त्रिपालले रोक्ला त राजमार्गको पहिरो!
०८ साउन २०८१
•
१ मिनेट पाठ
त्रिपालले रोक्ला त राजमार्गको पहिरो!
अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन्।




लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ।

पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार सुरक्षाकर्मी लगाएर पहिरो गएको ठाउँमा त्रिपाल बिछ्याएको हो।

अविरल वर्षाका कारण भिरालो जमिनमा पहिरो नरोकिएपछि जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा पहिरोमाथि त्रिपाल विछ्याइएको हो।

लगातारको वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि कुनै विकल्प नहुँदा त्रिपाल बिछ्याइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। उनका अनुसार सडक डिजिभन कार्यालय साँफेबगरलाई पहिरो गएको ठाउँमा पर्खाल निर्माण गर्न अनुरोध गरेपनि वर्षाका कारण सम्भव नभएपछि त्रिपाल हालेर सडक जोगाउने कार्य गरिएको हो।  सदरमुकामकै सडक बन्द हुँदा समस्या हुने भएकाले त्रिपालको सहारा लिएको प्रजिअ पौडेलले बताए।

सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रुपमा निर्माणाधीन उत्तरी चार पालिका जोड्ने मार्तडी– कोल्टी सडक पनि तीन सातादेखि अवरुद्ध छ। बाउली र अनाइ खोलामा पानीको प्रवाह बढेको र मार्तडी कोल्टी सडकको जिल्लीमा पहिरो जाँदा अवरुद्ध भएको उक्त सडक  खुलाउन सम्बन्धित निकायले प्रयास नगरेको स्थानीयको गुनासो छ। 
अर्को समाचार
सरकारको उपेक्षाले अलपत्र सिद्धिचरण लोकमार्ग
२१ जेष्ठ २०८२
•
३ मिनेट पाठ
सरकारको उपेक्षाले अलपत्र सिद्धिचरण लोकमार्ग
चालु आर्थिक वर्षको बजेटमा सिद्धिचरण लोकमार्गका लागि एक अर्ब ५ करोड विनियोजन भए पनि कामै नगरी वर्ष बितेको छ। तत्कालीन अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा प्राथमिकतामा राखे पनि पछिल्लो सरकारले योजना तुहाएको स्थानीयको आरोप छ।




सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी, घुर्मी हुँदै ओखलढुंगा र सोलुखुम्बुसम्म जोड्ने सिद्धिचरण लोकमार्ग साढे तीन दशकअघि निर्माण सुरु भएको हो। तत्कालीन नेपाली सेनाको इन्जिनियर गुल्मले कटारी–घुर्मी खण्डको ४७ किलोमिटर सडक बनाएर २०६० सालमा उद्घाटन गरेको थियो। तर, पछिल्लो दुई दशकमा सडक भत्किएर कच्ची ट्र्याकभन्दा पनि खराब अवस्थामा पुगेको छ।

लोकमार्ग मर्मत र स्तरोन्नतिका लागि स्थानीयले चर्को दबाब दिँदा पनि सरकारले बेवास्ता गरेको गुनासो छ। सेनाले बनाएको साँघुरो कालोपत्रे सडक सवारीको चापले जीर्ण बनेपछि समयानुकूल सुधारको मागलाई सरकारले वास्ता नगरेको उनीहरूको भनाइ छ।

अघिल्लो सरकारले बजेट सुनिश्चित गरे पनि वर्तमान सरकारले विभिन्न कारण देखाउँदै रातो किताबमा परेको योजनालाई कार्यान्वयन गर्न नसकेको स्थानीयको गुनासो छ। आर्थिक वर्षको अन्त्य नजिकिँदा बजेट निकासा नहुँदा विनियोजित रकम फिर्ता हुने अवस्थामा पुगेको छ।

सिद्धिचरण लोकमार्ग जीर्ण हुँदा तराई–मधेशदेखि कटारी हुँदै खोटाङ, ओखलढुंगा र सोलुखुम्बु आवतजावतमा कठिनाइ छ। उदयपुरको कटारी नगरपालिकाका आधा दर्जनभन्दा बढी पहाडी वडाहरू (वडा नं. ८, ९, १०, ११, १२, १३ र १४) का बासिन्दालाई वर्षायाममा नगरमुकाम कटारी बजार आउजाउ गर्न समस्या छ।

यो लोकमार्ग कटारी नगरपालिकाको ‘लाइफलाइन’ हो। १४ वडामध्ये १, २, ३, ४, ५, ८, ९, १०, ११ र १४ नं. वडालाई यो सडकले जोड्छ। वडा नं. ५, ६, ७, १२ र १३ का बासिन्दा पनि अप्रत्यक्ष रूपमा यसका उपभोक्ता छन्। यो सडक नगरको आन्तरिक विकासको मेरुदण्ड भए पनि सरकारको ध्यान नपर्दा समस्या भोग्नुपरेको उनीहरूको गुनासो छ।

दुई दशकदेखि हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे सडकको कहर भोग्न बाध्य भएको नेकपाका स्थानीय नेता लक्ष्मण पौड्याल बताउँछन्। कटारी–४ का पौड्यालका अनुसार सडक स्तरोन्नतिका लागि नगरपालिका, सङ्घ र प्रदेश सांसद, उदयपुर उद्योग वाणिज्य सङ्घ र सरोकारवालाले मन्त्रालय, सडक विभाग हुँदै प्रधानमन्त्रीसम्म पटक–पटक आग्रह गरेका छन्।

यो वर्ष सडक स्तरोन्नति हुने आशामा बसेका स्थानीयले ‘बहुवर्षीय योजनाअन्तर्गत रकम सुनिश्चित’ भएको जानकारी पाए पनि काम नभएर आर्थिक वर्ष बित्न लाग्दा निराश भएका छन्। बजेट रातो किताबमा परे पनि कार्यान्वयन नहुनुको कारण थाहा नपाएको उनीहरूको दुखेसो छ।

कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बजेट कार्यान्वयन नहुँदा कटारीबासी र लोकमार्ग आसपासका उपभोक्ताले कष्ट भोग्नुपरेको बताए। बजेट कार्यान्वयनमा केले रोक्यो भन्ने जानकारी नभएको र ठूलो रकम फिर्ता हुनु दुखद भएको उनको भनाइ छ। यो लोकमार्गले कटारीको विकासमा कायापलट गर्ने सम्भावना बोके पनि सरकारले लापरबाही गरेको उनले आरोप लगाए। सङ्घीय सरकारको योजना भएकाले नगरपालिकाले लगानी र नियमन गर्न नसक्ने भन्दै उनले सङ्घबाटै चासो र लगानी हुनुपर्ने बताए।

उदयपुर उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्ष जमानसिंह बस्नेतले वर्षौँदेखि अलपत्र सडक स्तरोन्नतिमा सरकारले ध्यान नदिएको गुनासो गरे। बजेट भाषणमा परेको योजना लागू नहुँदा जिल्लाको पश्चिमी भेगका बासिन्दा सडक समस्याले मारमा परेको उनले बताए। सडक जीर्ण हुँदा व्यापारी–व्यवसायी पनि प्रभावित भएको भन्दै उनले छिटो स्तरोन्नति गर्न आग्रह गरे।

चालु आर्थिक वर्ष २०८१/८२ को कुल बजेट १८ खर्ब ६० अर्ब ३० करोडमध्ये कटारी–घुर्मी खण्डका लागि १ अर्ब ५ करोड विनियोजन भएको थियो। तर, जेठ दोस्रो सातासम्म काम नहुँदा बजेट फिर्ता हुने निश्चित भएको छ। स्थानीयले यसप्रति आक्रोश व्यक्त गरेका छन्।

कटारी–घुर्मी सडक योजना कार्यालयका प्रमुख पशुपति ज्ञवालीले चालु वर्षमा सिद्धिचरण लोकमार्ग स्तरोन्नतिको कुनै कार्यक्रम कार्यान्वयन नभएको बताए। वातावरणीय प्रभाव मूल्यांकन तीन–चार महिनाअघि वन मन्त्रालयले सम्पन्न गरे पनि सडक विभाग, पूर्वाधार मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म पुग्दा बजेट कार्यान्वयन हुन नसकेको उनले जनाए।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस