नागरिक समाज र मानव अधिकार समाजले बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन गरेको छ। बुधबार काठमाडौँस्थित बङ्गलादेशी दूतावास अगाडि नागरिक समाज र मानव अधिकार समाजले प्रदर्शन गरेको हो।
विभिन्न प्लेकार्डसहित दूतावास अगाडि उनीहरुले प्रदर्शन गरेका हुन्। सो क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा भेला हुन पाउनु पर्ने, अभिव्यक्ति स्वतन्त्रतामाथिको दमन अन्त्य हुनु पर्ने, हत्या लगायत घटनाको जबाफदेहिताको सुनिश्चित गर्न लगायतका माग छ।
बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलनका क्रममा करिब २ सय जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।
नेकपा एमाले गणतन्त्रको उत्सव मनाउने र राजवादीहरूले राजा फर्काउने अभियानको कार्यक्रम आज एकै साथ गर्दा काठमाडौंमा ६ हजार सुरक्षाकर्मी खटिएका छन् ।
सत्तामा रहेको पार्टी एमालेले जेठ १५ कै मितिलाई छनौट गरेर गणतन्त्र स्थापनाको उत्सव मनाउने र राजावादीहरूले गणतन्त्र स्थापनाको दिनलाई पारेर शान्तिपूर्ण आन्दोलन गर्ने भएपछि दुवै पक्षलाई भेट हुन नदिने गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।‘ काठमाडौंमा अप्रिय घटना हुन नदिने गरी सुरक्षाकर्मी परिचालन भएको छ’, जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले भने।
उता नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी घोषित अघोषित गरी ६ हजार सुरक्षाकर्मी परिचालित भएका छन् । ‘पर्याप्त संख्यामा प्रहरी परिचालन गरिएको छ’, केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाले भने । उनका अनुसार काठमाडौं उपत्यकामा सबै स्थानमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । यता सशस्त्र प्रहरीले पनि अघिल्लो पटक भन्दा यसपटक अलि सजग भएर परिचालन गरेको जनाएको छ । ‘जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सशस्त्र प्रहरी अन्य सुरक्षा अंगसँग समन्वय गरेर परिचालित भएको छ’, सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले भने ।
आज नेकपा एमाले झाँकी सहितको सांस्कृति प्रदर्शनक गर्ने जनाएको छ। पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी नेताहरुको समेत सहभागीमा प्रदर्शन हुन लागेको हो । राजावादीहरूले पनि उपत्यका बाहिरबाट समेत मानिसहरू ल्याएर काठमाडौंमा शक्ति प्रदर्शन गर्ने र आन्दोलनलाई काठामाडौं केन्द्रीत गर्ने भएका छन् । उनीहरुलाई २ बजेपछि प्रदर्शन गर्ने अनुमति दिइएको छ ।
राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन निरन्तर जारी राख्ने उनीहरूको धम्की र सरकारमा रहेको एमालेको प्रदर्शनले मुठभेड निम्त्याउन सक्ने सम्भावना रहेको भन्दै सुरक्षा अंगले विशेष सजकता अपनाएको छ । चैत १५ गते राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष सजकता अपनाएका हुन् । काठमाडौं प्रहरी परिसरले पनि विशेष सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।
यो विषयमा बुधबार बिहान उपत्यका प्रहरी कार्यालयले सबै युनिटलाई सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिएको छ ।नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार बिहान उपत्यका प्रहरी कार्यालय मातहतका सबै कार्यालयका प्रमुखलाई बोलाएर सो निर्देशन दिएका हुन्। कार्यक्रममा काठमाडौँ प्रहरी प्रमुख, ललितपुर प्रहरी प्रमुख र भक्तपुर प्रहरी प्रमुखहरूलाई चैत १५ नदोहोरियोस् भन्ने निर्देशन दिएका थिए ।
यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, विमानस्थल सुरक्षा कार्यालयका प्रमुख र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पनि छलफलमा सहभागी गराइएको थियो । कार्यक्रममा एआईजी टेकबहादुर तामाङले काठमाडौँ उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्र पङ्क्तिमा खटिने प्रहरी कर्मचारीलाई सामूहिक भावनाका साथ ऐक्यबद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले काम गर्न निर्देशन दिएका थिए।
बल प्रयोग गर्नुपर्ने अवस्थामा अवलम्बन गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको ख्याल गर्न पनि तामाङले इन्चार्जहरूलाई निर्देशन दिएका छन् । यसअघि चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेको थियो । त्यति बेला प्रहरीको भूमिकामा प्रश्न उठेको थियो । प्रहरीले गलत समयमा बल प्रयोग गरेको र जति बेला क्षति भयो त्यसलाई रोक्न नसकेको भन्दै आलोचना भएको थियो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...