विराटनगर–३ स्थित बालसुधार गृहको भौतिक पूर्वाधार सुधारका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले बाल सुधार गृहलाई १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।
मुलुकी संहिता दिवस २०८१ को अवसरमा उच्चबार एसोसिएसन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको बाल सुधार गृहको व्यवस्थापकीय अवस्था तथा बाल न्याय र यसको अभ्यास विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले प्रदेश मन्त्री परिषद्बाट निर्णय गरी बाल सुधार गृहलाई १० लाख रुपैयाँ सहयोग गर्ने बताए।
मन्त्री अधिकारीले बाल सुधार गृह प्रदेश सरकार मातहत नभए पनि कोशी प्रदेशमा भएकाले प्रदेश सरकारले सहयोग गर्ने स्पष्ट पारे। अधिकारीले बाल सुधार गृहको अवस्था दयनीय भएकाले यसलाई यातना गृह नभई सुधार गृहका रुपमा विकास गर्न आवश्यक रहेको धारणा राखे। मन्त्री अधिकारीले भने ‘बाल सुधार गृहलाई सुधार गृहकै रुपमा विकास गर्नुपर्छ। यातना गृह जस्तो बनाउनुहुँदैन।’
कार्यक्रममा उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश विपुल न्यौपानेले बालसुधार गृह सुधार गृहजस्तो नभई कारागार जस्तो बनाउँदै लगिएको प्रति चिन्ता व्यक्त गरे।
उनले सुधार गृहलाई नै पहिले सुधार्न सम्बन्धित निकायलाई सुझाव दिए। न्यायाधीश न्यौपानेले भने ‘सुधार गृहलाई सुधार गृहकै रुपमा लैजानुहोस्। कारागार जस्तो नबनाउनुहोस्।’
बाल सुधार गृह सुधार गृहजस्तो नभई यातना गृह जस्तो भएकाले तीनै तहको सरकारले बेलैमा ध्यान दिन छलफलमा सहभागीहरूले सुझाव दिएका थिए।
कार्यक्रममा जिल्ला न्यायाधीश उद्वव भट्टराई र बालसुधार गृह विराटनगरका प्रमुख मिलन चौहानले बाल सुधार गृहको अवस्था र कानुनी व्यवस्थाहरू विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।