फुङलिङबाट मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बु जाँदै गरेको जीप मेरिङदेन गाउँपालिका वडा नं २ साक्फारामा दुर्घटनामा हुँदा ३ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए । उनका अनुसार ग ३ च ९८४७ नं को बोलेरो दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी फुङलिङ नगरपालिका वडा नं ४ बस्ने कान्छीमा शेर्पा, उनका ३ वर्षीय छोरा पासाङडण्डु शेर्पा र मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा बस्ने २५ वर्षीया उर्मिला लिम्बू घाइते भएका छन् ।
चालक पेम्बा शेर्पा गाडीबाट निस्की ओट लगाउनको लागि ढुङ्गा लिन गएको अवस्थामा एक्कासी गाडी पछाडि बगेको र अन्दाजी २० मिटर तल खसेको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार गाडीमा १० जना सवार थिए । अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।