बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक बढे
०४ साउन २०८१
•
२ मिनेट पाठ
बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक बढे
पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो।




कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय पछिल्ला वर्षयतादेखि केही आशा पलाएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए । निकुञ्जमा पर्यटक बढेपछि पर्यापर्यटनको राजस्वमा उल्लेख्य वृद्धि भएको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० मा आन्तरिक, सार्क र विदेशी पर्यटक गरी २४ हजार तीन सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । सोबापत निकुञ्जलाई  दुई करोड २२ लाख आम्दानी भएको वाग्लले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा स्वदेशी, सार्क र विदेशी गरी २६ हजार एक सय ३१ जना पर्यटक निकुञ्ज भित्रिएका छन्। गत आवमा निकुञ्जले दुई करोड ८४ लाख पर्यापर्यटनमार्फत आम्दानी गरेको छ ।

पर्यटकको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जले प्रवाह गर्ने सेवा, पर्यटकीय पूर्वाधार निर्माणलगायत पक्षलाई जोड दिइएको अधिकृत वाग्लेले बताए । जङ्गल ‘वाक’ र ‘ड्राइभ’का लागि वनपथ निर्माण, मचान निर्माण, कोर एरिया व्यवस्थापन गरिएको उनले जानकारी दिए।

निकुञ्जभित्रको पूर्वाधारसँगसँगै पर्यटकको बासका लागि होटल, होमस्टेलगायत आवास व्यवस्थापनमा पहल थालिएको वाग्लेले बताए । जिल्लाका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी र स्थानीय खुशी भएका छन् ।

पर्यटक बढेसँगै पर्यटकीय क्षेत्रमा सञ्चालित होटलमा स्थानीय उत्पादन खपत हुँदा स्थानीयको आयआर्जनमा टेवा पुगेको पर्यटन व्यवसायी रामजी थापाले बताए । यहाँ आउने पर्यटकले स्थानीय थारु सँस्कृतिसँगै विभिन्न स्थानीय परिकार खान रुचाउने गरेका उनको भनाइ छ ।

‘यहाँको अनुपम जैविकविविधता देखेपछि विदेशी पर्यटक आश्चर्य मान्छन् । निकुञ्जभित्र पर्यटकलाई कुनै समस्या छैन । सफारीमा जङ्गलभित्र गाडी बिग्रिएपछि निकुञ्जले उद्धार गर्ने गरेको छ’, थापाले भने ।

निकुञ्ज क्षेत्रमा ३० भन्दा बढी पर्यटकीय होटल तथा होमस्टे भएकाले पर्यटकलाई आवासको समस्या नभएको निकुञ्जका पथ प्रर्दशक अनुराम चौधरीले बताए । ‘अधिकांश विदेशी पर्यटक जङ्गलमा हिडेर अवलोकन गर्न रुचाउँछन् । अन्य देशका पर्यटक सफारी रोज्छन् । जङ्गलमा डढेलो लागेको अवस्था बाहेक अन्य समयमा पर्यटक जङ्गलभित्र रमाइलो मान्छन्’, उनले भने ।  

निकुञ्जमा बाघ, विभिन्न प्रजातिका वनस्पतीसँगै लोपोन्मुख तथा र्दुलभ जनावर, हात्ती, बाघ, गैँडा, विभिन्न किसिमका पक्षी, जलचर, थलचर, उभयचरलगायत वन्यजन्तु अवलोकन गर्न पाइन्छ । विशेष गरी गर्मी महिनामा पर्यटकले अत्याधिक मात्रामा बाघ देख्ने गरेका छन् । अहिले निकुञ्जमा हात्तीको झुण्ड देख्न सकिन्छ ।
अर्को समाचार
लकडाउन प्रभाव : निकुञ्ज भित्र वन्यजन्तुको चहलपहल
३० वैशाख २०७७
•
१० मिनेट पाठ
लकडाउन प्रभाव : निकुञ्ज भित्र वन्यजन्तुको चहलपहल
बाघको प्राकृतिक बिशेषता लजालु पन हो । बाघले जति आक्रामक हुन्छ, त्यति नै मानिस देखि लजाउँने पनि गर्छ । तर, शान्त वातावरण रुचाउँने बाघ हेर्ने पर्यटकको प्रमुख रोजाईमा पर्छ ।




बर्दिया निकुञ्ज भित्रको तिनकुने पल्लो छेउँमा नदीमा बाघ नुहाएको हेर्न पर्यटकको लर्को यतिबेला हुन्थ्यो । चैत ११ गते देखि पर्यटक लकडाउनमा छन भने वन्यजन्तु (बाघ, हात्ती र गैडा) निकुञ्ज भित्र निर्धक्क आ–आफ्नो दिन चर्यामा रमाईरहेका छन् ।

नदी तटिय क्षेत्रमा बाघ देखिन्छ भनेर पर्यटकको तछाड मछाड हुने पर्यटन व्यबसायी शंकर भट्टराईले सुनाए । ‘चकमन्न निकुञ्ज छ,’ उनले भने ‘पर्यटकलाई लकडाउन लागेको छ वन्यजन्तु निर्धक्क घुम्न निस्कन्छन ।’ ‘चैत ११ गते देखि निकुञ्ज भित्र कोलाहाल छैन, जंगलमा वन्यजन्तुको राज छ,’ उनले थपे ।

बर्दिया निकुञ्ज भित्रको तिन कुने सधै जसो पाटेबाघ देखिने ठाउँ हो । निकुञ्ज भ्रमण गर्न आउँने मूख्य सिजन भएकाले निकुञ्ज भित्र भिँडभाड बढ्थ्यो यतिबेला । तर, जंगलको राजा बाघ निर्धक्क घुमेको घुम्यै छन्, तर पर्यटक छैनन । लकडाउनको मौकामा आफ्नो टेरोटोरीमा बाघ निर्धक्क घुमिरहेको बर्दिया राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पुष्टी गरे ।  

‘निकुञ्ज भित्र हुने कोलाहाल र त्रास विच वन्यजन्तु प्रकृतिसँग रम्थे’ उनले भने,‘अहिले अवस्था फेरिएको छ । जंगलको राजा निर्धक्क घुमेर शिकार खेल्छन भने गैडालाई र हात्ती चरिचरण गर्न बाधा छैन ।चराचरी चिरबिरले निकुञ्ज गुञ्जामन हुन्छ ।’  

लकडाउँनको मौका छोपेर चोरी शिकार गर्ने पाँच सय जना निकुञ्ज प्रशासनले कारवाही गरेको छ । वन्यजन्तु सुरक्षार्थ खटिने सुरक्षाकर्मीले बन्दुल र ठूलो परिमाणमा काठ बरामद गरेको छ ।
जंगलको राजा पाटे बाघ निर्धक्क मुभमेन्ट गरिरहेको उनले बताए । चराको चिरबिर,बाघ ग्रजन,गैडा र हात्तीको विचरणले निकुञ्ज वातावरण रमाईलो भएकोे उनी बताउँछन् । लकडाउँनलाई मध्यनजर गर्दे निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारी संबदेशनशिल भएर खटिएको उनले वताए ।

डेढ महिना लामो लकडाउनान जवरजस्त वन्यजन्तुको निगरानी बढाईरहेको उनी बताउँछन । उनका अनुसार लकडाउँनको मौका छोपेर चोरी शिकार गर्ने पाँच सय जना निकुञ्ज प्रशासनले कारवाही गरेको छ । वन्यजन्तु सुरक्षार्थ खटिने सुरक्षाकर्मीले बन्दुल र ठूलो परिमाणमा काठ बरामद गरेको छ ।

जंगलभित्र कोलाहल नहुँदा प्रकृतिसित वन्यजन्तु साच्चैकै घुलमिल भईरहेको उनले दाबी गरे । ‘जंगलमा कोलाहल नहुँदा बन्यजन्तु सुरक्षित महसुस गरिरहेका छन,’ उनले भने, ‘कोलाहलमा बाघ वस्न रुचाउँदैन,त्यसैले पनि लकडाउनको अवस्थामा वन्यजन्तु स्वतन्त्र छन् ।’

तस्करी गर्न सजिलो हुने सोचेर लकडाउन सुरु भएलगत्तै चोरी शिकार सक्रिय भएको पाईएको उनले बताए । उनका अनुसार रणनितिक योजना अनुरुपमा नेपाली सेना र निकुञ्जका सुरक्षाकर्मीले त्यस्ता चोरी शिकार गर्ने पक्राउँ गर्न सफल भएको छ ।  

बाघको राम्रो बासस्थान बनेको बर्दिया निकुञ्जभित्र पनि लकडाउनका अवधिमा चोरी शिकारी सक्रिय रहेको पाईएको छ । गोप्य सूचनाको आधारमा काठ तस्करीमा संलग्नलायृ निकुञ्जले समातेर कारबाही प्रक्रिया अघि बढाएको छ । अवैध हिसाबले निकुञ्ज प्रवेश गरेका र प्रतिबन्धित गतिविधिमा संलग्न रहेका कैयौं व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको रेकर्डमा देखिन्छ ।

लकडाउनमा निकुञ्जभित्र कोलाहल नहोला भन्ने सोचेका थियौं, बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने, लकडाउन झनै जंगल छिर्ने अवसर जस्तो बनेको पाइयो, त्यही भएर कडाइ गरिएको छ । बरालका अनुसार यस अवधिमा ५ सय जनालाई विभिन्न कारबाही गरिएको छ ।

बर्दिया निकुञ्जसँगै जोडिएको बाँके निकुञ्ज विस्तार गरेपछि पाटेबाघको संख्या बढेको छ । बर्सेनि निकुञ्जमा चोरी शिकार नियन्त्रणमा स्थानीयस्तर गठित चोरी शिकार यूवा दस्ता टोली अबैध चोरी शिकार रोक्न निकुञ्ज प्रशासनलाई सघाईरहेको छ ।

निकुञ्जहरुमा पर्यटकको भीडभाड नभएको समयमा वन्यजन्तुका आहार र बासस्थान व्यवस्थापन गर्ने काम पनि निकुञ्जले अघि बढाएको छ । मानव र वन्यजन्तु द्धन्द्ध व्यबस्थापनमा धेरै समय खर्चिएको पूर्व वार्डेन रमेश थापाले वताए ।  

‘बाघ लजालु हुन्छ,आक्रामक हुदैन मैले भन्दा धन्न कुटाई खाने अवस्था आएको थियो,’उनले भने ।यतिबेला वन्यजन्तुकै कारण समृद्धि तिर लम्किदै गरेकाले पहिलाको तुलनामा मानव र वन्यजन्तुको द्धन्द्धमा कमि आएको उनले वताए । थापा रेन्जर पदमा जागिर सूरु गरेका उनले निकुञ्जमा वार्डेन पछि अवकास पाएका छन् ।  

‘निकुञ्जभित्र हुलका हुल हात्ती सफारी र अन्य सफारी हुँदा वन्यजन्तु कोलाहलले बाहिर निस्किन्थे,’ उनले भने ।उनका अनुसार मानवीय गतिविधि रोकिँदा वन्यजन्तुको प्रजनन क्रियाकलाप र पारिस्थितीय प्रणालीमा सन्तुलन मिल्छ र रोग सर्ने समस्या पनि हुँदैन । लकडाउनको अवसरमा वन्यजन्तु वासस्थान लगायतका दिर्घकालिन योजना लिएर अघि बढ्दा भविष्यमा वन्यजन्तु लाभ पुराउन सकिने थापाको भनाई छ ।  

निकुञ्जमा पछिल्लो गणनामा ८७ बाघ सार्वजनिक भएको छ । वयस्क र वच्चा गरी बाघको संख्या एक सय रहेको निकुञ्ज कर्मचारीको अनुमान छ ।
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस