भक्तपुरका टोलटोलमा शुक्रबार घण्टाकर्ण चतुर्दशी पर्व मनाइएको छ । यसलाई स्थानीय नेपाल भाषामा गथामग चह्रे भनिन्छ ।
परम्परा अनुसार भक्तपुर नगरका टोलटोलका दोबाटो, चौबाटोहरुमा नर्कट, छ्वाली, पराल, हाँंडी, नाङलो लगायतले गथामग बनाइन्छ । साँंझ बनाइएको गथामगलाई साँंझै दाहसंस्कार गरी पर्व मनाइन्छ । यस क्रममा टोलटोलमा गरी एक सय भन्दा बढी गथांमुगको दाहसंस्कार गरिएको जनाइएको छ । यीमध्ये भक्तपुरको दतात्रयमा गरिने दाहसंस्कार सवैभन्दा बढी आकर्षक मानिन्छ ।
टोलटोलमा स्थानीयस्तरमा नर्कट, छ्वाली, परालको संकलन गरी संकलित नर्कट, छ्वालीबाट तीनखुटे गथामग बनाइन्छ । साथै घरमा फाल्नुपर्ने पुरानो नाङलोमा मुख, नाक, कान लगायतका ज्ञानेन्द्रिय अंग लेखी हाँंडीको टाउको दिइएको हुन्छ ।