बाजुरामा पहिरो खस्दा चारजना घाइते भएका छन् भने एक दर्जन जति पशुचौपाया पुरिएका छन्। जिल्लाकाे हिमाली गाउँपालिका वडा न ३ बौडीस्थित गोरुखर्कमा शनिबार बिहान ९ बजेतिर वर्षासँगै पहिरो आएको र पहिरोमा परि चारजना घाइते भएका हुन्। पहिरोमा परी चार जना घाइते भएका हुन्।
घाइते हुनेमा ५० वर्षीय हंस बुढा १३ वर्षीय प्रेमकला बुढा, वर्षीय १० वर्षीय ललिता बुढा र १४ वर्षीय अगौठी रोकाया रहेको हिमाली गाउँपालिकाका अध्यक्ष गाेविन्द मल्लले जानकारी दिए। पहिरोमा परि दर्जनौं पशुचौपाय पुरिएकाे बताए।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गोरुखर्कमा प्रहरीको टोली गइसकेको र धेरै टाढा भएकाले प्रहरी नपुग्दासम्म क्षतिको विवरण आउन सकेकाे छैन। घाइतेको उद्धारका लागि पहल भइरहेको छ। थप विवरण आउन बाँकी छ।