एनआरएनए विवादमा सर्वोच्चले देखाएको ‘मिलन बिन्दु’
२१ साउन २०८१
•
५ मिनेट पाठ
एनआरएनए विवादमा सर्वोच्चले देखाएको ‘मिलन बिन्दु’
सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको विवादलाई समाधान दिनेगरी २०७८ सालकै हैसियतमा फर्काइदिएको छ। यसअघिको तीनजना अध्यक्ष रहेको समिति र त्यसपछि बनेका समितिलाई कानुनी मान्यता नदिने व्याख्या सर्वोच्चले गरेको छ ।




न्यायाधीशहरू सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले एनआरएनएलाई एकताबद्ध हुनेगरी विधि विधानअनुसार महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयका नाममा आदेश जारी गरेको हो । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०७८ माघ १ मा सम्पन्न ८१औं बैठकले गठन गरेको उच्चस्तरीय समितिलाई यथावत् राख्ने आदेश अदालतको छ। यो विवादमा सर्वोच्चले गत चैत २१ मा गरेको फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा एनआरएनएका २०७८ पछि भएका सबै महाधिवेशन कानुनविपरीत देखिएको ठहर गरिएको छ। ‘संघ सम्बद्ध सम्पूर्ण विवादको समाधान गरी तोकिएको समयमा अधिवेशन सुनिश्चितताका लागि समितिको काममा सहजीकरण गर्न न्याय सेवाका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतलाई तोक्ने’ सर्वोच्चले भनेको छ। यसमा परराष्ट्र मन्त्रालयले आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्नेगरी सर्वोच्चले आदेश गरेको हो ।

गैरआवासीय नेपालीहरूबीच पारस्परिक सहयोग र सद्भाव अभिवृद्धि गर्न संघको गरिमा, एकता, उद्देश्य र प्रभावकारितालाई नकारात्मक प्रभाव पर्नबाट जोगाउनुपर्ने अदालतको ठहर छ। सर्वोच्चले एनआरएनएको दसौं महाधिवेशन अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औं बैठकमा पुर्‍याइदिएको हो। गैरआवासीय नेपाली संघको मर्म र उद्देश्यअनुरूप सदस्यता, महाधिवेशन प्रतिनिधि छनोट, निर्वाचन वा अधिवेशन आयोजना गर्नेसम्बन्धी निर्णय गर्न उपयुक्त देखिएको भन्दै परराष्ट्र मन्त्रालयका नाममा आदेश जारी गरेको हो।

‘गैरआवासीय नेपाली संघमा देखिएको विवादको निकास दिई संघमा आपसी एकता र भाइचारा कायम राख्दै यसलाई वास्तविक अर्थमा सम्पूर्ण गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा स्थापित गर्न’ संघमा उत्पन्न सम्पूर्ण गतिरोधलाई निकास दिन र संघलाई एकताबद्ध, गरिमायुक्त बनाई अघि बढाउने उद्देश्यले बनाइएको उच्चस्तरीय समितिमा पूर्वअध्यक्षहरू थप्दै सर्वोच्चले विवाद समाधानका लागि बाटो खोलिदिएको छ।

संघलाई जन्माउन र पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वअध्यक्ष डा. शेष घले, डा. उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हीराचन, भवन भट्ट, श्रीरामप्रताप थापा र कुमारप्रसाद पन्तलगायत व्यक्ति संलग्न एक उच्चस्तरीय समिति गठन भएको थियो। ‘त्यो समिति गठन गर्ने सम्बन्धमा कुनै विवादसमेत भएको नदेखिएकाले सो बिन्दुसम्म संघ विधि, विधान, नियम र प्रक्रियासम्मत तरिकाले ऐनको उद्देश्यअनुरूप गैरआवासीय नेपालीहरूको पारस्परिक सहयोग र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले साझा मञ्चका रूपमा रहिआएको भनी मान्नुपर्ने,’ सर्वोच्चले भनेको छ, ‘त्यसपछि संघमा कानुनले निर्देश गरेबमोजिमको विधि प्रक्रिया तथा संस्थाको आधारभूत उद्देश्य र मूल्य मान्यतासमेत प्रतिकूलका कामकारबाही तथा निर्णय भए गरेको देखिन आएकाले... ।’

समितिमा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् समितिको अध्यक्ष, उपाध्यक्ष र महासचिव क्रमशः विनोद कुँवर, उमेशकुमार पुडासैनी र जानकी गुरुङ तथा होटल हिमालयबाट गठन गरिएको समितिमा अध्यक्ष रहेको भनी दाबी गरिएका कुल आचार्य, बद्री केसी र रविना थापासमेत ६ जना सदस्य थप गर्नेगरी आदेश भएको छ। ‘समितिले आफ्नो भूमिका जिम्मेवारीपूर्ण निर्वाह गर्ने कुरामा इजलासले विश्वास लिएको छ’ सर्वोच्चले भनेको छ।

गैरआवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ को नियम १३ मा संघको साधारणसभा विधानमा व्यवस्था भएबमोजिम हुने प्रावधान छ। विधान संशोधनको विधि, प्रक्रियासमेत विधानले निर्धारण गरेको छ। २०७८ सालमा भएको अधिवेशनले रीतपूर्वक विधान पारित गरी परराष्ट्र मन्त्रालयले प्रक्रियासम्मत हिसाबले प्रमाणीकरण गरी संशोधित विधानअनुसार महाधिवेशन तथा निर्वाचन सम्पन्न गरेको भन्ने मिसिल संलग्न कागजातबाट नदेखिएको सर्वोच्चले भनेको छ।

‘गैरआवासीय नेपाली संघसम्बन्धी ऐन नियमले संघको विधानलाई नियमसंगत सूक्ष्मरूपमा आबद्ध गरी विशेष कानुनी हैसियत प्रदान गरेकोमा विधानबमोजिम महाधिवेशन गर्दा ऐन नियमले तोकेको तथा विधानबमोजिम पूरा गर्नुपर्ने प्रक्रियाहरूको पालना गरिनुपर्छ,’ फैसलामा लेखिएको छ, ‘सारतः उक्त महाधिवेशन सञ्चालन हुँदा एकजना मात्र अध्यक्ष भएको पदाधिकारी रहने कार्यसमिति भएकोमा रीतपूर्वक विधान नै संशोधन नगरी तीनजना अध्यक्षलगायतका कार्यसमितिको निर्माण हुनु नै ऐन नियम र विधान प्रतिकूलताको घोतक हो।’

कानुनको शासनमा कुनै पनि व्यक्ति वा समूह कानुनभन्दा माथि रहन नसक्ने सर्वोच्चको व्याख्या छ। विशेष कानुनी हैसियत प्रदान गरेको र देशभित्रका नेपालीले डायस्पोरामा रहेका नेपालीप्रति गरेको विशेष अपेक्षा, आत्मियता र सम्मानको सेतुको रूपमा रहेको संघले महाधिवेशन, निर्वाचनसमेत नियम कानुनको पालना नगरेकोमा सर्वोच्चले चिन्ता व्यत्त गरेको छ। ऐन नियम तथा विधानको उद्देश्यप्रति समेत उदासीन भई अक्षरसः पालन गर्नुपर्ने नियम तथा विधानको व्यवस्थालाई अनदेखा गरी हुलमूल र गोलमटोलमा विधान संशोधनको निर्णय गरिनु गलत भएको सर्वोच्चको व्याख्या छ। 

अधिवेशन चन्दाचल्दै विधान प्रमाणिकरण गरी निर्वाचन गराएको भन्ने जिकिर विधानसम्मत नभएको देखिएको छ। ‘डायस्पोरामा रहेका नेपालीहरूबीच पारस्पारिक सहयोग, सद्भाव अभिवृद्धि गर्न विधानले व्यवस्था गरेको विधि, प्रक्रिया कानुनको पालनाभन्दा पनि नेतृत्वको घोषणा गर्नेतर्फ मात्र उद्यत् भएको स्पष्ट हुन आउँछ।’,

विधान प्रमाणीकरण हुनुअघि नै अन्तर्राष्ट्रिय समन्वय परिषद् गठन गरेको देखिएकोमा मन्त्रालयले त्यसतर्फ आवश्यक जाँचबुझ नगरेको देखिएको छ। ‘ऐन र नियमावलीले मन्त्रालयलाई दिएको अख्तियारी जिम्मेवारीपूर्वक र असल नियतले पालना गरेको देखिएन’, सर्वोच्चले भनेको छ, ‘विधान संशोधनसम्बन्धी विपक्षी मन्त्रालयको २०७८ चैत १३ को निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ। विधानबमोजिम भएको भनिएको महाधिवेशन तथा निर्वाचनले समेत मान्यता प्राप्त गरेको मान्न मिले।’
अर्को समाचार
गभर्नरविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
२४ असार २०८२
•
१ मिनेट पाठ
गभर्नरविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
गभर्नर विश्व पौडेलविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।




न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले पौडेलको गभर्नर पद बदर गर्न आदेश दिन अस्वीकार गरेको हो । जेठ ६ मा नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका पौडेलविरुद्ध अधिवक्ता अनन्तराज लुइँटेल समेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।  

इजलासले मुद्दालाई अग्राधिकार प्रदान गरेको छ । 
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस