अतिथिलाई स्वागत खोयाको माला, खोसेलाको ब्याज !
०५ साउन २०८१
•
३ मिनेट पाठ
अतिथिलाई स्वागत खोयाको माला, खोसेलाको ब्याज !
इलामको सन्दकपुर गाउँपालिकामा उत्पादन गरिएका मकैका खोयाका माला ।तस्बिर: नागरिक
झट्ट हेर्दा ज्यादै आकर्षक माला । एउटै मालामा रातो, नीलो, पहेंलो, सेतो, कालो सबै खाले रङ्ग मिसिएको । जो–कोहीलाई लाग्न सक्छ– यतिको सुन्दर माला बनाउन त फूल पनि रंगबिरङकै खोज्नुपर्छ, खर्च पनि उत्तिकै !




तर, तरिका पुर्‍याउने हो भने यस्तो आकर्षक माला बनाउन न धेरै रकम खर्चिनुपर्छ, न रङबिरङका फूल नै चाहिन्छ । गाउँघरमा उत्पादित वस्तु नै प्रयोग गरेर सुन्दर माला, ब्याजलगायत पाहुनालाई सत्कार गर्ने सामग्री बनाउन सकिन्छ भन्ने देखाएका छन् इलामे महिलाले । 

इलामको सन्दकपुर गाउँपालिकाका महिलाले बनाएको मकैका खोयाको माला अहिले धेरैका लागि अनौठो छ । मकै छोडाएर खेर फालिने खोलाबाट पनि यस्तो आकर्षक माला बनाउन सकिन्छ भन्दा पत्याउन पनि मुस्किल पर्छ । तर, सन्दकपुरका बासिन्दा भने अचेल ठुला समारोहहरूमा खोयाकै माला प्रयोग गर्छन् । उनीहरू अतिथिलाई पनि खोयाकै माला लगाइदिन्छन् । स्टेज सजाउन बजारबाट महँगा सामान र फूल झिकाउनुपर्दैन । 

मालाको भित्रपट्टि धागो हुन्छ । धागोमा खोयाका आधा इन्चसम्मका टुक्रा जोडिन्छन् । जोडिएका टुक्राका बिचमा रङ्गीचङ्गी फाइबर (कुहिने वस्तु)का टुक्रा लगाइन्छ । खोयाका टुक्रामा विभिन्न रङ्ग लगाएपछि माला तयार हुन्छ । स्थानीय लीला भट्टराई यो माला तयार गर्न धेरै खर्च पनि नलाग्ने बताउँछिन् । ‘गाउँघरमा मकैका खोया नास भएर जान्छन्, तिनै खोयाबाट हामी माला बनाउँछौँ,’ होमस्टे एसोसिएसन कोसी प्रदेश अध्यक्ष समेत रहेकी भट्टराईले भनिन्, ‘खोयाको माला न कहिल्यै ओइलाउँछ, न यो उत्पादनमा धेरै खर्च नै लाग्छ ।’ 

गाउँघरमा प्रायः सभा–समारोह आयोजना गर्नुपरे टाढाका बजार नै किन नहुन्, त्यहाँबाट कृत्रिम फूलका माला, खादा, कागज र वरिपरि रिबन सिलाइएका ब्याज लगायत झिकाउने गरिन्छ । कार्यक्रम ‘भव्य’ बनाउने नाममा मोटो रकम खर्चेर तडकभडक गर्ने चलन छ । तर, इलामका गाउँमा भने यो चलन बिस्तारै हटाउन महिला नै सक्रिय हुँदैछन् । सिजनमा गाउँमै उत्पादन हुने सयपत्री, मखमली, फूल उत्पादन नभएका बेला स्थानीय उत्पादनकै प्रयोग गर्ने बानी विकास हुँदैछ । 

सूर्योदय नगरपालिका–३, बौद्धधाममा केही महिनाअघि आयोजित एक साहित्यिक कार्यक्रमका अतिथिलाई मकैका खोसेलाको ब्याज लगाइयो । खोसेलालाई आकर्षक तरिकाले बुट्टेदार गोलो बनाएर बिचमा फाइबरको टुक्रा गाँसिदिएपछि आकर्षक ब्याज बन्छ । स्थानीय कुमारी राईले भनिन्, ‘यो ब्याज बजारमा बनाउँदा प्रतिगोटा ५० देखि सय रुपैयाँ खर्च हुन्छ । घर गाउँमा वस्तु भाउलाई खुवाइने खोसेलाबाट हामीले चाहिँ आकर्षक ब्याज बनाएका हौं ।’

गाउँघरमा कागजको ब्याज बनाउनुको सट्टा पीपलको पातमा अक्षर लेखेर पनि बनाउन थालिएको छ । पीपलको पात आफैंमा उपयुक्त आकारको हुने भएकाले पनि त्यसमा रङ्गले अक्षर लेखेर ब्याज बनाउन सकिन्छ । कार्यक्रमहरूमा हुने अनावश्यक खर्च घटाउन र स्थानीय उत्पादनको बजारीकरण गर्न पनि यस्ता कामले सघाउने उनीहरू बताउँछन् । 

टाढाका सहर र गाउँबाट कुनै पनि गाउँ पुग्ने अतिथि हुन् या पर्यटक, उनीहरू आफू पुगेको गाउँको रैथाने चिज वस्तु नै चाहन्छन् । खानेकुरा होस् वा अन्य कुनै उपभोग्य वस्तु, प्रायः पाहुनाले रैथाने नै खोज्ने गरेको भट्टराई बताउँछिन् । ‘औपचारिक कार्यक्रममा आउने जिल्लाका पाहुना हुन् वा गाउँ घुम्न आउने पर्यटक, उनीहरू स्थानीय विशेषताप्रति चासो राख्छन्,’ भट्टराईले सुनाइन्, ‘हामीले पनि उनीहरूमार्फत स्थानीय वस्तुकै ब्रान्डिङ र बजारीकरण गर्नुपर्छ ।’ 

स्थानीय उत्पादन प्रयोग गर्दा तुलनात्मक हिसाबले खर्च पनि ज्यादै कम लाग्ने गरेको उनीहरू बताउँछन् । ‘खोयाको माला, खोसेला र पीपलको पातको ब्याजजस्ता सामग्री बनाउन यति नै खर्च लाग्छ भन्ने ठ्याक्कै हिसाब त नआउला तर बजारबाट किनेर ल्याउनेभन्दा निकै सस्तो पर्छ,’ भट्टराईले भनिन्, ‘पाहुनाले पनि नयाँ काम देख्न पाउँछन् ।’ 

असार १५ मनाउन खेतमा पुगेका अतिथिलाई धानको बीउको माला लगाइदिँदा लगाउनेहरू सामाजिक सञ्जालमा निकै आलोचित भएका घटना आलै छन् । केही वर्षअघि चिया दिवस मनाउने क्रममा इलामै पनि अतिथिलाई चियाका मुनाको माला लगाउँदाको घटनासमेत आलोचनाबाट टाढा रहन सकेन । नासिएर जाने वस्तुको सदुपयोगले इलामका महिलालाई भने आम्दानीको बाटो मात्र बनाएको छैन, नयाँ कामको सुरुआत पनि हुँदैछ । 

इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेल स्थानीय उत्पादनको कलात्मक बजारीकरणबाट पनि रोजगार बन्न सघाउ पुग्ने बताउँछन् । इलामजस्तो पर्यटकीय जिल्लाका गाउँघरका स्थानीय उत्पादनले स्वरोजगार बन्न सहयोग गर्ने पौडेलको भनाइ छ । 
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
८ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस