तनहुँका तीन लाख पशुमा पूर्ण खोप
०६ साउन २०८१
•
२ मिनेट पाठ
तनहुँका तीन लाख पशुमा पूर्ण खोप
तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गत आर्थिक वर्ष २०८०-८१ मा जिल्लाका दश पालिकामा तीन लाख ७७ हजार २४ पशुलाई पूर्ण खोप लगाएको हो ।  




रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सबै पालिकाका पशुमा खोप लगाइएको केन्द्रका प्रमुख डा राजेश चौधरीले जानकारी दिए।  

गण्डकी प्रदेश सरकारले प्रदेशलाई पूर्ण खोपयुक्त बनाएर सङ्क्रामक रोग निमूल पार्ने लक्ष्य राखेको छ । तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयातनिर्यात हुने भएकाले पूर्ण खोप अभियान सञ्चालन गरिएको चौधरीको भनाइ छ।  

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार तथा नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्ण खोप कार्यक्रम प्रभावकारी बन्ने चौधरीले उल्लेख गरे।  

चौधरीका अनुसार जिल्लाका ८५ वडाका ३४ हजार नौ सय ३० घरधुरीले पालेका पशुमा पूर्ण खोप लगाइएको छ। सबैभन्दा बढी बाख्रामा पूर्ण खोप लगाइएको छ। बाख्रापालनतर्फ कृषकको आकर्षण बढेसँगै धेरै बाख्राहरुमा पूर्ण खोप लगाइएको चौधरीले बताए। त्यसपछि गाई, भैँसी, बङ्गुर, कुकुर, भेडा र बिरालोमा पूर्ण खोप लगाइएको छ।  

चौधरीका अनुसार दुई लाख २५ हजार पाँच सय १५ बाख्रा, ५६ हजार हजार तीन सय १९ गाइ, ५३ हजार नौ सय ७९ भैँसी, २२ हजार छ सय ३५ बङ्गुर, १७ हजार आठ सय ८९ कुकुर, पाँच सय २६ भेडा र चार सय ३१ बिरालोलाई पूर्ण खोप लगाइएको छ।  

व्यास नगरपालिकाका ८० हजार पाँच सय २७, शुक्लागण्डकी नगरपालिकाका ३६ हजार चार सय ३२, भिमाद नगरपालिकाका ६० हजार छ सय ४३, भानु नगरपालिकाका ४९ हजार ३७, घिरिङ गाउँपालिकाका २५ हजार नौ सय, ऋषिङ गाउँपालिकाका ३४ हजार एक सय २८, बन्दीपुर गाउँपालिकाका २१ हजार सात सय ६६, आँबुखैरेनी गाउँपालिकाका १९ हजार नौ सय २५, देवघाट गाउँपालिकाका २७ हजार छ सय २२ र म्याग्दे गाउँपालिकाका २१ हजार ४१ पशुमा पूर्ण खोप लगाइएको केन्द्रले जनाएको छ ।  

पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि ९२ खोपकर्ता र गणक नियुक्ति गरिएको थियो। खोपकर्तालाई अभिमुखीकरण गरी सम्बन्धित वडामा खटाइएको केन्द्रले जनाएको छ। 
अर्को समाचार
तीन लाख पशुमा पूर्ण खोप लगाइँदै
२६ चैत्र २०७९
•
२ मिनेट पाठ
तीन लाख पशुमा पूर्ण खोप लगाइँदै
खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम थालिएको छ।




भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहँुमार्फत जिल्लाका व्यास, शुक्लागण्डकी, भानु, भिमाद नगरपालिका सहित म्याग्दे, बन्दीपुर  र आँबुखैरेनी गाउँपालिकामा पशुमा पूर्ण खोप अभियान सञ्चालन गरिएका हो। विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले भने, ‘विज्ञ केन्द्रको वार्षिक कार्यक्रम अनुसार प्राविधिक छनोट गरी सात स्थानीय तहका ६६ वटै वडामा पशुमा खोप लगाउन खटाएका छौं। आगामी वैशाखको पहिलो हप्ताभित्र यो अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको छ।’

उनका अनुसार कृषकका पशु फार्म तथा गोठमा पुगेर गाईभैँसी, बाख्रा, बङ्गुर सुँगुर लगायतको तथ्याङ्क सङ्कलन गरिएको छ। कार्यालयमार्फत करिब तीन लाख पशुमा पूर्ण खोप लगाइँदैछ।

‘सात पालिकाबाहेकका ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकामा भने आवश्यकता अनुसारको खोप अभियान सञ्चालन गरिएको छ, त्यहाँ पिपिआर लगायतका खोप अभियान पनि सञ्चालनमा छ’, उनले भने।

पूर्ण खोप अभियानका लागि एक वडा एक खोपकर्ता परिचालन गरिएको छ। कुनै वडामा दुई खोपकर्ता परिचालित छन्। सात स्थानीय तहका ६६ वडामा ७० खोपकर्ता परिचालित भएर पशुलाई खोप लगाउने कार्य जारी रहेको केन्द्र प्रमुख श्रेष्ठले बताए।

‘सबै प्राविधिकलाई तालिम दिएर यही महिनादेखि पूर्ण खोपका लागि परिचालन गरिएको छ’, उनले भने।

उनका अनुसार म्याग्दे र आँबुखैरेनी गाउँपालिका सहित व्यास र भिमाद नगरपालिकामा पूर्ण खोप अभियान सम्पन्न हुने चरणमा पुगिसकेको छ भने अरू पालिकामा करिब ५० प्रतिशतमा खोप लगाइसकिएको छ। जिल्लाको म्याग्देका छ सय ८६ गाईगोरु, एक हजार एक सय ८३ भैँसी, सात हजार सात सय ५० बाख्रा, एक हजार दुई सय ९५ सुँगुर बङ्गुर, छ सय ५२ कुकुर र ८३ बिरालोलाई पूर्ण खोप लगाइसकिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले बताए।

म्याग्देका सात वडामा १० जना खोपकर्ता परिचालन गरिएको छ। ‘एक हप्ताभित्र म्याग्देका सबै खोप लगाउन योग्य पशुलाई पूर्ण खोप लगाइसक्छौं’, उनले भने।

गण्डकी प्रदेश सरकारले प्रदेशलाई नै पूर्णखोपयुक्त बनाएर सङ्क्रामक रोग निर्मूल पार्ने योजना बनाएको छ। तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयात–निर्यात हुने भएकाले पूर्णखोप अभियान सञ्चालन गरिएको बताइएको छ।  

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्ने विज्ञ केन्द्रले जनाएको छ। रासस
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस