देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्छः प्रधानमन्त्री ओली
१४ साउन २०८१
•
४ मिनेट पाठ
देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्ने बताएका छन्।




विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले  आयोजना गरेको कार्यक्रममा ‘बालबालिकासँग बाघ संवाद गदै प्रधानमन्त्री ओलीले वन्यजन्तुको सिकार र चोरीपैठारीका लागि प्रतिबन्ध लगाइएको स्मरण गराउदै सीमिततामा आधारित रहेर देशको क्षमताअनुसार बाघको संरक्षण गर्ने नीति रहेको बताए ।

‘देशको क्षमताभन्दा बढी बाघको सङ्ख्या वृद्धि गर्न सकिँदैन, हाम्रो क्षमतालाई नहेरी अन्धाधुन्ध बाघको सङ्ख्यामात्रै वृद्धि गर्दा मानवीय विनाश निम्त्याउन सक्नेतर्फ पनि सचेत रहनुपर्नेछ । यस्तो अवस्था आउन दिनु हुँदैन’, उनले भने, ‘प्रकृतिमा धेरै जीव तथा वन्यजन्तु छन्, उनीहरूका लागि सहज बासस्थान चाहिन्छ, उनीहरूसँग द्वन्द्वको अवस्था आउन दिनुहुँदैन । मानिसले सचेत भएर द्वन्द्वको परिस्थिति आउन नदिन लाग्नुपर्छ, हामीले पहिलो सुरक्षा मानिसलाई दिनुपर्छ ।’

कार्यक्रममा लिटिल एञ्जलसहित विभिन्न पाँच विद्यालयका बालबालिकाले राखेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले मानव प्रकृतिको एउटा अंश मात्रै भएको बताए । उनले बाघ र वन्यजन्तुको संरक्षणका लागि हालको सदर चिडियाखाना सानो भएकाले अन्य स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए। वन्यजन्तुको संरक्षणमा मानवलाई शिक्षा दिन पनि चिडियाखाना चाहिन्छ भन्ने धारणा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

विसं २०७३ मा आफू प्रधानमन्त्री हुँदा उद्घाटन गरिएको भक्तपुरको सूर्यविनायकस्थित प्राणी उद्यानको निर्माण कार्य अगाडि बढाइने र ललितपुरको सदर चिडियाखाना सानो भएकाले अन्यत्र पनि चिडियाखाना स्थापनागरी वर्गीकरणका आधारमा वन्यजन्तुलाई संरक्षण गर्न पहल गरिने जानकारी गराए।

तपाईंलाई प्रकृतिसँग प्रेम गर्न के कुराले प्रेरित गर्यो भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ थियो, ‘प्रकृति मन नपराउने मान्छे हुँदैन, म सानो हुँदा गोठालो लाग्ने गरेकाले गाईभैँसी चराउन जङ्गलमा जाँदा प्रकृतिसँग रमाउन थालेँ, त्यसैबेला मैले बाघ पनि देखेँ, पछि बुझ्दै जाँदा जलवायु प्रणालीमा प्रकृति, खोलानाला, जीवजन्तु, चराचुरुङ्गी सबैसँग प्रेम हुन थाल्यो ।’

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका दुर्लभ वन्यजन्तु नेपालमा पाइने भन्दै तीनै तहका सरकार, सङ्घसंस्था र सरोकारवालाबीच संरक्षणका लागि साझेदारी र समन्वय हुनुपर्ने बताए । उनले बाघको संरक्षणका लागि ठूलो घाँसे मैदानका साथै वन, पानीसहितको बासस्थानको व्यवस्थापनलाई ध्यान दिइने जानकारी गराए । ‘बाघलाई वनभित्र रहने र मानिसलाई निकुञ्जभित्र पस्न नदिने व्यवस्था गरिनुपर्छ, विकास र वातावरणबीचको सन्तुलन मिलाउनुपर्नेछ । निकुञ्ज व्यवस्थापन र संरक्षणबाट राष्ट्रिय पर्यटनको आम्दानी वृद्धि गरिनुपर्छ’, मन्त्री ठकुरीले भने । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसहित संरक्षणका साझेदारहरू मिलेर बाघको संरक्षणमा लाग्नुपर्ने उनको भनाइ छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बाघ संरक्षणका लागि सदर चिडियाखानाको अहिलेको स्थान नपुग्ने भएकाले यसका लागि पहल गर्न प्रधानमन्त्रीसमक्ष अनुरोध गरे । उनले कोरोनाकालमा वन्यजन्तुलाई आहारमा समस्या हुँदा महानगरबाट रकम उपलब्ध गराएको स्मरण गदै वन्यजन्तु संरक्षणका सन्दर्भमा महानगर र सदर चिडियाखानाबीच अत्यन्तै महत्वपूर्ण सम्बन्ध छ भने । महानगर प्रमुख महर्जनले चिडियाखानामा सबैभन्दा बढी खर्च लाग्ने एउटा जनावरको खानाका लागि महानगरले वार्षिक रूपमा रकम उपलब्ध गराइरहेको जानकारी गराए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले संविधानमा वातावरण संरक्षण गर्ने नीति समावेश भएको र सोहीअनुसार ऐन, नियम तथा कानुन बनेको जानकारी गराए । जैविक विविधताका दृष्टिले नेपालको तराई भूपरिधि क्षेत्र उपयोगी रहेको उनले बताए । संरक्षणमा पु¥याएको योगदानका लागि संयुक्त राष्ट्रसङ्घले सन् २०२३ मा नेपाललाई सम्मान गरेको जानकारी गरादै महानिर्देशक डा ढुङ्गानाले यसबाट नेपालको पर्य–पर्यटन र राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पुगेको धारणा राखे ।

वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव भुपाल बरालले बाघको सङ्ख्या बढ्नु जैविक विविधताका दृष्टिकोणले महत्वपूर्ण भएको बताए । बाघको बासस्थानको संरक्षण र आहारको व्यवस्थापन महत्वपूर्ण रहेको बताउदै उनले मानव वन्यजन्तुबीचको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती बढ्दो अवस्थामा रहेको धारणा राखे ।

प्रकृति संरक्षण कोषका अध्यक्ष कृष्णप्रसाद ओलीले विश्वमा नेपालले ओगटेको भूभागको तुलनामा बाघ, वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणमा अग्रणी स्थानमा रहेको बताए । कार्यक्रममा सदर चिडियाखानासँग सम्बन्धित रहेर संरक्षणका क्षेत्रमा ज्ञान हासिल गरिरहेका बालबालिकाले बाघ संरक्षणका सन्दर्भमा लघु नाटकसमेत प्रदर्शन गरेका थिए ।

मानव बाघ सहअस्तित्व र समृद्धि’ भन्ने नाराका साथ यस वर्षको विश्व बाघ दिवस मनाइएको छ । सन् १९७० को दशकबाट मात्रै नेपालमा बाघ संरक्षणको प्रयास भएको पाइन्छ । बाघको सङ्ख्या सबैभन्दा धेरै हुने विश्वका १३ राष्ट्रमा नेपाल पनि पर्दछ । रसियाको सेन्ट पिटर्सवर्गमा सन् २०१० मा बाघ पाइने १३ राष्ट्रबीच भएको समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता गरेको थियो । 

त्यसबेला नेपालमा बाघको सङ्ख्या एक सय २१ थियो । त्यसपछि सन् २०१४ मा एक सय ९८, सन् २०१८ मा दुई सय ३५ र सन् २०२२ मा नेपालका चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा र पर्सासहित पाँच वटा निकुञ्जमा रहेका बाघको सङ्ख्या तीन सय ५५ पुगेको थियो । हरेक चार वर्षमा बाघको सङ्ख्या गणना गर्ने व्यवस्थाअनुसार अब सन् २०२६ मा नेपालमा बाघको सङ्ख्या गणना हुनेछ ।  
अर्को समाचार
स्वदेश फर्किए प्रधानमन्त्री ओली
२० असार २०८२
•
२ मिनेट पाठ
स्वदेश फर्किए प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग  लिई आज स्वदेश फर्किएका छन्।




प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरे।

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थमा उच्चपदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए।

‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उनी यही असोज १४ गते त्यसतर्फ गएका थिए।

स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले  विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गरे। त्यसक्रममा  प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलन क्रममा प्रधानमन्त्री ओलीले सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय निकायका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु मुलुकका विकासका चुनौतीबारे आफ्ना धारणा राखेको थियो । सम्मेलन दिगो विकासका लागि तत्काल र दीर्घकालीन लगानीका चुनौतीमा घटाउने सम्बन्धमा केन्द्रित थियो ।

प्रधानमन्त्री ओलकासाथ उनकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायतको नेपाली प्रतिनिधिमण्डलका सदस्य पनि आजै स्वदेश फर्केका छन्। 
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस