आज साउन महिनाको दोस्रो सोमबार हो। सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ। अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्न थालिएको थियो।आज बिहानैदेखि पशुपतिनाथ सहित देशभरिका शिवालयहरुमा दर्शनार्थी गर्न जाने भक्तजनको भिड लागको छ ।
यस्तै साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यस वर्षको साउन महिनामा चार सोमबार परेका छन्।
काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदीको कटुवाल दहबाट वाग्द्वारसम्म १८ कोशको दूरीमा हुने बागमती तीर्थयात्रा यो वर्ष पनि नहुने भएको छ।
बागमती प्रदूषित भएपछि ४० वर्षदेखि रोकिएको यो यात्रा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल भएका बेला २०७५ र २०७६ मा भएको थियो। यात्राका विधिविधान पशुपति आगम घरका पुजारी मदन भट्टले गर्ने परम्परा छ।
२०७५ मा १७ दिनको यात्रा सात दिनमा सम्पन्न गरिएको थियो भने २०७६ मा नौ दिनको यात्रा भएको थियो। कोषले २०७७ देखि प्रत्येक वर्ष दिन बढाउँदै १७ दिनसम्मको यात्रा गर्ने बताए पनि सात वर्षदेखि यात्रा हुन सकेको छैन।
२०७७ मा कोरोना महामारीले यात्रा रोकिएको थियो। त्यसपछिका वर्षमा कोषको उदासीनताले यात्रा हुन नसकेको स्थानीयको गुनासो छ। कोषको संस्कृति महाशाखाका निमित्त प्रमुख ईश्वरमान राजभण्डारीले यो वर्ष पनि यात्राको कुनै तयारी नभएको बताए।
कटुवाल दहबाट वाग्द्वारसम्मको यात्रामा हिमवत्खण्डमा उल्लेख १६५ तीर्थस्थलमा स्नान, पूजा र दर्शन गर्ने परम्परा छ। यो यात्रा नेमुनिले चलाएको विश्वास छ। यात्रामा बागमतीको तन्त्र साधना पनि गरिन्छ,’ आगम घरका पुजारी मदन भट्टले भने।
यात्राले बागमती स्वच्छ राख्न जागरण ल्याउने विश्वास थियो, तर यात्रा रोकिएपछि बागमती शुद्धीकरणमा थप समस्या आएको कोषको भनाइ छ। रासस
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...