प्रभावकारी ढङ्गले मौसमसम्बन्धी सूचना प्रवाह गर्न मन्त्री खड्काले दिए निर्देशन
०८ साउन २०८१
•
१ मिनेट पाठ
प्रभावकारी ढङ्गले मौसमसम्बन्धी सूचना प्रवाह गर्न मन्त्री खड्काले दिए निर्देशन
ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताएका छन । जल तथा मौसम विज्ञान विभागको निरीक्षणपछि उनले जनताको जिउधनको सुरक्षालाई  प्राथमिकतामा राखेर विभागले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन ।




‘जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराई आ–आफ्ना समस्या छन्, यसको अध्ययन गरेर व्यवहारिक रुपमा जनजीवनमा असर नपर्ने गरी विभाग क्रियाशील हुनुपर्छ,’– मन्त्री खड्काले भने । उनले विकास निर्माणसँगसँगै जलवायु परिवर्तन र यसका असर न्यूनीकरणलाईसमेत ध्यानमा राखी जल तथा मौसम पूर्वानुमानलाई समयसापेक्षित रुपमा परिमार्जित गर्दै अगाडि लैजानुपर्ने उल्लेख गरे ।

विकास निर्माणको कामलाई असर नपर्ने गरी विभागले खोज र अनुसन्धानलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। मन्त्री खड्काले कर्मचारीको मूल्याङ्कन कार्यसम्पादनको आधारमा हुने भएकाले कर्मचारीलाई निर्भीक भएर काम गर्न निर्देशन दिए । उनले विभागका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जल तथा मौसमसम्बन्धी हालसम्म कुनैपनि नीति नबनेको बताइन। उनले जल तथा मौसम विज्ञान विभागको कार्य प्रकृति विशुद्ध प्राविधिक भएकाले रिक्त दरबन्दी पूर्ति गर्न प्रयास गर्ने बताइन।  विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले स्थान र समय विशेषको मौसम पूर्वानुमानको माग जनस्तरबाट आए पनि त्यसलाई सम्बोधन गर्न नसकिएको बताए।

विसं २०१९ मा जलस्रोत सर्वेक्षण एकाइमार्फत देशको मौसमका बारेमा जनतालाई सुसूचित गर्न थालेको विभागले हाल हवाई मौसम पूर्वानुमान, तीन दिने मौसमी विवरण, प्रत्येक साता कृषि बुलेटिन, बाढी पूर्वानुमानका साथै प्रभावमा आधारित मौसम पूर्वानुमानसमेत प्रकाशित गर्दै आएको छ ।
अर्को समाचार
बिजुली बाटाे
०२ मंसिर २०८१
•
४ मिनेट पाठ
बिजुली बाटाे
मुलुकको विद्युत् विकासको इतिहासमा शुक्रबार बंगलादेशतर्फ विद्युत् निर्यात सुरु भएको दिन उल्लेख्य घटनाका रूपमा रहनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत्मन्त्री मनोहर लाल तथा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल माध्यममार्फत संयुक्त रूपमा यो कार्यक्रमको विधिवत् श्रीगणेश गरेका हुन्। यसरी नेपालमा उत्पादित विद्युत्को पहिलो खेप ४० मेगावाट निर्यातसँगै अब नियमित रूपमा त्यसतर्फ विद्युत् निर्यात हुने ढोका खुलेको छ। तेस्रो देशलाई पनि बिजुली बेच्न सकिन्छ भन्ने दुर्लभ उदाहरण यस क्षेत्रका लागि यो घटनाले बनाएको छ।




नेपाल विद्युत् उत्पादन क्षमतामा निकै माथि छ। तर एकातिर क्षमताअनुसारको उत्पादन गर्न सकिरहेको छैन भने अर्कोतिर उत्पादित विद्युत्समेत उपयोग र व्यवस्थापनबीचको चाँजो नमिल्दा सबै उपयोग भइरहेको छैन। जसका कारण स्वदेशमै उत्पादित ऊर्जासमेत अधिकतम उपयोग भएर नागरिकले त्यसबाट प्रचुर लाभ लिने अवस्था सिर्जना भएको छैन। यही कारण पेट्रोलियम पदार्थलगायत ऊर्जाका लागि मुलुकले बर्सेनि अर्र्बौं रूपैयाँ बाहिर पठाउन बाध्य हुनुपरेको छ।

यस्तो अवस्थामा अहिले बंगलादेशतर्फ विद्युत् निर्यात गर्ने जुन कदम सुरु भएको छ, यो उल्लेख्य घटना हो। त्यसो त नेपालले यसअघि विद्युत् निर्यात नै नगरेको होइन। तर विद्युत् निर्यात र आयात दक्षिणको विशाल छिमेकी मुलुक भारतसँग मात्र सीमित थियो। तर अब यसको दायरा विस्तार भएर भारतबाहेक तेस्रो देशसम्म पुगेको छ। जसबाट भारतबाहेक अन्यत्र पनि नेपालले आफ्नो विद्युत् निर्यात गर्न सक्छ भन्ने प्रस्ट भएको छ र बाटोसमेत खुला भएको छ। मुलकहरूबीच समन्वयात्मक ढंगले अगाडि बढ्दा अनेकन् सम्भावना फेला पार्न सकिने रूपमा पनि यसलाई लिन सकिन्छ।

आफूले भनेजसरी, भनेकै जति र भनेकै समयमा विद्युत् निर्यात गर्न नेपालका केही सीमा छन्। यसका लागि आवश्यक आफ्नै पर्याप्त प्रसारण संरचनासमेत अभाव छ। त्यसैले नेपालले बंगलादेशसम्म विद्युत् निर्यात गर्न भारतको प्रसारण संरचना प्रयोग गर्नुपर्ने बाध्यता छ। त्यसैले यसरी विद्युत् निर्यात गर्न भारतीय सहमति आवश्यक पर्छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि बिहीबार मात्र स्वीकृति दिएको थियो। यसैका आधारमा बंगलादेशतर्फ विद्युत् निर्यात गरिएको हो। यसरी निर्यात गरिएको विद्युत्मध्ये त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित १८.६० र चिलिमे जलविद्युत् आयोजनबाट उत्पादित २१.४० मेगावाट छ। भारतले यसरी विद्युत् निर्यात गर्न सन् २०२९ अक्टोबर २ सम्मका लागि स्वीकृति दिएको हो। आफ्नो प्रसारण लाइन प्रयोग गर्न दिएबापत भारतले ०.०५९ रूपैयाँ प्रतियुनिट ट्रेडिङ मार्जिन प्राप्त गर्छ।

नेपालको भौगोलिक, आर्थिक र भूराजनीतिक अवस्था नै यस्तो छ कि धेरै आयात–निर्यात भारतसँग जोडिएको छ। विद्युत् मात्र होइन, खाद्यान्नदेखि हवाई उडानसम्ममा भारतीय पक्षको सहयोग र समर्थन जरुरी हुन्छ। कतिपयमा उसको स्वार्थ नमिल्दा वा उसले अप्ठेरो परेको ठान्दा नेपालले चाहेका बेला अनुमति पाउन सक्दैन। यस्तो बेला कहिले आफ्नो उत्पादन खेर फाल्नुपर्ने हुन्छ भने कहिले आयात वातावरण नभएर आफ्ना लागि आवश्यक चिजबिजको समस्या भोगिरहेको हुन्छ। नेपालले धेरै पहिलेदेखि प्रयास गरिरहे पनि अहिले आएर उसले सीमित नै भए पनि बंगलादेशमा विद्युत् निर्यातका लागि अनुमति दिनुलाई सकारात्मक मान्नुपर्छ।

आफूसँग जे छ, त्यसैलाई उपयोग गरे मुलुक समृद्ध बन्न सक्छ। नेपालसँग पेट्रोलियम पदार्थ उपलब्ध नभए पनि प्रशस्त पानी छ, त्यो पनि विद्युत् निकाल्न सकिने। त्यसैले विद्युत् पर्याप्त निकाल्ने, यसलाई अधिकतम उपयोग गर्ने र बचत विद्युत् विदेशमा निर्यात गरेर त्यसबाट अर्बौं वैदेशिक मुद्रा भित्र्याउन सकिन्छ। समग्रमा भन्दा नभएको कुरामा छैन भनेर अरण्यरोदन गर्नुको सट्टा भएको साधनस्रोतलाई अधिकतम उपयोग गर्न सके त्यसबाटै सम्पन्नताको मार्ग प्रशस्त हुन सक्छ। तैपनि विद्युत् बेचेरै धनी भइन्छ भन्नुभन्दा यसलाई कच्चा पदार्थको रूपमा प्रयोग गरेर देशलाई उद्योग सञ्चालनको बाटोमा लैजान सकिन्छ।

देशभित्रकै उपभोक्तालाई महँगोमा बेच्ने र निर्यात सस्तोमा गर्ने पक्ष पनि विचारणीय छ। देशभित्रै सस्तो बनाएर उपभोग बढाउन नसकिने होइन।  त्यसैले निर्यातको पक्ष त छँदैछ, त्यसबाहेक सबैभन्दा पहिले स्वदेशमा  विद्युत्को महसुल सकभर कम गरेर यहीँ बढी खपत गराउने उद्देश्य तय गरिनुपर्छ। यसो भयो भने ऊर्जाका लागि बाहिरिने अर्बौं विदेशी रकम देशभित्रै रहन्छ भने अर्कोतर्फ नेपालीले डलर तिरेर भिœयाइने महँगो ऊर्जाजन्य पदार्थको सट्टा आफ्नै देशमा उत्पादित ऊर्जा खपत बढाउनेछन्। जसबाट मुलुक र जनता दुवै लाभान्वित हुने वातावरण सिर्जना हुनेछ।

यो यसर्थ पनि आवश्यक छ कि विद्युत्को बढ्दो प्रयोग पेट्रोलियम पदार्थको तुलनामा वातावरण र प्रकृतिमैत्री भएको विभिन्न अध्ययनले पुष्टि गरेका छन्। त्यसैले सर्वप्रथम विद्युत् स्वदेशमै सर्वसुलभ उपलब्ध गराउने र बढी भएको वा अझै धेरै उत्पादन गरेर त्यसलाई चाहिँ विदेश निर्यात गर्ने रणनीति अपनाउनुपर्छ। यसो गर्दा एकातर्फ मुलुकले आफ्नो देशको सञ्चित विदेशी मुद्राको भण्डार रित्याउनुपर्दैन।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस