विश्वासपात्रले नै पूर्व राज्यमन्त्री यादवको हत्या गरेको भन्दै दुई अभियुक्त सार्वजनिक
१४ साउन २०८१
•
२ मिनेट पाठ
विश्वासपात्रले नै पूर्व राज्यमन्त्री यादवको हत्या गरेको भन्दै दुई अभियुक्त सार्वजनिक
पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै विश्वासपात्रबाट भएको प्रहरी अनुसन्धानले देखिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमवार रायको हत्यामा संलग्न रहेका दुई जनालाई सार्वजनिक गरेको छ ।




अभियुक्तमध्ये एक जना पूर्व राज्यमन्त्री रायको विश्वासपात्र भएको प्रहरीको दाबी छ ।विगत १० वर्षदेखि पूर्व राज्यमन्त्री रायको घरमा भान्सा लगायत आवश्यक अन्य काम गर्दै आएका २५ वर्षीय राम उजैन रायले हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिन आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रवीन्द्र कुमार सिंहले जानकारी गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय मलंगवामा सोमबार पत्रकार सम्मेलन गर्दै एसपी सिंहले राम उजैन राय र चन्द्रनगर गाउँपालिका १ का ४६ वर्षीय वीरेन्द्र रायलाई पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको  छ । वीरेन्द्र राय र पूर्व राज्यमन्त्रीबिच जग्गाको विवाद रहेको तथा वीरेन्द्र रायले नै हत्या गर्न लगाएको अनुसन्धानबाट देखिएको एसपी सिंहले जानकारी गराएका छन् ।

वीरेन्द्र राय र पूर्व राज्यमन्त्री राय सँधियार भएको तथा वीरेन्द्रको दृष्टिमा पूर्व राज्यमन्त्री रायले आफ्नो जग्गा मिचेको देखिएको छ । वीरेन्द्र रायले आफूलाई पूर्व राज्यमन्त्रीको अगाडि बोल्न तथा  आफ्नो कुरा राख्न सक्ने हैसियत नभएकोले हत्याको योजना बनाएको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीको दाबी छ।

दश वर्षभन्दा लामो समयदेखि विश्वासपात्रको रुपमा काम गरिरहेका राम उजैन रायलाई प्रलोभनमा पारेर हत्या गर्न लगाएको देखिएको प्रहरीको भनाइ छ । पूर्व राज्यमन्त्री रायको हत्या गरेमा दुई लाख रुपैया नगद दिने तथा व्यवसाय गर्न फर्मसमेत बनाइदिने प्रलोभन दिएको र सोही प्रलोभनमा परेर विश्वासपात्र राम उजैनले पूर्व राज्यमन्त्रीको हत्या गरेको बयान राम उजैन रायले प्रहरी समक्ष दिइसकेको प्रहरीको दाबी छ ।

वीरेन्द्र रायको उक्साहटमा राम उजैन रायले गत साउन ७ गते राति पूर्व राज्यमन्त्री राय निदाइसकेको मौका छोपी फर्सा (दबिया) ले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेपछि राम उजैन रायले नै पौने १ बजे राति इलाका प्रहरी कार्यालय केशरगंज ईश्वरपुरलाई पूर्व राज्यमन्त्री रायको हत्या भएको जानकारी गराएका थिए ।

घटना भएको राति ९ बजेतिर तिन जना नचिनेको मानिस आएको र आफूलाई सुत्न पठाएको बताउँदै मध्यरातमा उठेर हेर्दा पूर्व राज्यमन्त्री रायको हत्या भएर मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको बयान राम उजैन रायले दिएका थिए ।

घटनाका दुवै अभियुक्तलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट दश दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको एसपी सिंहले जानकारी गराएका छन् । 
अर्को समाचार
पूर्वराज्यमन्त्री हत्या : घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
०७ साउन २०८१
•
२ मिनेट पाठ
पूर्वराज्यमन्त्री हत्या : घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद गरेको छ ।




जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ५० मिटर उत्तर–पश्चिममा बाँसको झाङबाट घरेलु हतियार ‘फरसा’ बरामद भएको हो । रगत लत्पतिएको अवस्थामा फेला परेको उक्त हतियार पूर्वराज्यमन्त्री रायको हत्यामा प्रयोग भएको हुन सक्ने प्रहरीको आशङ्का छ ।

घटनामा संलग्नहरूको पहिचान हुन बाँकी रहेकाले फेला परेको हतियारका विषयमा अनुसन्धान भइरहको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । ‘फरसा भन्ने घरेलु हतियार घटनास्थल नजिकैबाट फेला परेको छ’, उनले भने, ‘यस विषयमा अनुसन्धान गरिरहेका छौँ । सोही हतियार घटनामा प्रयोग भएको आशङ्का छ ।’

मलङ्गवा नगरपालिका–४, पुख्र्यौली घर भएका ८० वर्षका पूर्वराज्यमन्त्री रामचन्द्र रायको चन्द्रनगर गाउँपालिका–१ स्थित खेतसँगैको घर (फार्म हाउस) मा आइतबारराति धारिलो हतियार प्रहारगरी हत्या भएको थियो । उनको शव सुतेकै ओछ्यानमा फेला परेको थियो ।

रायसँगै सहयोगीका रूपमा बसेका युवकको बयानअनुसार हत्या भएको राति रायलाई भेट्न तीन जना अपरिचित व्यक्ति उनी बसेकै स्थानमा आएका थिए । उनीहरूले रायसँग जग्गाको विवाद मिलाइदिन भनेको खुलेको छ । रायले आफू सुत्ने कोठामै सुताएका उनीहरू परिचित रहेको प्रहरीको आशङ्का छ । घटनालगत्तै प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान शुरु गरेको थियो ।

राय राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्रीमा नियुक्त भएका । उनको दुई छोरा र पाँच छोरी छन । परिवारसँगै काठमाडौँ बस्दै आएका उनी केही दिन पहिला मात्र धान रोपाइँ गर्न सर्लाही आएको परिवारले जनाएको छ । रायको चन्द्रनगर गाउँपालिका–१, मा ठूलो क्षेत्रफलमा खेती रहेका कारण बेलाबेला उनी खेत हेर्न आउने जाने गरेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेस प्रदेश प्रहरी कार्यालयको टोली अहिले पनि सुक्ष्म अनुसन्धानमा जुटिरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। रायको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।  
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस