हेटौंडा-९ धापमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामचन्द्र अर्यालका छोरा शिभांस अर्याल रहेका छन्।
मयुरधापबाट हेटौंडा बजारतर्फ गइरहेको बागमती प्रदेश ०३-००५ प २४३ नम्बरको मोटरसाइकलले बाटो छेउमा हिँडिरहेका शिभांसलाई ठक्कर दिएको थियो।
घाइते बालकलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि, उनको उपचारको क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ। चालक हेटौंडा-१४ निवासी १७ वर्षीय युवकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक रिजालले बताए।