प्रहरीलाई ठक्कर दिएर फरार लागूऔषध कारोबारी पक्राउ
२० साउन २०८१
•
१ मिनेट पाठ
प्रहरीलाई ठक्कर दिएर फरार लागूऔषध कारोबारी पक्राउ
सुरक्षा जाँचका क्रममा भागेका दुई युवा उदयपुर सदरमुकामबाट ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ६ जलजलेस्थित ढाटमा नियमित चेकजाँच गर्न खोज्दा प्रहरीलाई नै ठक्कर दिएर भागेका उनीहरु ७ किलोमिटर टाढा पुगेपछि पक्राउ परेका हुन् ।  




आइतबार विहान लागूऔषध लिएर आईरहेको सुचनाका आधारमा खटेको जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले जलजलेमा चेकजाँच गर्न खोज्दा उनीहरु भागेका थिए । प्रहरी जनवान दीपक राईलाई ठक्कर दिइ भागेका उनीहरुलाई त्रियुगा नगरपालिका ११ चप्पनबाट नियन्त्रणमा लिइएको हो । उनीहरुको साथबाट २ सय १ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद भएको छ ।  

चेकिङबाट भागेका त्रियुगा नगरपालिका ११ का २७ वर्षीय चन्द्रबहादुर खत्री र त्रियुगा १० बोक्सेका २३ वर्षीय दीप मगर पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट फेनारगन ६७ एम्पुल, बुप्रेनोर्फिन ६७ र डाइजेपाम ६७ गरी २ सय १ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईले बताए ।  

उनीहरुको साथबाट प्रहरीले मोवाइल फोन २ थान र निजहरु सवार प्रदेश १–०५–००१ प १०५९ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।  

प्रहरीले आइतबार नै विभिन्न आरोपमा फरार थप ४ जना अभियुक्तलाई पनि पक्राउ गरेको छ । सार्वजनिक अपराध, कुटपिट र गाली बेइज्जत मुदामा अदालतबाट दोषी प्रमाणित भए पनि भाग्दै आएका ४ अभियुक्त पक्राउ परेको डिएसपी चापागाईले बताए ।  
अर्को समाचार
रौतहटमा प्रतिबन्धित लागुऔषध सहित एक पक्राउ
११ असार २०८२
•
१ मिनेट पाठ
रौतहटमा प्रतिबन्धित लागुऔषध सहित एक पक्राउ
रौतहट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ।  




जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, गौर नगरपालिका वडा नम्बर ३ स्थित विपी चोक हुँदै बसपार्कतर्फ गइरहेको ना.१ ह.७८९३ नम्वरको  अटोरिक्सालाई रोकेर चेकजाँच गर्नेक्रममा प्रहरीले उक्त परिमाणको लागुऔषध  फेला पारेको हो । सोक्रममा प्रहरीले चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय अजय विकलाई पनि नियन्त्रणमा लिएको छ ।  

उक्त अटो सिमावर्ती भारतको बैरगनियाबाट यात्रुहरुलाई लिएर सदरमुकाम गौरको वसपार्कतर्फ जाँदै थियो । बिकको साथबाट फेनेरेगन इन्जेक्सन ११० एम्पुल, बुपरेर्नोफिन इन्जेक्सन ११० एम्पुल, सेरेजैक डाइजेपाम इन्जेक्सन ६४ एम्पुल, डाइजेपाम इन्जेक्सन ४६ एम्पुल गरेर ३३० थान प्रतिबन्धित इन्जेक्सन बरामद भएको रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरिले बताए ।  

लागुऔषधसहित पक्राउ परेका युवकलाई जिल्ला अदालतमा म्याद थप गरेर हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको एसपी गिरिले बताए ।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस