ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले उपभोक्ता समितिमार्फत हुने योजनाहरू भदौ महिना भित्रमा समिति बनाई वडा–वडामै दर्ता गरिसक्ने भएको छ।
पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार असोजको तेस्रो साताभित्रमा योजनाको सम्झौता गरिसक्ने निर्णय समेत भएको छ। गाउँपालिकाले यसअघि देखि नै सम्बन्धित वडामार्फत योजनाको सम्झौता गर्दै आइरहेको छ।
पोमूका अनुसार संघीय सरकार,प्रदेश सरकार र गैर सरकारी संस्थाहरूमार्फत पालिकामा सञ्चालन हुने योजनाका बारेमा भदौ पहिलो साता भित्रमा सम्बन्धित योजनाका नियामक र कार्यान्वयन कर्ताहरूसँग छलफल गरिने छ। पालिकाले गत आव २०८०/८१ को बारेमा जनप्रतिनिधि र विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूसँग समीक्षा समेत गर्ने भएको छ।