महिला उद्यमीहरुले विद्यार्थीहरुलाई शिपसहितको शिक्षा उपलब्ध गराउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सानै उमेरदेखि विभिन्न सिपको जानकारी दिन सके विदेश पलायन हुने नागरिकको संख्यामा कमी ल्याउन सकिने उनीहरुको भनाइ छ।
नवनियुक्त शिक्षामन्त्री विद्या भट्टराईलाई मंगलबार उनकै कार्यकक्ष सिंहदरबारमा भेटर महिला उद्यमी महासंघ नेपालका पदाधिकारीले विद्यालयतहबाटै शिपसहितको शिक्षाको व्यवस्था गर्न माग गरेका हुन्।
शिक्षामन्त्री विद्या भट्टराईसँग महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली । तस्बिर : नागरिकअध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा गएको महासंघ टोलीले कक्षा १२ उत्तिर्ण हुँदा हरेक विद्यार्थीमा विभिन्न शिपबारेको जानकारी पनि हुनु पर्नेमा जोड दिएको थियो। करिब तीन दशकदेखि महिला सशक्तिकरणका लागि क्रियाशिल महिला उद्यमी महासंघले हातमा शिप भए नेपालमै केही गरेर बस्ने युवाहरुको संख्या उल्लेख्य हुनेतर्फ मन्त्री भट्टराईको ध्यानाकर्षण गराएको थियो।
जवाफमा मन्त्री भट्टराईले यसबारे सरकार गम्भीर रहेको बताउँदै सरोकारवाला सवैसँग परामर्श गरेर अघि बढ्ने उल्लेख गरिन्। विद्यालयदेखि नै शिपसहितको शिक्षा आवश्यक रहेकोमा सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले यसलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको जानकारी दिइन्।
सबै महिला आर्थिकरूपमा सक्षम हुनुपर्छ : महिलामन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मुलुकभर रहेका सबै महिला आर्थिकरूपमा सक्षम हुन आवश्यक रहेको बताएका छन्।
महिला उद्यमीसँगको भेटमा मंगलबार मन्त्री सुडीले आर्थिक र सामाजिक रूपमा सक्षम बनाउन हरेक महिलालाई प्रशिक्षण दिनु पर्नेमा सरकार गम्भीर रहेको बताउँदै यसका लागि मन्त्रालयको तर्फबाट आफूले हरसम्भव प्रयास गर्ने आश्वासन दिएको महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीलाई ध्यानाकर्षणपत्र बुझाउँदै महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली । तस्बिर : नागरिकनेपाली नागरिकसँग प्रत्यक्ष जोडिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार एक महिनाभित्र प्रत्यक्ष देखिने गरी काम गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै उनले महिला उद्यमलाई बलियो बनाउन विशेष कार्यक्रम ल्याउने बताए ।
महिला उद्यमी महासङ्घ (FWEAN) को अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले उपराष्ट्रपति राम सहाय प्रसाद यादवसँग शिष्टाचार भेट गरेको छ। भेटमा महिला उद्यमशीलताको प्रवर्द्धन तथा समावेशी आर्थिक विकासका विषयमा केन्द्रित ज्ञापनपत्रसमेत हस्तान्तरण गरेको छ।
भेटमा महासङ्घले आगामी जुलाई ११ मा काठमाडौंमा आयोजना गर्न लागिएको International woman Leadership Conclave बारे जानकारी गराएको थियो। सो अवसरमा सहभागी नेपाली तथा विदेशी प्रतिनिधिहरूले नेपालको महिला सशक्तीकरण, जलवायुअनुकूल व्यवसाय, एआईको उपयोग र निर्यात योग्यताको सन्दर्भमा विचार आदान-प्रदान गर्ने उल्लेख गरिएको छ।
महासङ्घको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा महिला उद्यमशीलता, सामाजिक समावेशीकरण, आर्थिक रूपान्तरण र सरकारी नीति तथा संरचनामा महिला नेतृत्वको सुनिश्चितता जस्ता विषयहरू समेटिएको छ।
भेटमा महासङ्घका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा पाकिस्तान, दुबई र श्रीलङ्काका प्यानलिस्टहरू पनि सहभागी थिए। उपराष्ट्रपति यादवले महिला उद्यमीहरूको प्रयासको प्रशंसा गर्दै नीतिगत कुराहरू उठाका थिए। 'मुख्य कुरा त उद्यमशीलतामा के-के ल्याइएको छ, कसरी अगाडि बढाउनेलगायतका विषयमा महत्त्वपूर्ण कुराकानी भएको थियो,' अध्यक्ष ज्ञवालीले भनिन्। उपराष्ट्रपति यादवले कार्यक्रमका लागि शुभकामनासमेत व्यक्त गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...