काठमाडाैंकाे माइतीघर मण्डला स्थित राष्ट्रिय झन्डा राखिएको पोलमाथि चढेर आत्महत्या गर्ने प्रयास गर्ने एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
शनिबार दिउँसो तारा शाही नाम गरेकी एक महिला ‘हामफालेर मर्छु’ भन्दै पोलमाथि चढेकी थिइन्। उनी दुई वर्षदेखि प्रेम सम्बन्धमा थिइन्। तर, उनका प्रेमीले विवाह गर्न अस्वीकार गरेपछि उनी विगत एक महिनादेखि माइतीघरमा विरोध गर्दै आएकी थिइन्।
शनिबार, शाहीले झन्डा पोलमा चढेर हामफाल्ने प्रयास गरिन्। उनले माइतीघरमा राखिएको आफ्नो ब्यानर हराएको भन्दै पोलमाथि चढेकी थिइन्।
माइतीघरमा अन्य प्रदर्शनहरू पनि भइरहेकाले आसपासै रहेका प्रहरी तत्कालै घटनास्थलमा पुगेका थिए। प्रारम्भमा उनले झर्न अस्वीकार गरेकी थिइन्। महिला प्रहरीको सहयोगमा उनको उद्धार गरिएको थियो।
उनी पाेलबाटै हामफाल्ने डरले उनलाई डोरीले बाँधेर सुरक्षित रूपमा तल झारिएको थियो। यसअघि पूर्व न्यायाधीश भुवन गिरीको श्रीमती आरती रावल पनि त्यही पोलमा चढेकी थिइन्। उनलाई पनि प्रहरीले सकुशल उद्धार गरेको थियो।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...