लमजुङकाे मर्स्याङ्दी गाउँपालिका–५ तल्लो चिप्ला गैरीगाउँका स्थानीयहरु त्रिपाल टाँगेर बसेका छन्। साउन १२ गतेको अविरल वर्षाले बस्ती माथिका जमिन चिराचिरा पर्नुका साथै पहिरोको जोखिम बढेपछि साउन १३ गतेदेखि यहाँका ४० घरपरिवार डाँडाँगाउँमा त्रिपाल टाँगेर बस्न थालेका हुन्।
वडाध्यक्ष घनश्याम घलेले बस्तीभन्दा करिब १५० मिटर माथि जमिन फाटेर स-साना दर्जनौँ स्थानमा चिरा परेको र पहिरोको जोखिम बढेको बताए। उनका अनुसार ठूलो पानी आएमा बस्ती बगाउन सक्ने भएकाले तत्कालका लागि स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको छ।
गाउँपालिकाबाट २५, जिल्ला प्रशासन कार्यालयबाट ४ र नेपाल रेडक्रस सोसाइटीबाट १० त्रिपाल उपलब्ध गराइएको वडाध्यक्ष घलेले जानकारी दिए।
स्थानीयहरूले अस्थायी रुपमा मकैबारीमा त्रिपाल टाँगेर रात बिताइरहेका छन्। भदौसम्म जोखिम रहने भएकाले मकैबारीमा त्रिपाल टाँगेर बस्नुपर्ने बाध्यतामा स्थानीय छन्।
गाउँका करिब १६० स्थानीयले मुख्यमुख्य सामान आफन्तकामा सारिसकेका छन्। बिहान बेलुका खाना बनाउन र खान घर जाने र सुत्नका लागि बुलुका ५ः३० बजे नै विद्यालय र आफन्तको घरमा जाने गरेका छन्।
स्थानीय कमल गुरुङले भन्छन्, “बिहानै घर फर्किन्छौँ, बालबच्चा र वृद्धाहरुलाई आफन्तकोमा छाडेर बिहान खाना खाएर खेतबारीमा काम गर्छौँ। मौसम खराब भएको बेला काम गर्दै गर्दा छाडेर अर्को गाउँ जाने गरेका छौँ। अहिले घरमा काम गर्न पनि डराइरहेका छौँ।”
प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले पहिरोको जोखिम रहेकाले अस्थायी बसोबासको व्यवस्था गरिएको र स्थानीयहरूले त्रिपाल टाँगेर बस्न थालेका बताए। पहिरोले बस्ती सखाप गर्ने जोखिम रहेकाले तत्कालका लागि स्थानीयहरुलाई सुरक्षित स्थानमा राखिएको जनाइएको छ।
दाङ। दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
हाल सोही ठाउँ पुग्ने सडक कच्ची र साँघुरो छ। जसले गर्दा वर्षात्मा हिलाम्मे हुने र अन्य समयमा धुलाम्मे हुन्छ। अहिले पनि आवतजावत गर्न निकै कठिन हुने गरेको स्थानीय प्रविर पुनले बताए। 'यो पर्यटकीय क्षेत्र हो, तर सडक कच्ची छ', उनले भने, 'जसले गर्दा पर्यटकलाई आवतजावत गर्न निकै समस्या हुने गरेको छ।'
हाल छिल्लीकोट पुग्न दुईवटा सडक छन्। दूधरास–सङ्ग्राम हुँदै छिल्लीकोट पुग्ने सडक र विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडक रहेका छन्। तीमध्ये हाल विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडकका लागि रु ६९ लाख बजेट विनियोजन भएको छ।
वडाध्यक्ष प्रेमनाथ योगीका अनुसार तुलसीपुर उपमहानगरपालिकाबाट रु २८ लाख र प्रदेश सरकारबाट रु ४१ लाख विनियोजन भएको हो। यो बजेटले सडक कटिङ गर्ने, नाला निर्माण गर्ने कार्य हुनेछ। यो बजेटले कालोपत्र गर्न पुग्दैन होला, अहिले यसमा कटिङ गर्ने र नाला निर्माणमात्रै हुन्छ। पर्यटकीयस्थल भएकाले यहाँको सडक कालोपत्र गर्न अपरिहार्य रहेको अध्यक्ष योगीको भनाइ छ।
हाल त्यहाँ पुग्ने पर्यटकले निकै सास्ती खेप्नुपरेको छ। दूधरास हुँदै छिल्लीकोट पुग्ने सडक यहाँको सोनापुर सिमेन्टले खोलेको सडक हो। जुन सडकमा उद्योगका चुनढुङ्गा बोकेका ट्रक नियमित आवतजावत गरिरहन्छन्। जसले गर्दा निकै सास्ती हुने गरेको छ।
त्यस्तै विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडक एकदमै उकालो र साँघुरो छ। सो सडकमा दुईवटा गाडी क्रस हुनसमेत समस्या हुने गरेको छ। जसले गर्दा पर्यटकलाई निकै समस्या हुने गरेको छ। 'छिल्लीकोट जाँदा सडक एकदमै समस्या रहेछ, धुलैधुलो हुने अवस्था छ', आन्तरिक पर्यटक रेशम खत्रीले भने, 'सडक विस्तार भएमा सहज हुने थियो।'
अहिले त्यहाँ पुग्न खोज्दा पनि सास्ती व्यहोर्नुपरेको उनको अनुभव छ। तर, अहिले बजेट परेपछि स्थानीय भने खुसी छन्। सडकले विजौरी–स्यालापानी सडक स्तरवृद्धि भएमा केही सहज हुने अपेक्षा गरिएको स्थानीय प्रविर पुनले बताए।
छिल्लीकोट ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसाबले परिचित ठाउँ हो। बाइसे–चौबिसे राज्यकालमा राजा मेघनाथ शाहले राज्य गरेको प्राचीन दरबारका भग्नावशेष अवलोकन गर्न सकिन्छ। धार्मिक दृष्टिले प्रसिद्ध कालिका र मालिका देवीको मन्दिरमा दर्शन तथा पूजाआजा गर्न सकिन्छ।
त्यस्तै, पर्यटकीय आकर्षणका रूपमा समुद्री सतहदेखि करिब एक हजार ४२० मिटरको उचाइमा अवस्थित रहेको छ। जहाँबाट दाङ उपत्यका र उत्तरतर्फका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। जहाँ अहिले जीपलाइनसमेत निर्माण भएको छ तर, सञ्चालनमा भने आएको छैन। त्यहाँ होमस्टेसमेत सञ्चालनमा छन्। व्यावसायिक लगानी पनि बढिरहेको छ। यसलाई पर्यटकीय रूपमा विकास गर्न सकेमा यहाँको आर्थिक आम्दानी पनि बढ्ने भएकाले चासोका साथ हेरिएको छ। रासस
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...