बिपी राजमार्ग अवरुद्ध,खोलाले बगाएर महिलाको मृत्यु
२२ साउन २०८१
•
१ मिनेट पाठ
बिपी राजमार्ग अवरुद्ध,खोलाले बगाएर महिलाको मृत्यु
अविरल वर्षाका कारण खहरे खोलाको लेदोका कारण मंगलबार बिहान ११ः१५ बजेदेखि रोशीस्थित बिपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध भएको छ । रोशी गाउँपालिका–११ स्थित माम्ती खोला र भ्याकुरे खोलाको बाढीका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।




जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार राजमार्ग अवरुद्ध हुँदा दुवै तर्फका सयौँ यातायातका साधन रोकिएका छन् । ट्राफिक प्रहरीसहित सुरक्षाकर्मीले अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको जनाइएको छ ।

वर्षामा उक्त स्थानमा राजमार्ग अवरुद्ध हुँदै आउने गर्दछ । यस्तै वर्षाका कारण मंगलबार  बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । 

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार माथिबाट आएको पहिरोका कारण अवरुद्ध उक्त सडक नेपाल प्रहरी र नेपाली सेनाको टोलीले एकतर्फी खुलाएको छ भने दुवैतर्फ खुलाउने प्रयास भइरहेको छ । उक्त राजमार्गको अन्य स्थानमा स–साना पहिरो गइरहने भएकाले तत्काल पहिरो पन्छ्याउन स्काभेटरलाई तयारी अवस्थामा राखिएको छ ।

यसैबीच धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाएर मंगलबार एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भई पनौती नपा–५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासलाई श्रीखण्डपुरस्थित खोलाले बगाउँदा करिब तीन सय मिटर तल बिहान  मृत अवस्थामा फेला पारिएको हो । 
अर्को समाचार
अब बिपी राजमार्गमै सिन्धुलीगढीका झलक
०३ साउन २०८२
•
२ मिनेट पाठ
अब बिपी राजमार्गमै सिन्धुलीगढीका झलक
सिन्धुलीगढीसम्म पुग्न नसक्नेहरूका लागि अब बिपी राजमार्गमै सिन्धुलीगढीको अवलोकन गर्न मिल्ने व्यवस्था भएको छ। बिपी राजमार्गबाट करिब एक किलोमिटरभित्र पर्ने सिन्धुलीगढीसम्म पुग्न नसक्नेहरूका लागि अब बिपी राजमार्गमै सिन्धुलीगढीको झल्को दिने गरी भित्ते लेखन भएको छ।




बिपी राजमार्गको निर्माणको क्रममा सिन्धुलीको पहिरो रोकथाम गर्न पहाड काटेर बनाइएको बिपी राजमार्गस्थित ढुङग्रेभन्ज्याङ नजिकैको घुम्तीलाई सेल्फिडाँडाको रूपमा परिचय बनेको थियो। उक्त स्थानलाई नेपाली सेना र कमलामाई नगरपालिकाको सहकार्यमा सिन्धुलीगढी तथा युद्ध सालिक निर्माण गरी गढी डाँडा नाम राखिएको हो।

सिन्धुलीको ऐतिहासिक क्षेत्रलाई चिनाउन सहयोग पुग्ने गरी बिपी राजमार्गमा सिन्धुलीको पहिचान झल्काउने चित्र उक्त स्थानमा कोरिएको छन्। बिपी राजमार्गस्थित कमलामाई नगरपालिका–२ ढुङग्रेभन्ज्याङ नजिकै सिन्धुलीगढी सहित जिल्लाका ऐतिहासिक क्षेत्रका युद्ध सालिक भित्ते लेखन गरी सिन्धुलीको महत्त्व झल्काउने कार्य गरिएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेना र कमलामाई नगरपालिकाको सहकार्यमा बिपी राजमार्गको सेल्फी डाँडाको रूपमा परिचित स्थानको भित्तामा सिन्धुलीको महत्त्व झल्काउने कार्यका चित्र बनाइएको ९ नम्बर बाहिनीका बाहिनी पति युवराज कार्कीले बताए।

‘त्यहाँ सिन्धुलीकै पहिचान झल्काउन खोजिएको छ,’ उनले नागरिकसँग भने, ‘भद्रकाली मन्दिर, कमलामाई मन्दिर, सिन्धुलीगढी दरबार लगायतका चित्र भित्तामा कोरिएको छ ।’ इतिहासको जगेर्ना गर्ने काम सबैले गर्नुपर्ने बाहिनी पति कार्कीले बताए। 

कमलामाई नगरपालिकाको ८ लाख सहयोगमा नेपाली सेनाको प्राविधिक टिमले २ महिना लगाएर युद्ध सालिक तथा भित्ते लेखन निर्माण गरी कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको जनाएको छ।

कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सिन्धुलीगढीसम्म पुग्न नसक्नेलाई अब राजमार्गमै सिन्धुलीगढीको झल्को दिने गरी तस्बिर बनाइएको बताए । उनले भने, ‘सिन्धुलीगढी ऐतिहासिक क्षेत्र हो। इतिहासको जगेर्ना गर्न हामीले बिपी राजमार्गमै सिन्धुलीगढी झल्काउने तस्बिर बनाएका हौँ।’ 

नले इतिहासको संरक्षण गर्दै नयाँ पुस्तालाई इतिहास बुझाउँदै जानुपर्ने बताए । ‘सिन्धुलीगढी सिन्धुलीको मात्रै नभएर नेपालसहित विश्वकै इतिहास बुझाउने ठाउँ हो’, उनले भने, ‘त्यस्तो ठाउँमा सबै पुग्न नभ्याउन सक्छन्। त्यस्तो अवस्थामा यो बिपी राजमार्गबाट यात्रा गर्ने सबैले सिन्धुलीगढीको अवलोकन गर्न सकुन् भन्ने पनि उद्देश्य हो ।’ 

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सिन्धुलीगढीको संरक्षण गर्दै थप प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्दै जानुपर्ने बताए। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस