लिलामीका लागि पटक–पटक सूचना आह्वान गर्दा पनि बोलपत्र दर्ता नभएपछि डिभिजन वन कार्यालय ताप्लेजुङले बेवारिसे अवस्थामा बरामद गरेको १ हजार ४ सय क्युबिक फिट बढी काठ त्यत्तिकै मक्किने अवस्थामा पुगेको छ। बरामद भएको उतिस र मलातो प्रजातिको करिब १ हजार ४ सय २ क्युबिक फिट काठ लिलाम बिक्री हुन नसकेको हो।
डिभिजन वन कार्यालय ताप्लेजुङको योजना शाखाका वन अधिकृत परमेश्वर पासवानका अनुसार उक्त परिमाणको काठ लिलामीका लागि दुई आर्थिक वर्षमा पटक–पटक लिलाम बोलपत्र आह्वान गरिसकिएको छ। २०७८ साल माघ २० गते बरामद भएको उक्त काठ लिलामीका लागि आर्थिक बर्ष २०७९/८० र २०८०/८१ मा पटक–पटक सार्वजनिक सूचना आह्वान भएपनि लिलाम सकाउने गरी कसैको बोलपत्र नपरेको पासवानले जानकारी दिए।
वन पैदावार हानी नोक्सानी शीर्षकमा जिल्ला अदालतमा मुद्दा चलिरहेको अवस्थामा उक्त काठ सड्ने र गल्ने अवस्थाबाट जोगाइ लिलाम बिक्रीका लागि डिभिजन वन कार्यालयले ताप्लेजुङ जिल्ला अदालतसँग स्वीकृति लिएर लिलाम बिक्रीको प्रकृया सुरु गरेको थियो। नरम प्रजातिमा पर्ने उतिस र मलातो प्रजातिको काठको गुणस्तर एक वर्षात समय अवधि पश्चात् घट्ने गरेको छ। उक्त काठ दुई वर्ष पुरानो भइसकेको छ। डिभिजन वन कार्यालयले वन नियमावली २०७९ को अनुसूची–६ अनुसारको दररेटमा बोलपत्र आह्वान गरेको थियो।
सो अनुसार ‘ए’ग्रेडको उतिस प्रति घन मिटर ३ सय र ‘बी’ग्रेडको प्रति घन मिटर २ सय रुपैयाँ तोकिएको छ। दुई वर्ष पुरानो भइसकेको उक्त काठ वन नियमावलीमा तोकिएको प्रचलित दररेट अनुसार बिक्री हुन नसक्ने डिभिजन वन कार्यालयले जनाएको छ। पटक–पटक बोलपत्र आह्वान गर्दा समेत बोलपत्र दरखास्त नपर्दा उक्त दररेट भन्दा कम दर कायम गरी पुनः लिलाम बिक्री आह्वान गर्नुपर्ने वा शून्य मूल्य कायम गरी यसको व्यवस्थापन गर्नुपर्ने अवस्था सृजना भएको छ।
वन नियमावली २०७९ को नियम ३३ (२) (ग)को नं ३ मा वन नियमावली २०७९ को अनुसूची–६ मा उल्लेखित दर भन्दा कम दर कायम गर्ने र काठ दाउरा समेत बिक्री हुन नलागेमा शून्य मूल्य कायम गर्नका लागि काठ बरामद भएको कम्तीमा ३ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था रहेको छ।