सात वर्षदेखि अधुरै राप्ती खानेपानी आयोजना
२१ साउन २०८१
•
५ मिनेट पाठ
सात वर्षदेखि अधुरै राप्ती खानेपानी आयोजना
नेपालगन्जवासीलाई तिर्खा मेटाउने राप्ती खानेपानी आयोजना लामो समयदेखि अधुरै भएको छ। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा उक्त आयोजना स्वीकृत भएर काम अगाडि बढेको थियो। हरेक वर्षको गर्मीयाममा नेपालगन्ज उपमहानगर क्षेत्रमा पानीका मुहान सुक्न थालेपछि आर्थिक वर्ष २०७४/७५ बाट आयोजना निर्माण कार्य अगाडि बढाइएको थियो, तर आयोजना विगत सात वर्षदेखि पूरा हुन नपाएर अलपत्र अवस्थामा परेको हो।




बाँकेको डुडुवा गाउँपालिका ५ कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजना निर्माण कार्य सुरु गरेको थियो। कुल ३३ करोड रूपैयाँको लागतमा सम्पन्न हुने भनिएको आयोजनाका लागि सुरुका वर्षमा नेपालगन्ज उपमहानगरपालिकाको असहयोग र संस्थानको आन्तरिक ढिलासुस्तीले गर्दा काम अलपत्र परेको छ। 

आयोजनाअन्तर्गत राप्ती नदीदेखि नेपालगन्जसम्म ‘डिआई’ पाइप बिछ्याइएको छ। खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठ डिआई पाइप बिछ्याउनमा सुरुका वर्षमा नेपालगन्ज उपमहानगरपालिका कार्यालयको असहयोगका कारण काम अगाडि बढ्न नसकेको र अहिले राप्ती नदी किनारको जग्गा विवादका कारण काम अगाडि बढ्न नसकेको बताउँछन्। ‘अहिलेसम्म पहिलो फेजको काम सकिएको छ, दोस्रो फेजको काम अगाडि बढाउने क्रममा जग्गा विवाद उत्पन्न भयो’, श्रेष्ठले नागरिकसँग भने।

पानीको मुहान क्षेत्रमा व्यक्तिको जग्गा परेपछि जग्गाधनीले अदालतमा मुद्दा हालेको र करिब १५ कठ्ठाजति जमिन किन्नुपर्ने अवस्था देखिएको उनले सुनाए। ‘नदीले काटेको जग्गा हो, हामीले नदीमा परेको जग्गामा आफ्नो हिसाबले संरचना बनाइहाल्यौं, अहिले जग्गाधनीले दाबी गरेर मुआब्जा मागिरहेका छन्’, प्रमुख श्रेष्ठले भने।

आयोजनाका लागि पाइप बिछ्याउने काम भने सकिएको उनले सुनाए। कुल १६.८ किलोमिटरबराबरको क्षेत्रमा ‘डिआई’ पाइप बिछ्याउनुपर्ने सुरुको स्टिमेट भए पनि फुलटेक्रादेखि वागेश्वरी पानी ट्यांकीसम्मको दुई हजार नौ सय मिटर क्षेत्रमा पाइप बिछ्याउने काम भने स्थगित गरिएको छ। ‘यो क्षेत्रमा सडकको पिच भत्काएर पाइप बिछ्याउनुपर्ने भएपछि हामीलाई नेपालगन्ज उपमहानगरपालिकाले अनुमति नै दिएन, अहिले आएर हामीले त्यो क्षेत्रमा पाइप नबिछ्याएर विकल्पका रूपमा पुरैना खानेपानी आयोजनासम्म जोड्ने भएका छौं’, उनले भने।

एकातिर उपमहानगरपालिकाले पिच बाटो खनेर पाइप बिछ्याउन अनुमति नदिएको र अर्कातिर भत्केको पिच पुनः कालोपत्रे गर्न करिब तीन करोड रूपैयाँ लागत लाग्ने देखिएपछि विकल्प खोजिएको श्रेष्ठले प्रस्ट्याए। प्रमुख श्रेष्ठका अनुसार राप्ती खानेपानी आयोजनाका डिआई पाइप कारकाँदोस्थित खानेपानी ट्यांकीसम्म भने गत वर्ष नै पुर्‍याइसकिएको छ। 

राप्तीबाट ल्याएको पानीलाई वागेश्वरी, कारकाँदो र आलानगरस्थित संस्थानको ओभरहेड ट्यांकबाट वितरण गर्ने यसअघि संस्थानको योजना थियो, तर अब वागेश्वरीमा नल्याएर कारकाँदो, आलानगर र पुरैनास्थित ओभरहेड ट्यांकबाट उपभोक्तालाई पानी वितरण गर्ने संस्थानको योजना छ। खानेपानी आयोजनाको काम अहिलेसम्म करिब ८५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको संस्थानले जनाएको छ। पाइपलाइनका लागि कम्दीस्थित डुडुवा खोलामा ‘ट्रस्ट ब्रिज’ निर्माण गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट भने राप्ती खानेपानी आयोजनालाई आफू नेतृत्वमा आएपछि सहजीकरण गरिरहेको बताउँछन्। ‘हामी नआउँदासम्म उपमहानगरपालिकाको के–कस्तो भूमिका रह्यो थाहा भएन, तर हामी उपमहानगरपालिकामा आइसकेपछि खानेपानी पाइप गाड्दा हुने क्षति कम गरेर भए पनि आवश्यक सहजीकरण गरेका छौं’, उनले भने। नेपालगन्जवासीका लागि राप्ती खानेपानी आयोजना धेरै महत्वपूर्ण रहेको मेयर विष्ट बताउँछन्।

यसरी ल्याइयो नेपालगन्ज खानेपानी आयोजना 

हरेक वर्ष चैत, वैशाख र जेठ महिनामा नेपालगन्जका अधिकांश ठाउँमा पानीको सतह घट्ने समस्या बल्झिँदै आएको छ । पानीको सतह घट्दा खानेपानी संस्थानले नेपालगन्ज क्षेत्रभित्र गाडेका सातवटाजति डिप ट्युबेल असफल भइसकेका छन्। उपमहानगरका अधिकांश स्थानमा पनि सर्वसाधारणले गाडेका हेन्डपम्प सुक्न थालिसकेका छन्।

‘नेपालगन्जमा विकराल बन्दै गएको खानेपानी समस्याको विषय तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासम्म पुग्यो । उहाँकै अग्रसरतामा राप्ती खानेपानी आयोजना स्वीकृत भएर आयो, बजेट पनि विनियोजन भयो र निर्माण कार्य पनि अगाडि बढाइएको हो’, संस्थानका सूचना अधिकारी बुद्धिप्रकाश केसीले भने । संस्थानका अनुसार उक्त आयोजना २०७२ सालतिर स्वीकृत भए पनि निर्माण प्रक्रिया आव २०७४÷७५ बाट सुरु भएको थियो।

आयोजना सम्पन्न भएपछि सयौं वर्षसम्म नेपालगन्जवासी खानेपानी समस्याबाट मुक्त हुने केसी बताउँछन्। आयोजनाअन्तर्गत राप्ती नदीमा ‘सम्प वयल’ बनाइएको छ। सम्प वयलमा हाल दुईवटा पम्प जडान गरिएको छ। ‘राप्ती नदीबाट ल्याएको पानीलाई नेपालगन्जको ‘ट्रिटमेन्ट’ प्लान्टमा राखिन्छ, त्यहाँबाट ओभरहेड ट्यांकमा तानेर उपभोक्तालाई वितरण गरिन्छ’, केसीले भने। आयोजनाका लागि विद्युतीकरणको काम भने सम्पन्न भइसकेको छ।

आयोजनाका लागि जग्गा प्राप्ति र ट्रिटमेन्ट प्लान्ट पनि बनाउनुपर्ने छ। उक्त आयोजनालाई नजिकबाट हेरेका संविधानसभाका सदस्य मैकुलाल वाल्मीकि तत्कालीन प्रधानमन्त्री कोइरालाको अग्रसरताबाट आएको आयोजना समयमा सम्पन्न हुन नसक्नु नेपालगन्जवासीका लागि दुर्भाग्यपूर्ण भएको बताउँछन्।

‘नेपालगन्जको खानेपानी समस्या दीर्घकालीन रूपले समाधान गर्ने उद्देश्यले सुशील दाइ प्रधानमन्त्री हुँदा पास भएर आएको आयोजना हो, तर आयोजना सम्पन्न गर्नमा धेरै वाधा–अड्चन आएका छन्, सुशील कोइरालाको ड्रिम प्रोजेक्ट हो भनेर कतिपयले यसलाई असफल बनाउने प्रयास पनि गरे’, उनले नागरिकसँग भने।

हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग हाल नेपालगन्ज क्षेत्रमा करिब पाँच हजार उपभोक्ता आबद्ध छन्। राप्ती नदीबाट पानी आएपछि नेपालगन्ज क्षेत्रमा खानेपानी पर्याप्त हुने कर्मचारी बताउँछन्।
अर्को समाचार
आलुको बीउ कुहिँदा एक करोड बराबरको क्षति
२८ कार्तिक २०८१
•
१ मिनेट पाठ
आलुको बीउ कुहिँदा एक करोड बराबरको क्षति
यहाँको डुडुवा गाउँपालिका–६ मा बेमौसमी वर्षाका कारण भर्खरै रोपिएको आलुको बीउ खेतमै कुहिन थालेका छन्।




गत कात्तिक १९ गते परेको बेमौसमी बर्सातका कारण किसानले तीन सय हेक्टर बढी क्षेत्रफलमा लगाएको आलुको बीउ कुहिएपछि किसान मर्कामा परेका हुन्। बीउ कुहिँदा करिब एक करोड लगानी खेर गएको किसानले बताएका छन्।  

डुडुवा–६ हिरमिनियाका किसान ओलीराम मुराउले १५ कट्ठा जमिनमा लगाएको आलुको बीउ वर्षाका कारण कुहिँदा एक लाखभन्दा बढी घाटा बेहोरेको बताए। “तिहारको भोलिपल्ट परेको पानी खेतभरि जम्यो, पानी जमेपछि बीउ उम्रिएन,सबै कुहियो ।”उनले भने।

उनले एउटा पनि नटुसाएको र खनेर हेर्दा बीउ सबै कुहिएको देखिएकाले अब हिउँदभर जमिन बाँझो हुने बताए।आलुसँगै आलुको बीउसमेत उत्पादन गर्दै आउनुभएका अर्का किसान वंशीलाल मौर्यले वर्षाले ठूलो क्षति बेहोर्नुपरेको बताए। “मैले करिब ४० देखि ४५ बिघा क्षेत्रफल जग्गामा आलु लगाउँदै आएको थिएँ, आलुको बीउ मात्र उत्पादन गर्न दुई बिघा पाँच कट्ठा जमिनमा बीउ रोपेको थिएँ, खेतमा पानी जमेपछि सबै नष्ट भयो”, उनले भने।

डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्रले वडाभित्रका ७० प्रतिशत किसानको आलुखेती नष्ट हुँदा करिब रु एक करोड बराबरको आर्थिक क्षति पुगेको बताए। वडाका भङ्गोटना, चौधरीपूर्वा, उधुमगञ्ज, कालाबन्जार, मुन्सी पूर्वा, बल्दी पूर्वा, अहिरापुर, अट्वारीपूर्वा, हिरमिनिया लगायतका गाउँमा बर्षाले ठुलो क्षति पुगेको उनले बताए।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत विनोद घिमिरेले पानीका कारण अन्य स्थानमा भन्दा डुडुवाका किसान बढी प्रभावित भएको जानकारी दिए। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस