सुनसान पहिरोपीडितको एकीकृत नमुना बस्ती
११ साउन २०८१
•
३ मिनेट पाठ
सुनसान पहिरोपीडितको एकीकृत नमुना बस्ती
रास्कोट नगरपालिका– ७ पोखरीकोट पुग्नेलाई नीला जस्तापाताले सिँगारिएका एकनासका घरहरूले लोभ्याउँछ। आकर्षक देखिने पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमुना बस्ती हो। त्यहाँ पुग्नेहरू तस्बिर खिच्ने र घुम्ने गर्छन्। बस्ती पुग्ने धेरैको एउटै प्रश्न हुन्छ– किन सुनसान ?




पहिरोले जमिन चिरिएर थातथलोमा बस्न अयोग्य भएपछि कर्णाली प्रदेश सरकारले पहिलोपटक एकीकृत नमुना बस्तीको अवधारणा ल्यायो । पहिरोले गाउँ नै जोखिम बनाएर त्रिपालको सहारामा बस्न बाध्य यहाँका समुदायका लागि बस्ती स्थानान्तरण गरेर चिटिक्क परेको एकीकृत नमुना बस्ती बन्यो, तर यहाँ पहिरोपीडित बस्दैनन्। उनीहरू पुरानै चिरिएको जोखिमयुक्त थातथलोमा बसिरहेका छन्। एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ ।

पहिरोले पूर्णरूपमा घरमा क्षति पु¥याएका ७३ परिवारका लागि आवास बनाइयो। चारवटा घर दलित समुदायबाहेक अन्य समुदाय रहेका छन् । १६ घर मात्र नमुना बस्तीमा बस्ने गरेका छन्। स्थानीय प्रकाश महतारा भन्छन्, ‘खेतीपाती र वस्तुभाउ सबै उनीहरूको पुरानै थातथलोमा छ। यो बस्तीमा बस्नका लागि विद्यालय छैन। खानेपानी र बत्ती पनि छैन । समुदाय आफैंले पैसा उठाएर बस्तीसम्म जाने बाटो दिएका छौं।’

खानेपानीका लागि एक संस्थाले डिपिआर बनाएको छ । एकीकृत बस्ती बन्ने भनेपछि खुबै हौसिएका उनी घर बनाउँदा ऋण लागेपछि निराश बनेका छन्। जग्गा सम्याउनेदेखि भेल तर्काउन नालालगायतका एकीकृत बस्ती आकर्षण बनाउन बगैंचासहितका संरचना बनाउन लागिपरे पनि पूरा हुन नसकेको स्थानीयको भनाइ छ।

उक्त बस्तीमा बनेका घर बेचबिखन गर्न नपाउने सर्तमा बस्ती स्थानान्तरण भएको हो। बस्ती बनेको तीन वर्ष बित्दासमेत बस्ती अझै आवश्यक पूर्वाधार खानेपाने, विद्यालय र बत्तीको व्यवस्था गर्न सकिरहेको छैन, जसका कारण स्थानीय बस्तीमा आउन नसकेको स्थानीय प्रकाश महताराले बताए।

‘पाँच लाखमा घर बन्छ भने, तर सबैको घर आठ लाख रूपैयाँभन्दा कममा बनेन’, उनले गुनासो गरे, ‘बस्तीका सबै ऋणमा डुबेका छन्, छाना मात्रै छाएको घरमा कसरी बस्न सकिन्छ ?’, घर बनाउन घर निर्माणका लागि एक घरलाई सरकारले चार लाख रूपैयाँ दिएको थियो।

अपुग रकम स्थानीयले नै हालेका हुन् । रास्कोट नगरपालिका वडा नम्बर १, ३ र ७ का पहिरोपीडितहरू घर निर्माणका लागि प्रदेश सरकारले पाँच करोड बजेट छुट्ट्याएको थियो। रास्कोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले भने एकीकृत बस्तीको काम सकिएलगत्तै बस्ती बसाल्ने सोच गरे पनि सफल हुन नसकिएको बताए। अधिकांश स्थानीयलाई थातथलो नै प्यारो लागेकाले बस्तीमा आउन मन नलागेको उनको भनाइ छ। 

‘हामीले बस्तीका सबै संरचना तयार पारिदिएका छौं’, उनले भने, ‘रोजगारी र खेतीपातीकै लागि थातथलोमै बस्ने गर्दा बस्ती सुनसानजस्तै छ।’ नमुना बस्तीमा सडक, विद्युत्, खानेपानी, बालउद्यानलगायतका पूर्वाधार बनेका छैनन्। नजिकै विद्यालय र स्वास्थ्य चौकीसमेत छैन, जसका कारण बस्तीमा मान्छे नबसेका हुन्। वास्तविक पीडितले राहत नपाएर ‘पावर’ र पहुँचका आधारमा राहत पाएको स्थानीयको गुनासो छ। २०७८ सालको बाढीपहिरोले रास्कोट नगरपालिकाका विभिन्न बस्ती जोखिममा परेका छन्।

आधारभूत सुविधा नहुँदा सास्ती

जिल्लाको नरहरिनाथ गाउँपालिका– ४ स्थित सुन्दरखालमा नमुना बस्ती बने पनि त्यहाँ आधारभूत सुविधासमेत पुगेको छैन। नमुना बस्ती बनेको तीन वर्ष बिते पनि खानेपानी, विद्यालय, विद्युुत् र बाटोलगायत आवश्यकता अभाव भएको हो।

नमुना बस्तीमा एक सय ३४ वटा घरपरिवारको बसोवास रहेको त्यहाँ आधारभूत आवश्यकता पूरा नभएको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार विद्यालय बनेको छ। विद्यालयमा भवन नभएर जीर्ण अवस्था छ । खानेपानी, विद्युत् र बाटोसमेत बनेको छैन। सुन्दरखाल नमुना बस्ती अछामको रामारोशन ताल पुग्नका पाँच किलोमिटर मात्र रहेको सडक पु¥याउन सके रारादेखि रोमारोशनसम्म पर्यटकीय मार्ग बन्ने र नमुना बस्तीलाई होम–स्टे (घरवास) का रूपमा प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ।

नमुना बस्ती पुग्नका लागि राम्रो गोरेटो बाटो पनि नभएको स्थानीय रत्नबहादुर सहकारीले बताए। नमुना बस्तीमा दुई सय ४० घर बन्नुपर्नेमा अझै ९७ घर बन्न बाँकी रहेको वडाध्यक्ष नन्दराम सहकारीले बताए । सुन्दरखाल नमुना बस्तीको आवश्यकता नभएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए। उनले भने, ‘त्यो बस्तीमा चोरी–सिकारी गर्नेहरू बसेका छन्।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस