तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु
०३ साउन २०८१
•
१ मिनेट पाठ
तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु
सांकेतिक तस्बिर।
तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट आज साँझ एक बालकको मृत्यु भएको छ।




मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। घर नजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

अध्यक्ष थापाले भने, “साँझको बेला घर नजिकैबाट चितुवाले आक्रमण गरेर लगेछ, थाहा पाउने बित्तिकै जाँदा बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए।”

मृतक बालकको शव अस्पतालमा राखिएको छ। सो वडाका अध्यक्ष ध्रुवप्रसाद लामिछानेले साँझका बेला घरबाहिर ननिस्कन तथा बालबालिकालाई एक्लै नछाड्न आग्रह गरेका छन्।
अर्को समाचार
तनहुँमा चितुवाको आतङ्क
२० कार्तिक २०७९
•
५ मिनेट पाठ
तनहुँमा चितुवाको आतङ्क
तनहुँमा चितुवाको आक्रमणबाट बर्सेनि बालबालिका मारिने गरेका छन्। चितुवाको त्रासले घरको आँगनमा नै खुलेर खेल्न सक्ने अवस्था छैन। व्यास नगरपालिका–१२ छिर्कनेमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भयो। चितुवा आक्रमणबाट मङ्गलबार साँझ घरमै हजुरआमासँग बसिरहेका जगदीश कुँवरका छोरा अभिनभ कुँवरको मृत्यु भएको हो।




घरमै खेलिरहेका बालकलाई चितुवाले आक्रमण गरी घिसारेर लगेको थियो। खोज्दै जाँदा घरदेखि करिब तीन सय मिटर पर बालकको शव फेला पारिएको थियो। पछिल्लो समय तनहुँमा चितुवा आतङ्क बढ्दै गएको छ। केही वर्षयता चितुवाले घरमै आएर बालबालिकामाथि आक्रमण गर्ने क्रम जारी छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा चितुवाको आक्रमणबाट दर्जन बढी बालबालिकाले ज्यान गुमाइसकेका छन्। यस क्षेत्रमा चितुवा आक्रमणको त्रास कायमै छ। चार पालिकामा चितुवाको त्रास रहेकामा हाल व्यास नगरपालिकामा आक्रमण हुन थालेको छ।

चितुवाको आक्रमणबाट विसं २०७४ देखि हालसम्म १४ बालबालिकाको ज्यान गएको छ। जङ्गलमा आहाराको अभाव हुँदा चितुवा बस्ती पस्ने र बालबालिकालाई आक्रमण गर्दै आएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं सहायक वन अधिकृत काशीराज पण्डितले बताए। तनहुँमा लामो समयदेखि चितुवाको आतङ्कबाट जिल्लावासी त्रसित रहेको उनले बताए।

“यसको दीर्घकालीन समाधानका लागि चितुवाको आक्रमण हुनसक्ने घर वरपर झाडी नराख्ने, रातको समयमा बत्ती बाल्ने तथा बालबालिकालाई एक्लै छाड्नुहुँदैन। अभिभावकको साथमा बालबालिका सँगै राख्नुपर्छ। यसलाई केही न्यूनीकरण गर्न सकिन्छ,” पण्डितले भने।
आक्रमण हुने स्थानमा अहिले चितुवाबाट जोगिन रातभरि बत्ती बाल्ने गर्छन्। घर वरपर उज्यालो बनाइए पनि चितुवाको आक्रमण भने न्यूनीकरण हुन सकेको छैन। त्यस क्षेत्रमा चितुवाले घरमै आएर बालबालिकामाथि बारम्बार आक्रमण गर्ने क्रम उस्तै छ। बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठ भन्छन्, “चितुवाले दैनिकजसो बस्तीमै पसेर आक्रमण गर्ने गर्छ। चितुवाले प्रायजसो साँझपख आक्रमण गर्ने गरेको छ। केही दिनको फरकमा मात्रै बालबालिकामाथि आक्रमण गर्ने गरेको छ। यस क्षेत्रमा पहिले पनि चितुवाले पटकपटक आक्रमण गरिरहेकाले सबैजना सतर्क भएर बस्नुपर्ने अवस्था रहेको उनले बताए।

“अभिभावकले पनि आफ्ना बालबालिकालाई एक्लै जथाभावी छाड्नु हुँदैन। कतै जानै पर्ने अवस्थामा सँगै लिएर हिँडने वा घरमै सुरक्षित भएर बस्न आग्रह गरेका छौँ”, उनले भने। 
चितुवाले धेरैजसो साना बालबालिकालाई निसाना बनाउँदै आएको छ। विसं २०७४ फागुन १ गतेदेखि विसं २०७६ कात्तिक ११ गतेसम्म भानु नगरपालिकामा चितुवाले त्रसित बनाएको थियो। त्यसपछि शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र हाल व्यास नगरपालिकामा चितुवाले बालबालिकामाथि आक्रमण गर्न थालेको हो। चितुवा नियन्त्रणका लागि अहिले भानु नगरपालिका र बन्दीपुरका जङ्गलमा काठ र फलामको खोर राखिएको छ।

मानव बस्ती नजिक खेतीपाती नगर्दा झाडी हुने भएकाले घर नजिकै चितुवा बस्ने र आफ्नो उचाइभन्दा कम भएका बालबालिकालाई आक्रमण गर्ने गरेको छ। आक्रमणको मुख्य न्यूनीकरण भनेको नै सरसफाई, वनजङ्गलमा जाँदा महिलाले रातो कपडा नलगाउने, साना बालबालिकालाई एक्लै नछोड्ने जस्ता सचेतनाका कार्यक्रममार्फत न्यूनीकरणको काम गरिएको छ। विशेषगरी साँझ र बिहानपख चितुवाले आक्रमण गर्न सक्ने भएकाले यस समयमा सर्वसाधारण सचेत हुनुपर्छ।

जङ्गलमा आहारा नपाउँदा चितुवाले आहारा खोजीमा बस्तीतर्फ पसेर बालबालिकालाई आक्रमण गर्ने गरेको सहायक वन अधिकृत पण्डितले बताए। “मृग, वन कुखुरा, खरायोलगायत वन्यजन्तुको मानिसले शिकार गरिँदिदा वनमा आराहाको अभाव भई चितुवाले मानिसलाई आक्रमण गर्न थालेको हो,” उनले भने।
नरभक्षी चितुवा मार्न प्रशासनको आदेश

स्थानीय प्रशासनले निरन्तररूपमा तनहुँमा आतङ्क मच्चाइरहेको नरभक्षी चितुवा मार्न आदेश दिएको छ। प्रशासनले यही कात्तिक १७ गते बुधबार स्थानीय प्रशासन ऐन, २०२८ को दफा (९४) बमोजिम नरभक्षी चितुवा मार्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई आदेश दिएको हो।

व्यास नगरपालिका, बन्दिपुर गाउँपालिकाका साथै स्थानीय व्यक्तिहरूले नरभक्षी चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि उक्त चितुवा मार्नुपर्ने भनी प्रतिवेदन उपलब्ध गराएपछि स्थानीय प्रशासनले सो चितुवा मार्न निर्देशन दिएको हो। चितुवाले कात्तिक १५ गते व्यास नगरपालिका–१२ छिर्कनेका आठ वर्षीय बालक, कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ की ११ वर्षीया बालिकालाई आक्रमण गरी मारेको छ। बन्दीपुर गाउँपालिकाको वडा नं १, ३, ४ र ५ मा तथा व्यास नगरपालिकाको वडा नं ११ र १२ मा गरी चितुवाको आक्रमणबाट आठ घाइते र पाँच बालबालिकाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको छ।

लामो समयसम्मको प्रयासबाट चितुवालाई नियन्त्रणमा लिन नसकिएपछि प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले गोली हान्न आदेश दिएका हुन्। मानिस तथा घरेलु पशुचौपायामाथि पटकपटक आक्रमण हुने स्थिति विद्यमान रहेकाले उक्त त्रासदीपूर्ण वातावरणको अन्त्य गरी स्थानीय बासिन्दालाई जीउ ज्यानको सुरक्षाको अनुभूति दिन आवश्यक देखिएकोले सो हिंस्रक नरभक्षी चितुवालाई मारी मृत चितुवा डिभिजन वन कार्यालय तनहुँमा बुझाउन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९९४० बमोजिम अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले नरभक्षी चितुवा मार्ने सम्बन्धमा गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, डिभिजन वन कार्यालय तनहुँ, सशस्त्र प्रहरी बल नेपाल, गण हेडक्वार्टर तनहुँ नं २३ गण मनकामना, व्यास नगरपालिकाको कार्यालय, बन्दीपुर गाउँपालिकालाई आवश्यक सहयोग गर्न बोधार्थ पठाएको छ।

 चितुवा नियन्त्रणका लागि खोर

डिभिजन वन कार्यालयले चितुवालाई नियन्त्रणमा लिन जङ्गलमा काठको खोर बनाएको छ। चितुवा नियन्त्रणका लागि खोर निर्माण गरी बाख्रा राखेर पासो थापेको छ।  भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाको केही जङ्गलमा काठको खोर बनाएर पासो थापिएको हो। भानुमा काठको पासो र बन्दीपुरको जङ्गलमा फलामको पासोसहितको खोर राखिएको छ।
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस