मधेसमा ‘काल’ बन्दै जथाभावी खनिएका खाल्डाखुल्डी
१३ साउन २०८१
•
६ मिनेट पाठ
मधेसमा ‘काल’ बन्दै जथाभावी खनिएका खाल्डाखुल्डी
घटना १ (असार ६)




जथाभाबी दोहनका कारण बलान नदीको किनारमा बनेको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर लहान नगरपालिका–१७ बलानसेरका दुई बालकले ज्यान गुमाए। किनारमा थोरै पानी होला भनेर नुहाउन गएका रितिक चौधरी र अविनाश सदाय गहिरो खाल्डोमा भासिएर डुबेका थिए । सात वर्षीय रितिक र आठ वर्षीय अविनाश नजिकैको बलान खोलाकिनारमा छिपछिपे पानी होला भनेर झुक्किँदा गहिरो खाल्डोमा भासिएका थिए। उनीहरू डुबेको ठाउँमा दोहनका कारण खाल्डो बनेको थियो। तर बलान नदीमा आएको बाढीले त्यो खाल्डो भरिँदा ठुलो तालझैं बनेको थियो ।

अविनाशकी आमा कविता सदाय लहान बजार क्षेत्रमा निर्माण मजदुरको काम गर्छिन्। रितिककी आमा गृहिणी हुन् । उनी घरकै काममा व्यस्त भएका बेला छोरा बलान नदीको खाल्डोमा डुबेको थियो। नुहाउन हाम फालेपछि डुबेर मृत्यु भएको खबर गाउँमा फैलिएपछि सशस्त्र र नेपाल प्रहरीको टोली लहानबाट घटनास्थल पुगेको थियो। बालकहरू डुबेको खाल्डोको गहिराइ २० फिटभन्दा बढ्ता थियो । प्रहरीलाई उद्धार गर्न हम्मेहम्मे भयो। त्यसपछि आशिकका काकाले दुवै बालकालाई मृत निकालेका थिए । आशिकका बुवा लगन सदायको दुई वर्षअघि नै मृत्यु भइसकेको छ । रितिकका बुवा वैदेशिक रोजगारीमा छन् । अहिले बलान नदीकिनारको त्यो खाल्डोमा पानी घटे पनि चौधरी र सदाय परिवारलाई छोरा गुमाउनुको पीडाले सधैं पिरोलिरहनेछ।

घटना २ (असार १८)

जथाभाबी ग्राभेल झिकेर अलपत्र छाडिएको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर सिरहाको नरहा गाउँपालिका–३ खोरियाका दुई बालकको मृत्यु भयो। मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका सात वर्षीय छोरा राहुल मण्डल र सुशीलकै भान्जा आठ वर्षीय आशिष मण्डल छन्। दुवै बालक असार १७ देखि हराइरहेका थिए। उनीहरूको खोजीमा स्थानीय र प्रहरी खटिएका थिए। खोजी गर्ने क्रममा उनीहरू असार १८ गते बिहान साढे ८ बजे बस्ती छेउकै ग्राभेल खनेर अलपत्र खाल्डोमा जमेको पानीमा तैरिरहेको अवस्थामा मृत भेटिएका थिए । स्थानीयका अनुसार ग्राभेल ठेकेदारहरूले ग्राभेल खनेर अलपत्र छाडिदिएको गहिरो खाल्डो ती बालकहरूको काल बन्यो । स्थानीय जनिफ अन्सारीले भने, ‘यस क्षेत्रमा जथाभाबी ग्राभेल उत्खनन गरेर अल्पत्र छाडेको गहिरो खाल्डोमा जमेको वर्षाको पानीमा डुबेर बर्सेनि बालबालिकाको ज्यान जाने गरेको छ।’

घटना ३ (साउन ४)

सिरहाको गोलबजार नगरपालिका–८ वलकावानजिकको इँटाभट्टाको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर ६० वर्षीय मनोज थापाले ज्यान गुमाए। साउन ३ बाट हराइरहेका थापाको शव भोलिपल्ट इँटाभट्टाले खनेको गहिरो खाल्डोमा घोप्टो परेर तैरिरहेका अवस्थामा गोलबजार प्रहरीले फेला पारेको थियो। थापा आफ्नो खेत जाने क्रममा चिप्लिएर पानी जमेको गहिरो खाल्डोमा डुबेको स्थानीयको अनुमान छ।

घटना ४ (असार २०)

धनुषाको धनौजी गाउँपालिका–५ बहुअर्बाको सार्वजनिक पोखरीमा नुहाउन गएका तीन बालिकाको डुबेर ज्यान गयो। ज्यान गुमाउनेमा ११ वर्षीया मुस्कान खातुन, नौ वर्षीया जिनत खातुन र १० वर्षीया अजमेरी खातुन थिए।

पोखरीमा नुहाउन गएका ती तीन बालिका डुबेको थाहा पाएर जम्मा भएका स्थानीयले पोखरीमा हाम फालेर सबैको उद्धार गरेका थिए । पोखरीबाट निकाल्दा निस्सासिइसकेका तीनमध्ये एकको उपचारका लागि जनकपुरधाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भयो। दुईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तथ्यांक डरलाग्दो, अबोध बढी

यी त प्रतिनिधि घटना मात्र भए, यस्ता अनेकौं घटना मधेसका लागि नियति बन्दै आएको छ। त्यसो त स्थानीय तह गठनसँगै हरेक पालिकामा स्थानीय विपद् व्यवस्थापन समिति छ तर त्यसले बाढी पहिरो, पानीजन्य विपद्लगायतबाट उत्पन्न हुने जोखिमबारे जनचेतनाका कार्यक्रम गरेको पाइँदैन। मधेस प्रदेश प्रहरी कार्यालयको उपलब्ध गराएको तथ्यांकअनुसार मधेसमा पछिल्ला तीन वर्षमा (आर्थिक वर्ष २०७८/७९ देखि २०८० /८१ सम्म) पानीमा डुबेर ४९६ जनाले ज्यान गुमाएका छन्।

तीमध्ये बालबालिकाको संख्या २९८ छ भने महिलाको संख्या ४४ र पुरुषको संख्या १५४ छ । तथ्यांकअनुसार आव २०८०/८१ असार मसान्तसम्म मधेसका आठै जिल्लामा १८५ जनाले पानीमा डुबेर ज्यान गुमाइसकेका छन् । जसमध्ये बालबालिकाको संख्या १२४, महिलाको संख्या १४ र पुरुषको ४७ छ।

आव २०७९/८० मा प्रदेशका आठै जिल्लामा १०५ जनाको डुबेर मृत्यु भएको थियो। जसमा ६५ जना बालबालिका, नौ जना महिला र ३१ पुरुष थिए । आव २०७८/७९ मा २०६ जनाको डुबेर मृत्यु भएको थियो। जसमध्ये बालबालिका १०९, महिला २१ र पुरुष ७६ जना थिए। पानीमा डुबेर ज्यान गुमाउनेमा सबैभन्दा बढी बालबालिका हुने गरेको तथ्यांकले देखाउँछ।

प्रहरी अधिकारीहरूका अनुसार बालबालिका साथीसँग रमाइलो गर्न जाने क्रममा खाल्डोमा जमेको पानीमा पस्ने गरेको, डुबिन्छ भनेर नजानेर वर्षाका बेला जमेको पानीमा नुहाउन जाँदा डुबेर ज्यान गुमाउन पुगेको संख्या धेरै छ। बालबालिकामा चेतनाको अभावले पनि डुबेर मृत्युवरण गरेको पाइएको प्रहरी अधिकारी बताउँछन्। पछिल्लो समय विकास निर्माणका नाममा जथाभाबी खाल्डो खन्ने, गहिरो गरी खनिएको खाल्डो नपुर्ने, बस्ती छेउछाउबाटै ग्राभेल खनेर गहिरो खाल्डो नपुरी त्यक्तिकै छाड्ने प्रवृत्ति बढेको छ।

सिरहा धनगढीमाई नगरपालिकाका बुद्धिजीवी डेनक मोक्तान भन्छन्, ‘ती खाल्डाहरूमा वर्षायाममा पानी जमेर कालरूपी धराप बन्ने गर्छ। बालबालिकाका लागि त त्यो कालै हो। न उनीहरूलाई पौडिन आउँछ न त्यो गहिरो खाल्डोबाट निस्किन सक्छन्। जथाभाबी खनिएका खाल्डाहरू पुर्न लगाउनुपर्नेमा मोक्तान जोड दिन्छन्। ‘बस्ती, गाउँछेउछाउ जथाभाबी ग्राभेल, माटो, भरोठ खन्न गहिरो खाल्डो बनाउन रोक लगाउनुपर्छ। जथाभाबी, लापरबाहीपूर्ण यस्ता खालका कार्यको निरीह दर्शक बन्नुभन्दा स्थानीय प्रशासन, प्रहरी, समन्वय समिति र पालिकाहरू रोक्न सक्नुपर्छ । डरलाग्दो मानवीय क्षती रोक्न जथाभाबी कार्यलाई रोक्नैपर्ने मोक्तान बताउँछन्।’

बाढी, पहिरो र प्राकृतिक प्रकोपबाट बच्न तथा जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न नीति तथा कार्यक्रमहरू बनाएको छ। तर जथाभाबी खनिएका र पानीमा डुबेर हुने मृत्युलाई सरकारले प्राथमिकतामा राखेको छैन। विभिन्न खालका अप्राकृतिक मानवद्वारा सिर्जित क्रियाकलापका कारण पनि मानवीय क्षति हुने गरे पनि यसलाई रोक्न तीनै तहको सरकार गम्भीर हुन नसकेको मधेसका प्रकृति संरक्षकहरू बताउँछन्।

डुबेर हुने मृत्युको विषयलाई सरकारले गम्भीरताका साथ लिएको पाइँदैन। भवितव्य भन्दै शव परीक्षणपछि परिवारलाई बुझाएपछि यस घटनाको अनुसन्धान टुंगिने गरेको छ। मानवद्वारा नै गरिने केही प्रकृतिविपरीतको क्रियाकलापहरूले पनि मानवीय क्षति भएका छन्। त्यसतर्फ अनुसन्धानको सुई घुमाइएको पाइँदैन। हुन त जनचेतनाको अभावले पनि यस्ता घटना भएको पाइन्छ ।

मधेसमा पोखरीमा डुबेर ज्यान गुमाउनेमध्ये कतिपय विपन्न समुदायका छन्। कारण उनीहरू लत्ताकपडा धुने, भाँडा धुने, नुहाउनेलगायत कामका लागि पोखरीमै आश्रित छन्। त्यसैले पानीमा डुबेर मृत्यु हुनेमा अधिकांश विपन्न बालबालिका पर्ने गर्छन्। यसको कारण उनीहरूको बाध्यतासँगै जनचेतनाको कमी हो। यस्ता विपद् व्यवस्थापन र मानवीय क्षतिको जोखिम न्यूनीकरणका लागि तीनवटै तहको सरकारले पहलकदमी लिनुपर्छ। मधेसका गाउँबस्तीमा खनिएका खाल्डोजन्य धराप पुर्ने र खन्न नदिने कार्यलाई सरकारले प्राथमिकताको विषय हुनुपर्ने मधेसका आम जनताको एकस्वर छ।
अर्को समाचार
मधेसवासी भन्छन्ः भूकम्पपछि अचानक मौसममा परिवर्तन आयो, हावा चलिरहेको छ
२३ पौष २०८१
•
१ मिनेट पाठ
मधेसवासी भन्छन्ः भूकम्पपछि अचानक मौसममा परिवर्तन आयो, हावा चलिरहेको छ
नेपाल-चीन सिमाना तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का नेपालभर महसुस गरिएको छ।




भूकम्प बिहान ६ बजेर ५० मिनेट जाँदा कोशी, मधेस र बागमती प्रदेशका जिल्लाहरूमा महसुस गरिएको थियो। भूकम्पपछि मधेस प्रदेशको मौसम परिवर्तन भएको स्थानीयहरू बताउँछन्। बिहान मौसम अनुकूल भए पनि बिहान भूकम्प गएपछि मधेस प्रदेशमा पौने सात बजेपछि अचानक मौसम परिवर्तन भएको, हावा चलेको र हुस्सुले शहर ढाकेको स्थानीयहरूले बताए। हुस्सु लागेको, पश्चिमबाट हावा चलेको स्थानीयहरू बताउँछन्।

नेपालमा संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, इलाममा भूकम्पको कडा धक्का महसुस गरिएको थियो भने झापा, सुनसरी, मोरङ र उदयुपुरमा सामान्य धक्का महसुस गरिएको थियो।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस