माछाका भुराको माग बढ्दै
२७ साउन २०८१
•
३ मिनेट पाठ
माछाका भुराको माग बढ्दै
सुदूरपश्चिम प्रदेशमा माछापालनमा किसानको आकर्षण बढेपछि माछाका भुराको माग बढ्दो छ। यहाँका करिब दुई सय बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ। प्रदेश सरकार मातहतका कैलालीको गेटास्थित मत्स्य विकास केन्द्रले मागअनुसार भुराको उत्पादन वृद्धि गर्न सकेको छैन। केन्द्रले माग धान्न नसकेपछि यहाँका माछापालक किसान महँगोे मूल्य तिरेर निजी फार्मबाट भुरा खरिद गर्न बाध्य छन्। 




भुरा उत्पादन गरेर किसानलाई सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले सरकारले ५० वर्षअघि गेटामा मत्स्य विकास केन्द्र स्थापना गरेको थियो। किसानको माग बढ्दै गए पनि केन्द्रले भुराको उत्पादन वृद्धि गर्न नयाँ पोखरी थप्ने र पुराना पोखरी मर्मत गर्न सकेको छैन। मत्स्य विकास केन्द्रबाट किसानले मागअनुसार भुरा पाउन नसकेको घोडाघोडी नगरपालिकाका माछापालक किसान एकिन्द्र शाहीले बताए। 

उत्पादन वृद्धि गर्न नसकिएपछि सुदूरपश्चिममा खपत हुने भुराको ५० प्रतिशत माग मात्र केन्द्रले धानिरहेको मत्स्य विकास केन्द्रका सूचना अधिकारी सरोजराज रेग्मीले बताए। पूर्वाधारका कारण भुराको उत्पादन बढाउन नसकिएको उनको भनाइ छ। केन्द्रले गत आव २०८०/८१ मा चार करोड भुरा बिक्री गरेको थियो। ‘प्रशस्त प्राकृतिक तालतलैया रहेका कैलाली, कञ्चनपुरमा माछापालन व्यवसायमा किसानको आकर्षण बढ्दो छ, त्यसैले भुराको माग बढेको छ,’ रेग्मीले भने, ’तर पूर्वाधारका कारण मागअनुसार भुरा उत्पादन बढाउन सकेका छैनौँ।’ उनले नयाँ पोखरी निर्माण र भएका पोखरी मर्मत गर्न नसक्दा किसानको मागअनुसार भुरा उत्पादन गर्न  नसकिएको जानकारी दिए। 

पुराना पोखरी मर्मत र निर्माणका लागि प्रदेश सरकारसँग हरेक वर्ष बजेट माग गरे पनि नपाएको रेग्मीको भनाइ छ। पोखरीको मर्मत र नयाँ पोखरी निर्माण गर्न सके मागको ७० देखि ७५ प्रतिशतसम्म भुरा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ। केन्द्रको २० बिघा जमिनमध्ये १२ बिघामा पोखरी छन्। केन्द्रले फागुनदेखि भदौसम्म माछाको प्रजनन गराएर सात जातका भुरा उत्पादन गर्दै आएको छ। केन्द्रमा ह्याचलिङ, फ्राई, फिङ्गरलिङ र एडभान्स फिङ्गरलिङ साइजका भुरा उत्पादन गरी बिक्रीवितरण हुने गरेको छ। 

केन्द्रमा उत्पादित भुरा सुदूरपश्चिमका नौ जिल्लालगायत कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनीको बर्दिया, दाङसम्मका किसानले लैजाने गरेको केन्द्रले जनाएको छ। सरकारी तथ्याङ्कअनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ। सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर माछा उत्पादनको प्रमुख जिल्लाका रूपमा विकसित हुँदै गएको मत्स्य विकास केन्द्र गेटाले जनाएको छ। सुदूरपश्चिममा माछाको खपत बढ्दै गएको छ। 

एक व्यक्तिले वार्षिक सरदर साढे दुई किलो माछा उपभोग गर्दै आएको केन्द्रको तथ्याङ्कले देखाएको छ। माछापालक कृषकले समयमा माछाको भुरा, दाना, औषधिलगायत नपाउने समस्या रहेको बताएका छन्। माछा व्यवसायतर्फ किसानको आकर्षण बढ्दै गए पनि बजारीकरणमा समस्या झेल्नुपरेको छ। कैलाली र कञ्चनपुरमा मात्रै वार्षिक चार हजार आठ सय मेट्रिक टन माछा खपत हुने गरेको छ। केन्द्रका अनुसार प्रदेशभरि वार्षिक करिब १० हजार मेट्रिक टन खपत हुने गरेको सरकारी तथ्याङ्क छ। मत्स्य विकास केन्द्रका अनुसार कैलाली र कञ्चनपुरमा एक हजार सात सय ५० हेक्टर जमिनमा रहेका पोखरीमा माछापालन गरिँदै आएको छ। तीमध्ये एक हजार तीन सय हेक्टर प्राकृतिक र दुई सय ५० हेक्टर कृत्रिम ताल  छन्।

कृत्रिम तालमा प्रतिहेक्टर वार्षिक तीन मेट्रिक टन र प्राकृतिक तालमा प्रतिहेक्टर एक मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। सुदूरपश्चिममा ग्रासकार्प, सिल्भरकार्प, विगेटकार्प, रौ, नैनी र भाकुर जातका माछापालन हुने गरेको छ। एक दशकअघिसम्म यी दुई जिल्लामा करिब ९० प्रतिशत भारतबाट आयात हुने माछा खपत हुने गरेकामा हाल आन्तरिक उत्पादन वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा तीन करोड २० लाख ह्याचरी उत्पादन गरिएकामा गत आव २०८०/८१ मा चार करोड ह्याचरी उत्पादन गरेको केन्द्रले जनाएको छ। -रासस
अर्को समाचार
सुदूरपश्चिमका मुख्यमन्त्री १० जनाको टोलीसहित नयाँ दिल्ली उडे
१६ वैशाख २०८२
•
१ मिनेट पाठ
सुदूरपश्चिमका मुख्यमन्त्री १० जनाको टोलीसहित नयाँ दिल्ली उडे
मुख्यमन्त्री कमलबहादुर शाहसहित सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधिमण्डल भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेको छ। मंगलबार दिउँसो १ः२५ बजे मुख्यमन्त्री शाहसहित १० जनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै नयाँ दिल्ली प्रस्थान गरेको हो। 




भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा माओवादी केन्द्रका सांसद झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका प्रमुख सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट सामेल छन्। 

मुख्यमन्त्री शाह नेतृत्वको टोलीले भ्रमणका क्रममा भारतको केन्द्र सरकारका मन्त्रीसँग भेटघाटका साथै विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसन सङ्घसँग अन्तरक्रिया गर्नेछ। 

यस्तै सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएका उत्तर प्रदेश र उत्तराखण्ड प्रदेशका विभिन्न स्थानको पनि भ्रमण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

साथै भारतमा रहँदा भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्रसहित पर्यटकीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ। 

यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र कृषि मन्त्रीसँग समेत भेटघाटको कार्यसूची रहेको जनाइएको छ। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस