा लाग्ने खर्च सबै परिलक्षितले गरिदिएपछि मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ, म संस्थाप्रति आभारी छु।”

पढाइसँगै खाने, बस्ने सबै व्यवस्था भएपछि उनलाई सरकारी सेवामा प्रवेश गर्न थप सहज भयो। लोकसेवा आयोगको परीक्षाबाट पहिलोपटक नै सिफारिस सानैदेखि पढाइप्रति मेहेनत गर्ने दुर्गाले पढ्ने वातावरण पाए। स्नातक तह पार गरेका उनले सँगसँगै लोकसेवा आयोगको तयारी गरे।

“गाउँमा दृष्टिसम्बन्धी अपाङ्गता भएकाले केही गर्न सक्दैन भन्ने सोच राख्ने गरिन्थ्यो। रातदिन नभनेर आफ्नो पढाइमा मेहेनत गरेपछि सफल भइदो रहेछ”, उनी भन्छन्।

विसं २०६९ मा पहिलोपटक लोकसेवा आयोगको चौँथो तहमा परीक्षा दिएका दुर्गाले पहिलो पटक नै नाम निकाल्न सफल भएका थिए। अब भने आफ्नो लक्ष्य पूरा भएको उनले अनुभूति गर्न थाले।

पहिलोपटक सरकारी सेवामा प्रवेश गरेपछि दुर्गाले धादिङमा गएर सेवा थाले। उनको लक्ष्य र सफलताको यात्रा यतीमा रोकिएन। दुर्गाले जागिर गर्दै पढ्दै गरेर लोकसेवा आयोगको पाँचौँ (नायब सुब्बा) मा समेत नाम निकाल्न सफल हुए।

चार वर्ष धादिङमा सेवा गरेका उनी सुर्खेतको वराहातालमा तीन वर्ष सेवा गरी अहिले डोल्पाको काइके गाउँपालिकामा सेवा गरिरहेका छन्। आर्थिक अभावसँगै अपाङ्गता भएका व्यक्तिले पनि सफलता प्राप्त गर्न सक्छन भन्ने उदाहरण दुर्गाप्रसाद रिजाल बनेका छन्।

दुर्गा भन्छन्, “अपाङ्गता भएका व्यक्तिलाई अहिले पनि केही गर्न सक्दैनन् भन्ने सोच समाजमा राखिन्छ तर अवसर दियो भने सफलता प्राप्त गर्न सक्छन्। त्यसका लागि सोच बदल्न आवश्यक छ। अपाङ्गताको क्षेत्रमा काम गरिरहेका संस्थाले पनि समाजमा सचेतना जगाउने किसिमका अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ।”

आर्थिक अभाव मात्रै नभई अपाङ्गता भएर शिक्षा र अन्य क्षेत्रमा पछाडि पारिएका व्यक्तिलाई अवसर दिनेगरी योजना सामाजिक संस्थासँग सहकार्य गरी कार्यान्यवन गर्ने आफ्नो भावी योजना रहेको दुर्गा बताउनुहुन्छ।
अर्को समाचार
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
४१ मिनेट अघि
•
१ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
तनहुँ। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ।




आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो।

आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत चमेराका लागि काठबाट बनाइने आवासको ‘डिजाइन’ तयार गरी निर्माण कार्य सुरु गरिएको जानकारी दिए। 

राष्ट्रिय वन्यजन्तु विशेषज्ञले चमेराको बासस्थानका लागि काठको घरको डिजाइन तयार गरेका हुन्। सोही डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने आयोजना प्रमुख भण्डारीले बताए। 

भण्डारीले भने, 'विशेषगरी आयोजना निर्माणका क्रममा हुने गतिविधि तथा रूख हटाउने कार्यबाट प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने स्थानलाई ध्यानमा राखेर चमेराका लागि वैकल्पिक आश्रयस्थल निर्माण गर्न लागिएको हो। निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रभित्र चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिनेछ।'

चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ। प्राकृतिक बासस्थानमा निर्माण कार्यबाट पर्न सक्ने सम्भावित असर न्यूनीकरण र स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।

आयोजनाले निर्माण गर्ने वैकल्पिक आवासबाट चमेराको बासस्थान संरक्षण, आश्रयस्थलको उपलब्धता र वन्यजन्तुमाथि आयोजनाका गतिविधिले पार्न सक्ने सम्भावित प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको भण्डारीले उल्लेख गरे।

उक्त आयोजना ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन छ। १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाले भौतिक संरचना निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। रासस
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
यो पनि पढौँ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस