चितवनको माडी नगरपालिकामा रिऊ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ।
माडी नगरपालिका–९ स्थित कुसुम खोलामा बस्दै आएका ५० वर्षीय काजीमान प्रजाको आज दिउँसो ४ः२० को समयमा रिऊ खोलाले बगाएर मृत्यु भएको हो।
प्रजालाई माडीको स्याउलीबाट कुसुम खोला बस्ती जाने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।
प्रजाको शव घटना स्थलबाट करिब ५ सय मिटर तल फेला परेको थियो। राष्ट्रिय निकुञ्ज भित्र पर्ने कुसुम खोलाका अधिकांश मानिस स्याउली झरेका छन्।
निकुञ्जले घर भत्काइदिँदा पनि उनी तल झर्न मानेका थिएनन्। सर्वोच्चले समेत तत्काल उनको घर नभत्काउन आदेश दिएको थियो। त्यसपछि उनको परिवार कुसुम खोलामा नै बस्दै आएको थियो।