कोदो राष्ट्रिय दिवस घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छः कृषिमन्त्री अधिकारी
१५ साउन २०८१
•
३ मिनेट पाठ
कोदो राष्ट्रिय दिवस घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छः कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले कोदो राष्ट्रिय दिवसको घोषणा गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।




चौथो राष्ट्रिय कोदो दिवस मनाउन मंगलबार ललितपुरको खोकनामा भएको कार्यक्रममा उनले कोदोको महत्वका बारेमा सरकार जानकार रहेकाले केही दिनमै कोदोजन्य बाली प्रवर्द्धन गर्न राष्ट्रिय दिवस मनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको बताएका हुन । 

मन्त्री अधिकारीले कोदो उत्पादनलाई प्रोत्साहनका निम्ति मन्त्रालयको चमेना गृहले कोदोका परिकार नियमित बनाउने गरेको बताए। ‘केही वर्षअघि दुवै छाक भातको लागि मरिहत्ते गर्नेले आजको दिनमा कोदोको खोले र रोटी खान कहाँ पाइन्छ भनेर धेरै तिर खोज्दै हिँड्ने अवस्था आएको छ । अहिले अस्वस्थ खाना खाँदा १८ देखि २० वर्षका बालबालिका कुपोषण जस्ता रोगसँग जुध्न बाध्य भएका छन्, पोषणका लागि पनि कोदोका अनाज नियमित खानुपर्छ’, उनले भने । 

राष्ट्रिय कृषक समूह महासङ्घ र एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज)को आयोजनामा सम्पन्न कार्यक्रममा पोषकीय महत्व बोकेको कोदोबालीको प्रवर्द्धनका लागि काम गर्नुपर्नेमा जोड दिइएको थियो । अनाज र महासङ्घले सरकारलाई दिवस घोषणाको निर्णय गराउन माग गर्दै हरेक वर्ष साउन १५ मा दिवस मनाउँदै आएको छ ।

संयुक्त राष्ट्र सङ्घले गत वर्ष सन् २०२३ लाई कोदोजन्य बाली वर्षको रूपमा मनाएको थियो । कृषि तथा पशुपंक्षी मन्त्रालय, संयुक्त राष्ट्र सङ्घ कृषि तथा खाद्य सङ्गठन (एफएओ), भीएसओ नेपाललगायतको सहकार्यमा मंगलबार दिवस मनाइएको हो । ‘कोदोको योगदान: खाद्य तथा पोषण सुरक्षामा बरदान’ भन्ने नाराका साथ मंगलबार कोदो दिवस मनाइएको हो ।

राष्ट्रिय कृषक समूह महासङ्घका पूर्वअध्यक्ष नवराज बस्नेतले ‘कु’ अन्नको रूपमा चिनिने कोदो अचेल बहुगुणी चिजको रूपमा परिचित रहेको बताए ।  उनले कोदोको संरक्षण र उत्पादनमा वृद्धिका लागि सबै तहका सरकारले काम गर्नुपर्ने बताए ।  

कृषि विज्ञ डा कृष्णप्रसाद पौडेलले भविष्यमा खाद्य सङ्कट हुनेतर्फ सचेत रहँदै समयमा नै कोदो संरक्षण गरेर राख्न अपिल गरे । कोदो दिवस मनाउँदै गर्दा करोडौँको आयात गर्ने कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने र राम्रोसँग भण्डारण गरेमा वर्षौसम्म सुरक्षित रहने भएकाले कोदो नै भविष्यमा खाद्य सङ्कट हटाउन सहयोगी हुने उनको भनाइ छ ।  

महासङ्घका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदोको संरक्षण गर्न राज्यले विशेष पहल गर्नुपर्ने बताए । कोदोलाई सम्मान गर्न र यसलाई स्थानीय तहमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउन आवश्यक रहेकामा उनले जोड दिए। श्रेष्ठले कोदोमा अन्य बालीमा जस्तो विषादी, रासायनिक मल जस्ता कुनै पनि पदार्थ हाल्न नपर्ने भएकाले यो स्वस्थ र देशका लागि नै फाइदाजनक हुने दाबी गरे ।

मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले नेपाल कुपोषणको दुष्चक्रमा फसेको र स्कुल पढ्ने बच्चा कुपोषण जस्तो रोगको सिकार भइरहेको चर्चा गर्नुहुँदै त्यसबाट बच्नको लागि कोदोजन्य बालीको उत्पादन प्रवर्द्धन गर्नुपर्ने बताए।

कार्यक्रममा अनाजका अध्यक्ष किरण आचार्यले २०७७ सालमा कोदोलाई राष्ट्रिय महत्वको बालीको रूपमा स्थापित गराउन महासङ्घ र अनाजले कोदो बहस श्रृङ्खलाको सुरुआत गरेको र यसले गर्दा आज कोदोको उपयोग धेरै ठाउँमा बढ्दै गएको बताए ।

कार्यक्रममा राष्ट्रिय समावेसी आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेललगायतले कोदोको महत्वलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । कोदोको महत्व बुझेर उपभोग बढिहरेको चर्चा गर्दै वक्ताहरूले उत्पादनमा जोड दिएका थिए ।

कृषिमन्त्रीसहितका अतिथि तथा सहभागीले कोदो रोपेर दिवस मनाएका छन् । कार्यक्रममा कोदोका विभिन्न परिकारसमेत खाजाको रूपमा खुवाइएका थिए । पछिल्लो समय कोदोको उपयोग बढ्दै गए पनि कोदो उत्पादनमा व्यावसायिकता र किसानलाई आकर्षण गर्न आवश्यक काम हुन सकेको छैन । सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयातले आन्तरिक उत्पादन विस्थापन गरेको जानकाररू बताउँछन् ।

आर्थिक वर्ष २०७६/७७ मा  सात करोड १५ लाख २७ हजार,  २०७७/७८ मा  सात करोड २२ लाख,  २०७९/८० मा  ७३ करोड २० लाख र आर्थिक वर्ष २०८०/८१ मा मात्र  ७५ करोड ४४ लाख २२ हजार छ सय ५९ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्क रहेको छ ।
अर्को समाचार
कोदोखेतीले धानेको खोरियागाउँ
३० कार्तिक २०८१
•
३ मिनेट पाठ
कोदोखेतीले धानेको खोरियागाउँ
मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती। बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ  बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन्।




मिर्चैया नगरपालिका–७ मा पर्ने यस गाउँमा जब प्रवेश सुरु हुन्छ, बारीभरि कोदोखेती देख्न सकिन्छ। यहाँका किसानका लागि यो निर्विकल्प खेती हो। वर्षमा एक पटक मात्रै यहाँका किसानले कोदो उत्पादन गर्छन्।

चुरेको फेदमा अवस्थित यो गाउँ सुक्खा क्षेत्र भएको र सिँचाइ सुविधा नहुँदा कोदोखेतीको विकल्प नभएको यहाँका किसानको भनाइ छ। ‘बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ। अन्य बालीका लागि सिँचाइको सुविधा छैन। पिउने पानी त नभएर छ महिना समस्या हुन्छ’, स्थानीय हर्कबहादुर परियारले भने, ‘जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ।’

यतिबेला कोदो पाकेको छ। किसान बाली भित्र्याउने तयारीमा छन्। परियारले दुई कठ्ठा बारीमा कोदो लगाएका छन्। ‘यो अगौटे बीउको कोदो आजभोलि नै टिप्ने बेला भइसकेको छ। आफ्नो उत्पादनको दुई गेडा अन्न भए पनि स्याहार्नु त पर्यो’, परियारले भने। उनले उत्पादन गरे १०/१२ पाथी कोदोले केही महिना मात्र जोहो टर्छ, बाँकी महिना ज्याला मजदुरी गरेर छ जना परिवारको जीविका चलाउनुपर्छ।

परियारको जस्तै भनाइ छ सोही बस्तीकी धनसरी विश्वकर्माको पनि। खडेरीले अन्य बाली खाने हुँदा आफूहरूले कोदा रोपेर जीविका चलाउनुपरेको उनको भनाइ छ। उनले भनिन्, ‘मान्छे र गाईवस्तुलाई खानेपानीका लागि छ महिना एक घण्टाको बाटो धाएर पानी बोक्नुपर्छ। भएका कुवा र इनार मङ्सिर नलाग्दै सुक्छन्। यस्तो ठाउँमा कोदोबाहेक अन्य अन्नपात उब्जदैन। मकै रोपे पनि खडेरीले खाइहाल्छ।’ कोदोबाहेक गहत, बोडी र तिललगायतका अन्नपात लगाउने गरेको उनले जानकारी दिइन्।

उब्जने त्यही कोदो बालीमा पनि स्थानीय सरकार तथा अन्य निकायले उन्नत बीउ तथा अनुदान सहयोग नगरेको यहाँका किसानको गुनासो छ। उत्तरी भेगका करिब १० प्रतिशत किसानले कोदोखेती गरे पनि नगरपालिले हालसम्म कोदोखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कुनै प्रकारको नीति र योजना नरहेको मिर्चैया नगरपालिका कृषि शाखा प्रमुख नागेश्वर हाथीले बताए।

उनले भने, ‘यहाँका किसानलाई कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित नगरले अहिलेसम्म कुनै नीति बनाएको छैन। आगामी दिनमा नगरका तर्फबाट किसानलाई कोदो उत्पादनका लागि प्रोत्साहन, बजार व्यवस्थापन र व्यावसायीकरणका लागि सहयोग गर्न पहल गर्नेछौँ।’ यहाँका कर्जना, मिर्चैया, गोलबजार र धनगढीमाई नगरपालिकाका चुरेफेदका सुक्खा बस्तीका गाउँमा मुख्यगरी कोदोखेती गरिन्छ।

कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार जिल्लामा करिब छ सय ४५ हेक्टर जग्गामा कोदोखेती गरिने तथ्याङ्क छ। त्यस्तै नौ सय ६७ मेट्रिक टन कोदो बर्सेनि उत्पादन गरिन्छ।

प्रमुख महासेठका अनुसार स्थानीय तहले नै कृषिसम्बन्धी हेर्ने भएकाले किसानको प्रोत्साहनका लागि आफूहरूको कुनै विशेष योजना नरहेको उनले बताए। उनले भने, ‘पहिले जिल्लाको दक्षिणी भेगमा पनि यहाँका किसानले कोदोखेती गर्ने गर्थे। तर अहिले उत्तरी भेगमा मात्र सीमित छ। स्थानीय तहले कृषि शाखामार्फत प्रत्यक्ष किसानलाई हेर्ने हुँदा अहिले हामी एक हिसाबले अधिकारविहीनजस्तो भएका छौँ। स्थानीय तहसँग समन्वय गरेर भए पनि किसानलाई कोदोखेतीमा आकर्षित गर्नुपर्ने आवश्यकता छ।’

जिल्लाका परम्परागत बालीनालीको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए।

पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुने गरे पनि अहिले मुख्य खाना भात भएकाले विभिन्न रोग पनि सँगसँगै आएको खोरिया बस्तीका खड्गबहादुर विश्वकर्माले बताए।

उनले भने, ‘गाउँघरमा कोदोखेती विस्थापित हुँदै गएको छ। बजारका अन्य खानेकुराले मानिसलाई रोगी बनाउँदै छ। सरकारले कोदोखेतीको संरक्षणमा ध्यान नदिँदा सीमित किसानले आफ्ना लागि आवश्यक पर्ने मात्र कोदोखेती गर्ने गरेका छन्।’ रासस
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३९ सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस