एक गाग्री पानी लिन घण्टौंसम्म उकालो-ओरालो गर्नुपर्ने बाध्यता हट्यो
२२ साउन २०८१
•
३ मिनेट पाठ
एक गाग्री पानी लिन घण्टौंसम्म उकालो-ओरालो गर्नुपर्ने बाध्यता हट्यो
इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको  दिनचर्या फेरिएको छ। वर्षौदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आएकी उनको घरैमा खानेपानी धारा जडान भएपछि उनको दिनचर्या फेरिएको हो। उनले भनिन्, “पानी बोक्ने बिहानको समय घरायसी अन्य काममा लगाउन थालेको छु।”




डेढ घण्टा उकालो बाटो गाग्रीबाट बोकेको पानीको भरमा गुजारा चलाउँदै आएकी वसन्तासहित माङमालुङ बजार र आसपासका एक सय ७१ घरपरिवारले त्यो बाध्यताबाट मुक्ति पाएका छन्।

सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत एक करोड ६६ लाख ६६ हजार एक सय ५३ रूपैयाँको लागतमा बृहत् खानेपानी आयोजना निर्माण भएपछि खानेपानीका लागि घण्टौंसम्म उकालोरओरालो गर्नुपर्ने वर्षौदेखिको बाध्यता हटेको हो।

माङसेबुङ गाउँपालिका–२ र ६ वडावासीका लागि ‘लिफ्ट’ प्रविधिबाट ‘मिक्लाजुङ खानेपानी आयोजना (चित्रेखोला मुहान)’ निर्माण सम्पन्न भएको छ। मुख्य प्रसारण लाइनको विद्युत् प्रयोग गरेर चित्रेखोला मुहानअन्तर्गत गढेरे खोल्सी मुहानबाट एक हजार दुई सय मिटर टाढा पानी तानेर घरघरमा मिटरसहित धारा जडान गरी वितरण गरिएको छ। आयोजनाबाट वडा नं २ का चित्रे, डोलटार, भोटेडाँडा र वडा नं ६ का माङमालुङ बजार, नागीगाउँ, छेउनाग लगायत गाउँका एक सय ७१ घरपरिवार प्रत्यक्ष लाभान्वित छन्।

आयोजना निर्माण भएसँगै खानेपानीका लागि सदियौंदेखि सास्ती खेप्नुपरेको त्यस क्षेत्रका बासिन्दा काकाकुलबाट मुक्त भएका छन्। सदियौंदेखिको खानेपानी समस्या तोड्दै घरघरमा बनाइएका धाराबाट पानी आउन थालेपछि त्यस क्षेत्रका बासिन्दामा खुसीको सीमा छैन। आदिवासी राई जातिको एकल बाहुल्य रहेको त्यस क्षेत्रका बासिन्दाले पानी शुद्ध पिउने पानी पाएपछि हर्षित भएका छन्।

दुई करोड ५९ हजार रूपैयाँको लागत अनुमान रहेकामा बिएनके महालक्ष्मी जेभी धनकुटाले एक करोड ६६ लाख ६६ हजार एक सय ५३ मा ठेक्का पारेको थियो। आयोजनाअन्तर्गत मुहानबाट दुई मिटर दूरीमा ७५ घनमिटर क्षमताको कलेक्सन ट्याङ्की निर्माण गरिएको। कलेक्सन ट्याङ्कीबाट एक किलोमिटर दूरीमा एक लाख लिटर क्षमताको रिजर्भ ट्याङ्कीमा पुर्याएर पानी वितरण गरिएको माङसेबुङ गाउँपालिकाका इन्जिनिर युवराज दाहालले बताए। रिजर्भ ट्याङ्कीबाट साढे आठ हजार मिटर एचडीपीइ पाइप (पोलिथिन पाइप) विस्तार गरी घरघरमा खानेपानी वितरण गरिएको उनले बताए।

“लिफ्ट प्रविधिबाट सञ्चालन गरिएको आयोजनाबाट प्रतिसेकेण्ड पाँच लिटर पानी आउँछ, यो गाउँवासीका लागि पर्याप्त हुन्छ”, इन्जिनियर दाहालले भने, “त्यसका लागि मुख्य प्रसारण लाइनबाट ११ हजार भोल्टको करेन्ट प्रवाह हुने गरी विद्युत् लाइन जडान गरिएको छ, आयोजनाका लागि छुट्टै ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ।”

वर्षौदेखिको खानेपानीको समस्या भोग्दै आएका स्थानीयले घरघरमा खानेपानी आएपछि नयाँ जीवन पाएको बताएका छन्। जन्मेदेखि नै खानेपानीको सास्ती भोग्दै आएकी स्थानीय कमलकुमारी राईले घरघरमा पानी आउँदा निकै खुसी लागेको बताइन्।

“खानेपानीका लागि बिहानभरि पर्खेर कुवाको दूषित पानी खान बाध्य थियौं, हिउँदमा त त्यो पनि सुक्खा हुन्थ्यो”, उनले भनिन्, “वर्षौदेखि भोग्दै आएको त्यो समस्या अहिले अन्त्य भएको छ, हामी सुखी छौं।”

खानेपानी आयोजना सञ्चालन भएपछि पिउन मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा वस्तुभाउलाई खुवाउने समस्या समाधान भएको स्थानीय सुनिता राईले बताइन्। घरघरमा शुद्ध खानेपानी पुगेपछि अहिले गाउँवासी सबै हर्षित भएको उनले बताइन्।

उक्त क्षेत्रमा स्थानीयले सदियौँदेखि खानेपानीको चरम समस्या भोग्दै आएका थिए। आर्थिक वर्ष २०६७/६८ मा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेको भए पनि हिउँदमा मुहान सुक्ने कारणले समस्या जस्ताकाे त्यस्तै थियो। तर विद्युतीय माध्यमबाट ‘पम्पिङ’ गरी खानेपानी आयोजना सञ्चालन भएपछि समस्या सधैंका लागि अन्त्य भएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए।

“पहिलो चरणमा एक सय ७१ घरपरिवारका लागि खानेपानी आयोजना सम्पन्न गरिएको छ, यहाँबाट धेरैका खानेपानीको समस्या समाधान भएको छ”, उनले भने, “अर्को चरणमा अन्य बस्तीका लागि  तीन करोड रूपैयाँको यस्तै आयोजना सञ्चालन गरिनेछ, त्यसका लागि पहल भइरहेको छ।” आयोजना सञ्चालन भएको क्षेत्र समुद्री सतहबाट दुई हजार मिटर उचाइमा छ।  
अर्को समाचार
दशकपछि बृहत् पिप्ले-भगवती खानेपानी सुरु
१० चैत्र २०८१
•
२ मिनेट पाठ
दशकपछि बृहत् पिप्ले-भगवती खानेपानी सुरु
खानेपानी आयोजना सुरु भएको करिब एक दशकपछि म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ र ३ मा खानेपानी सुविधा विस्तारका लागि बहुवर्षीय ठेक्का लागेको छ। करिब २५ सय बढी घरपरिवार लाभान्वित हुने खानेपानी योजनाका लागि १० करोडको टेन्डर आह्वान भएसँगै यो वर्षदेखि तीव्रता पाउने भएको हो।




बृहत् पिप्ले–भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश भए पनि बजेट अभाव झल्दै आइरहेको अवस्थामा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा (खम्बिर) ले टेन्डर आह्वान भएसँगै भगवती र पिप्लेबासीको वर्षौंदेखिको माग पूरा भएको बताए। ‘यो खानेपानीका लागि गरिएको प्रयास सफल भएको छ, अब हरेक वर्ष स्रोतको कुनै कमी हुँदैन, समयमै सम्पन्न गर्ने गरी अबका प्रक्रियामा पनि लाग्ने छु’, प्रतिनिधिसभा सदस्य गर्बुजाले भने।

बहुवर्षीय ठेक्का लगाउन अर्थ मन्त्रालयले स्रोत सहमति दिएको थियो। १० करोडको टेन्डरमा कन्टिन्जेन्सी खर्च कटाएर सात करोड २६ लाख बराबरको काम चालु आव २०८१÷८२ देखि नै कार्यान्वयन हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताए। ‘आज टेन्डर आह्वान भएको छ, अबको प्रक्रियालाई पनि हामीले तीव्रता दिन्छौं’, इन्जिनियर सुवेदीले भने।

पछिल्लोपटक सन् २०२२ मा भएको सर्वेक्षणअनुसार ३९ करोड ३३ लाख लागत अनुमान गरिएको पिप्ले–भगवती खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत र बहुवर्षीय ठेक्का आह्वान गर्न। अर्थ मन्त्रालयले स्रोत सहमति नदिँदा कार्यान्वयन हुन नसकेपछि निरन्तरको दबाबसँगै टेन्डर आह्वान भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

चारवटा प्याकेजमा विभाजन गरेर पहिलो प्याकेजको काम सुरु गर्न ठेक्का आह्वान भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ। रघुगंगा गाउँपालिका ७ चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्यांङकीसम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइप लाइन रहने छ।

संघीय सरकारको ८० र उपभोक्ताको २० प्रतिशत लागत साझेदारीमा आयोजना निर्माण हुन लागेको हो। रघुगंगा गाउँपालिकामा सबैभन्दा बढी जनघनत्व रहेको क्षेत्र वडा नं २ र ३ मा पर्ने बस्ती हुन्।

गाउँघरमा रहेका पुराना खानेपानीको मुहान सडक सञ्जाल, जलवायु परिवर्तनलगायतका कारण समस्या भइरहेको अवस्थामा खानेपानी आयोजनाको काम अगाडि बढेपछि सहज भएको रघुगंगा गाउँपालिका २ भगवतीका वडाध्यक्ष अमृत भण्डारीले बताए।

उक्त आयोजनाका लागि उपभोक्ताको तर्फबाट सहभागिता जनाउन आवश्यक पर्ने बजेट व्यवस्था गरेर १३ लाख ५० हजार खातामा जम्मा गरिसकेको वडाध्यक्ष भण्डारीको भनाइ छ। चिमखोलाबाट ल्याएको पानीलाई पुराना संरचनासहित नयाँ आवश्यक संरचना बनाएर घरघरका धारामा वितरणको व्यवस्था गरिएको थियो।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस