पूर्वपश्चिम राजमार्ग अन्तर्गतको लहान नगरपालिका-१२ मा चाइना कम्पनीको एक स्कारपियो र ट्रक आपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।
शनिबार बिहान धनगढीबाट लहान तर्फ आई रहेको प्रदेश २–०३–००१ ख ४०५७ नं.को ट्रक र विपरीत दिशाबाट गई रहेको बागमती प्रदेश ०३–००१ च २८७५ नंको स्कारपियो एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख डम्बर पुरीले जानकारी दिए।
दुर्घटनामा घाइते स्कारपियोमा सवार चिनियाँ नागरिक ३० वर्षीय साओछ्याको उपचार विराटनगरमा भइरहेको छ। उनको टाउकोमा गम्भीर चोट देखिएकोले प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको सप्तऋसि अस्पतालले जनाएको छ। बाँकी घाइतेको उपचार लहान स्थित सप्तऋसि अस्पताल र कामना अस्पताल लहानमा भइरहेको प्रहरीले जनाएको छ।
ट्रक चालक उदयपुर चौदण्डि नगरपालिका-५ बस्न ३९ वर्षीय रामचन्द्र चौधरीलाई नियन्त्रणमा राखी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
स्कारपियोमा सवार घाइतेहरू लहान नगरपालिका-२२ जहदीका २६ वर्षीय मुकेश कुमार सिंहको बायाँ खुट्टा र दुवै हातमा चोट छ। सोही ठाउँका ५२ वर्षीय हरि कामैतको टाउको र दुवै खुट्टामा चोट छ। लहान नगरपालिका-१७ का १७ वर्षीय मोहम्मद उसमान मियाँको टाउको र बायाँ खुट्टामा चोट छ। सोही ठाउँका ५० वर्षीय अब्दुल कुरुस मियाँको टाउकोमा चोट छ।
लहान –२३ करैयाका ४० वर्षीय सुरेन्द्र चौधरीको बायाँ हातमा चोट छ। सोही ठाउँका ४५ वर्षीय वीरेन्द्र चौधरीको भित्री चोट छ। सोही ठाउँका ४० वर्षीय घुरन मोचिको बायाँ हातमा चोट छ।
लहान नगरपालिका-१७ का २३ वर्षीय मोहम्मद सज्जाद मियाँको दाहिने खुट्टामा चोट छ। सोही ठाउँका २२ वर्षीय मोहम्मद नईमको दाहिने खुट्टामा चोट छ। सोही नगरपालिका-२१ का ३५ वर्षीय नन्द बहादुर माझीको टाउकोमा चोट छ।
मकवानपुरकाे हेटौँडा उपमहानगरपालिका-११ बस्ने दशरथ साहको छोरा २५ वर्षिय अभिशेख साहको टाउको र अनुहारमा चोट छ। उनीहरूको उपचार सप्तऋसि अस्पताल लहानमा भइरहेको प्रहरीले जनाएको छ।
लहान नगरपालिका-२३ करैयाका ३५ वर्षीय दिपेन्द्र चौधरीको छातीमा चोट छ। वडा नम्बर-१२ जटियाहीका २४ वर्षीय रामपुकार रामको दाहिने हात, दाहिने खुट्टा र टाउकोमा चोट छ। सोही ठाउँका २१ वर्षीय जीवन कुमार रामको छाती र दाहिने खुट्टामा चोट छ। वडा नम्बर-१४ बस्तिपुरका २८ वर्षीय अरुण पासमानको अनुहार र छातीमा चोट छ।
वडा नम्बर-२४ का २२ वर्षीय राजलाल पासमानको दुवै खुट्टा र दाहिने हातमा चोट छ। सोही ठाउँका २५ वर्षीय गणेश बिकको बायाँ हात र मुखमा चोट छ। सोही ठाउँका २२ वर्षीय राम नारायण पासमानको दाहिने हातमा चोट छ। वडा नम्बर-१२ का २५ वर्षीय अरुण कुमार साहको दाहिने हात र दाहिने खुट्टामा चोट छ। उनीहरूको कामना अस्पताल लहानमा उपचार भइरहेको छ।
स्कारपियो पिकअप जिपमा २० जना सवार थिए। यस गाडीमा चार जना मात्र सवार हुने पाउने उल्लेख छ।
पूर्वपश्चिम राजमार्गको कमला कञ्चनपुर खण्ड कालोपत्रे गर्ने ठेक्का पाएका चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले नियम कानुनको धज्जी उठाउँदै क्षमता भन्दा अधिक मानिस कोचेर तीव्र गतिमा सवारी हुइँक्याउँदा ट्रकसँग ठोक्किन पुगेको प्रत्यक्षदर्शीले जनाएका छन्।