उदयपुरमा एकैदिन ८ जनालाई सर्पले डस्याे
२५ साउन २०८१
•
३ मिनेट पाठ
उदयपुरमा एकैदिन ८ जनालाई सर्पले डस्याे
तस्विर: उपचारार्थ आएका सर्पदंशका विरामी।
उदयपुरमा पछिल्लो समय सर्प दंशका घट्ना ह्वात्तै बढेको छ। गर्मी र वर्षायाम सुरु भएदेखि छिटफुट देखिन थालेको सर्प दंशको समस्या केही दिन यता ह्वात्तै बढेको सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्केले जनाएको छ। खासगरी निरन्तर वर्षा हुँदा जमिनमुनि लुकेर बस्ने बिषालु सर्प, खजुरो, बिच्छीलगायत किराजन्य जीवको बिगबिगी बढ्न थालेको हो। 




केन्द्रका सचिव यदुप्रसाद ढकालका अनुसार सर्पले डसेका विरामीहरु बुधबार एकैदिन ८ जना उपचारार्थ भर्ना भएका छन्। यति धेरै विरामी आएको यो घट्ना पहिलो भएको सचिव ढकालको भनाइ छ। केही दिनयता निरन्तर वर्षा भईरहेको तथा चर्को घाम लागेका कारण बिसालु सर्प जमिन बाहिर निस्केर सुरक्षा र सितलको खोजी गर्ने क्रममा मान्छेसँग जम्काभेट भएर टोक्ने गरेको हुनसक्ने उनले बताए। 

गर्मी र पानीले जमिनभित्र बस्न नसकेपछि बाहिर निस्कने सर्प, खजुरो, बिच्छीलगायत किराजन्य जीव सुरक्षित हुन खोज्दा घर र गोठमा पुग्ने र मान्छेसँग भेट हुँदा टोक्ने गरेको केन्द्रको भनाइ छ। साउन पहिलो सातासम्म ८ जना विरामी उपचारमा रहेको र उनीहरु निको नहुँदै बिहीबार एकैदिन ८ जना सर्पदंशका विरामी उपचारार्थ आएका रहेको केन्द्रले जनाएको छ। 

सर्पले डसेर उपचार गर्न आउनेमा त्रियुगा नगरपालिका-५ का ६१ वर्षीय गोपीकृष्ण भट्टराई, त्रियुगा ३ की १७ वर्षीया यमुना हमाल, ३६ वर्षीया कुमारी कार्की रहेका छन्।

त्यसैगरी त्रियुगा नगरपालिका-७ कौवाईकी २२ वर्षीया कविता कार्र्की, त्रियुगा ६ जलजलेकी  १४ वर्षीया सुस्मिता बस्नेत, रौतामाई गाउँपालिका-२ भुट्टार रसुवाका ३० वर्षीय एकबहादुर दाहाल र चौदण्डीगढी नगरपालिका-२ की ५१ वर्षीया सवुन बस्नेत पनि सर्पले टोकेर उपचार गर्न आएका छन्। उनीहरु सबैको उपचार भईरहेको र स्वास्थ्य अवस्था सुधार हुँदै निको हुने क्रममा पुगेका छन्।  

त्रियुगा नगरपालिका-३ भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डा परिसरमा सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्रले स्थापनादेखि नै बिषालु सर्प र किराजन्य जीवले टोकेर घाईते भएकालाई सफल उपचार गर्दै आएको छ। त्यहाँ उपचार गर्न ल्याइएका कुनै पनि विरामी हालसम्म निको नभएर अन्यत्र लानुपर्ने अवस्था नरहेको सचिव ढकाल बताउँछन्।

नेपाली सेनाका दक्ष चिकित्सक टोलीले उपचार गर्ने हुँदा केन्द्रप्रति स्थानीयको दिनदिनै भरोसा र जनविश्वास बढदै गएको छ। उदयपुर मात्र नभई छिमेकी जिल्लाहरु सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, सिराहा र सप्तरीका स्थानीयसम्म बिषालु सर्पको डसाईमा परे यही केन्द्रमा उपचार गर्न आउने गरेका छन।

उता बिषालु सर्पको बिगबिगी हुने गरेको जिल्लाको पश्चिमी भेग कटारी नगरपालिकाको ताराघारीस्थित सैनिक व्यारेकमा पनि यस्तै उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। त्यहाँ उदयपुरको पश्चिमी भेगसँगै छिमेकी जिल्ला सिन्धुलीबासीले पनि सेवा पाउँदै आएका छन्।

त्यस्तै उदयपुरको पूर्वी भेगको बेलका नगरपालिकामा पनि सर्पदंश उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ। बिषालु सर्प अत्याधिक पाइने बेलकामा वर्षेनी मानवीय क्षति बेहोर्नु परेपछि नगरपालिकाले २०७५ सालमै उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएपछि हाल मानवीय क्षति बेहोर्नु नपरेको स्थानीय बताउँछन्। 
अर्को समाचार
उदयपुरबाट ८ हजार बढी राहदानी वितरण, पौने ५ करोड राजश्व
०९ साउन २०८२
•
२ मिनेट पाठ
उदयपुरबाट ८ हजार बढी राहदानी वितरण, पौने ५ करोड राजश्व
जिल्ला प्रशासन कार्यालय उदयपुर। तस्बिरः महेश्वर
गएको एक वर्षमा उदयपुरका ८ हजार बढी जिल्लावासीले नेपाली राहदानी प्रमाणपत्र (पासपोर्ट) लिएका छन्। जिल्ला प्रशासन कार्यालय उदयपुरले दिएको वार्षिक विवरण अनुसार ०८१ साउनदेखि ८२ असार मसान्तसम्म ८ हजार ३ सय ६४ वटा पासपोर्ट वितरण भएको छ।  




प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलका अनुसार पासपोर्ट लिनेमा महिलाभन्दा पुरुषको सङ्ख्या दोब्बरभन्दा बढी छ। सो वर्ष पुरुष राहदानी बाहक ५ हजार ६ सय ४२ जना छन् भने महिला २ हजार ७ सय २२ जना रहेका छन्। राहदानी लिन आवेदन दिनेको सङ्ख्यासो वर्ष८ हजार २ सय ८८ वटा रहेकोमा५ हजार ५ सय ६१ पुरुष र २ हजार ७ सय २७ जना महिला आवेदक रहेको सिडिओ लुईटेलले बताए।  

कार्यालयले एक वर्षमा राष्ट्रिय परिचयपत्र लिन आवेदन दिनेको सङ्ख्या २८ हजार ७ सय ८३ वटा रहेको जनाएको छ। जसमध्ये ५ हजार ९ सय ३८ वटा वितरण भएको छ। १२ हजार ५ सय ४७ जना महिला आवेदक रहेकोमा २ हजार ३ सय २२ जनाले राष्ट्रिय परिचयपत्र पाएका छन् भने १६ हजार २ सय ३६ पुरुष आवेदकमध्ये ३ हजार ६ सय १६ जनाले परिचयपत्र पाएका छन्।  

जिल्ला प्रशासनले गतवर्ष वंशजका आधारमा ६ हजार ४ सय ३८ महिलासहित १० हजार १ सय ३४ जनालाई नयाँ नागरिकता प्रमाणपत्र वितरण गरेको छ। त्यसैगरी वैवाहिक अङ्गीकृत नागरिकता ८ जना पुरुषलाई वितरण गरेको कार्यालयले गैरआवासीय नेपाली नागरिकता (एनआरएन सिटिजन्ससिप) ६ महिला र ६ पुरुष गरि १२ जनालाई दिएको छ।  

नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६ हजार ७ सय ६६ वटा वितरण भएको छ। प्रतिलिपि नागरिकता लिनेमा पुरुष सङ्ख्या २ हजार ८ सय ३१ छ भने महिला ३ हजार ९ सय ३५ जना रहेको कार्यालयले जनाएको छ।  

समावेशी सुविधाअन्तर्गत कार्यालयले दलित, आदिवासी जनजाति, मधेसीको पहिचान गर्ने सिफारिस २ हजार १ सय २ जनालाई वितरण गरेको छ। त्यस्तै भारतीय सेना तथा ब्रिटिश सैनिक पेन्सन सिफारिस ७९ वटा गरेको कार्यालयको वार्षिक अभिलेखमा उल्लेख छ।  

यी सबै गतिविधिबाट कार्यालयले गत वर्ष झण्डै पौने ५ करोड राजश्व सङ्कलन गरेको छ। राहदानी वितरणबाट मात्र ४ करोड ६३ लाख ८५ हजार रुपैँया राजश्व सङ्कलन भएको छ। अन्य प्रशासनिक सेवा शूल्कवापत ५ लाख ६२ हजार १ सय ५० रुपैँया उठेको छ। त्यसैगरी हातहतियार नवीकरण दस्तुरवापत १ लाख ५ हजार २ सय ५० रुपैयाँ सङ्कलन भएको छ।  

यसरी जम्मा राजश्व रकम ४ करोड ७० लाख ५२ हजार ४ सय उठेको सिडिओ लुईटेलले बताएका छन्।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस