ताप्लेजुङ पाथीभराको विकल्प बन्दै भेडेटारको पाथीभरा
१३ साउन २०८१
•
१ मिनेट पाठ
ताप्लेजुङ पाथीभराको विकल्प बन्दै भेडेटारको पाथीभरा
सिराहाबाट आएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिए। यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रो पटक आएको उनले बताए।




दुहवी नगरपालिकाका विजयकुमार गौतमले पनि पाथीभरा दर्शन गरे चिताएको पूरा हुने विश्वासका कारण भेडेटार आएको बताए।

विराटनगरका उमेश साहले परिवारको प्रगति र शान्तिको कामना मन्दिर आएको बताए। उनले भने, “ताप्लेजुङको पााथिभरा पुग्न हामीलाई केही दिन लाग्छ, ठूलो पाथिभराको झैं महत्त्व भएकाले यहीं पूजा गरेको उनले बताए।

उक्त मन्दिरमा पूजाअर्चना गरेमा मागेको कुरा पूरा हुन्छ भन्ने विश्वासका कारण प्रायः आफू सपरिवार आउने गरेको उनले सुनाए।

देशका विभिन्न भागका साथै भारतका सिक्किम, दार्जिलिङ लगायत स्थानबाट यहाँ भक्तजन आउने गरेका मन्दिरका पुजारी आइतबहादुर लिम्बूले बताए। दैनिक सरदर  दुई सय ५० तथा वार्षिक ५० हजार भक्तजन आउने गरेका उनले बताए।

यहाँ बिहानदेखि बेलुकासम्म पूजा हुने गरेकाले बेलुकासम्म नै मान्छेको चहलपहल हुने गर्दछ। मन्दिरका कारण कोशी प्रदेशको धार्मिक पर्यटकीयस्थलका रूपमा भेडेटार विकसित भएको पुजारी लिम्बूले बताए।

विगतमा देवीको यो मन्दिरमा भेडा–बोकाको बलि दिने गरिएकामा हाल परेवा उडाउने, फलफूल चढाउने र शृङ्गारका सामग्री चढाउने थालिएको छ। ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न नसक्नेहरूले यहीँबाट भाकल पूरा गर्ने पुजारी लिम्बू बताउँछन्।

समुद्र सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको देवीको मूर्तिलाई २०५७ सालमा मन्दिर स्थापना गरी पूजा गरिंदै आइएको छ। यो मन्दिरबाट ताप्लेजुङको पाथीभरा देखिने भएकाले यसलाई सोही मन्दिरको प्रतीक मानेर पूजाआराधना हुने गरेको छ। 
अर्को समाचार
नेपाली सेनाको बाजागाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान
२५ साउन २०८१
•
३ मिनेट पाठ
नेपाली सेनाको बाजागाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान
बडिमालिका डोली पठाउन आएका जुम्ली धर्मावलम्बी । गोल्डेन बुढा / नागरिक
बाजुरास्थित बडिमालिका मन्दिरको पूजा आराधना गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्रस्थान गरेको छ । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी टोली प्रस्थान गरेको हो। 




जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्याय लगायतको सरकारी टोली बडिमालिका प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय अगाडी रहेको दरबार मालिका मन्दिरमा झोलीको पूजा गरेर यात्रा सुरु भएको थियो ।

दिउँसो १ बजे जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतको सरकारी उच्च अधिकारीहरूले टोलीको बिदाइ गरेका थिए ।   नेपाली सेनाको एक टुकडीले बटुक भैरवनाथ, चन्दननाथ बाबा र दरवार मालिकाको सलामी अर्पण गरेपछि टोली अघि बढेको थियो ।  जिल्ला प्रहरी कार्यालय भित्र रहेको बडिमालिका माईको मन्दिरमा पूजाआजा पछिको  अन्तिम सलामी अर्पण गरेर  टोली प्रस्थान गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

नाग पञ्चमीका दिनमा बडिमालिका तर्फ प्रस्थान गर्ने परम्परा अनुसार जुम्लाको टोली त्यस तर्फ प्रस्थान गरेको स्थानीय चित्रलाल श्रेष्ठले जानकारी दिए । सरकारी टोली १८ दिनको पैदल यात्रापछि बडिमालिकामा पुगेर पूजा आजा गरेर जुम्ला सदरमुकाम खलङ्गामै फर्कन्छ । परम्परा देखि अञ्चलाधीश कार्यालयको मातहमा चालिआएको पूजाआजा अहिले जिल्ला प्रशासन कार्यालयको मातहमा चलिरहेको छ।

बडिमालिका माईको पूजा आजा गरेमा मनको इच्छा पुरा हुने धार्मिक विश्वास रही आएको छ ।  तत्कालीन बडा हाकिमको नेतृत्वमा बडिमालिका जाने चलन रहे पनि हाल जिल्ला प्रशासन कार्यालयले प्रतिनिधि पठाउने गरेको छ। शुक्रवार प्रस्थान गरेको टोली कृष्ण जन्माष्टमीको अघिल्लो दिनमा फर्किने गरेको छ। टोली फर्किएको भोलिपल्ट लाख्य काट्ने चलन छ ।  स्थानीयले  आफ्नो मनको इच्छा पुरा हुने आसमा ध्वजा, अक्षता नासो पठाएका छन् ।  जुम्लाबाट लिएको अक्षता, फूलपाती बडिमालिकामा लिएर चढाइन्छ ।

शुक्रवार मध्यान्ह हिँडेको टोलीको पहिलो बास तातोपानीमा हुन्छ । नेपाली सेनाको देवीदत्त गणबाट आएको टोली र जिल्ला प्रहरी कार्यालयबाट आएको टोली र सशस्त्र प्रहरी बलको टोलीले  बाजागाजा सहित निशान भगवती, चन्दननाथ, भैरवनाथ र बडिमालिका माईलाई ब्यान्ड बाजा, डोल बजाएर बिगुल फुकेका थिए । हरेक वर्ष भगवतीको लागी सुनको टिका, चाँदीको बिनायो, चाँदीको मुरली, चाँदीको काँगियो र चाँदीको छत्र बनाएर पठाइने गरिन्छ।

बडिमालिकाको डोली पठाउनको लागि गाउँ‘गाउँ‘बाट दर्शनालुहरु खलङ्गामा आएका थिए । यो सँगै यो वर्षको जात्रा औपचारिक रुपमा सुरु भएको छ । डोली ल्याएर फर्कँदा खस भाषाको केन्द्र विन्दुमा रहेको जुम्ला सिजाको कनकासुन्दरी मन्दिरमा पूजाआजा गरेर फर्कने परम्परा छ ।

बडिमालिकाको डोली पठाउन हजारौँ जुम्ला बासी सदरमुकाम खलङ्गामा जमघट भएका थिए । 

कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस