‘पावरवाला’ कर्मचारी २ देखि ६ वर्षसम्म एउटै कार्यालयमा !
०४ भदौ २०८१
•
२ मिनेट पाठ
‘पावरवाला’ कर्मचारी २ देखि ६ वर्षसम्म एउटै कार्यालयमा !
कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुर्खेत।
कर्णाली प्रदेश सरकारले हालै गरेको कर्मचारी सरुवामा कर्मचारी संगठनहरूले विरोध जनाएका छन्। संगठनहरूले सरुवा प्रक्रिया राजनीतिक आस्थाको आधारमा अन्यायपूर्ण रूपमा गरिएको आरोप लगाएका छन्।




वरिष्ठ शाखा अधिकृत, शाखा अधिकृतसहित प्रशासकीय अधिकृत (छैटौं) तहका १८ जनाभन्दा बढी कर्मचारीहरूको दुई वर्ष नपुग्दै सरुवा गरिएको छ। तर, मुख्यमन्त्री कार्यालयमा दुई वर्षदेखि ६ वर्षसम्म एउटै कार्यालयमा रहेका कर्मचारीहरूको सरुवा नभएको भन्दै संगठनहरूले आपत्ति जनाएका छन्।

कर्णाली प्रदेश सरकार मातहतका तीन हजारभन्दा बढी कर्मचारीमध्ये १११ जनाको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतले गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका शाखा अधिकृत युवराज न्यौपाने, कम्प्युटर अधिकृत सन्दिप शर्मा, प्रशासकीय अधिकृत (छैटौं) दलबहादुर बुढा, प्रदेश लोक सेवा आयोगका शाखा अधिकृत सुरेन्द्र सिंह, आर्थिक मामिला तथा योजना मन्त्रालयका तथ्याङ्क अधिकृत तेज बहादुर दर्लामी, यातायात सेवा व्यवस्था कार्यालय जुम्लाका प्रशासकीय अधिकृत (छैटौं) लोक बहादुर महत, प्रदेश अस्पतालका प्रशासकीय अधिकृत (छैटौं) गणेश सुनार, पशुपन्छी विकास निर्देशनालयका  प्रशासकीय अधिकृत (छैटौं) होमराज विसी,  प्रशासकीय अधिकृत (छैटौं) हरि भक्त विश्वकर्मा.र सम्झना खड्का,  पूर्वाधार विकास निर्देशनालय सुर्खेतका प्रशासकीय अधिकृत (छैटौं) कृष्णा विक,  वन डिभिजन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत (छैटौं), सिता विसी, वन डिभिजन कार्यालय जुम्लाका नायव सुब्बा धर्मराज रावल, शिक्षा विकास निर्देशनालयका प्रशासकीय अधिकृत (छैटौं) चुडामणि काफ्ले लगायत अधिकांश कर्मचारीहरु यस पटकको सरुवामा पनि अटाएका छैनन्। यसले कर्मचारीहरूमा असन्तुष्टि बढाएको छ।

कर्णाली प्रदेश सरकारले गरेको कर्मचारी सरुवा चित्तबुझ्दो नभएको नेपाल निजामती कर्मचारी युनियन सुर्खेतका अध्यक्ष गणेश थापाले बताए। ‘कर्मचारी सरुवा न्यायोचित र चित्तबुझ्दो छैन।’ अध्यक्ष थापाले भने, सरुवा सच्चाउनका लागि कुरा भइरहेकाले केही आशा गरौं।’

सरुवाको विषयमा आफुहरुले प्रमुख सचिवलाई केही सुझाव दिएको तर, ती सुझाव कार्यान्वयन नभएको राष्ट्रिय कर्मचारी संगठन सुर्खेतका अध्यक्ष रामभक्त अधिकारीले बताए। ‘मापदण्डभन्दा पनि मान्छे हेरेर सरुवा गरेका छन्।’ अधिकारीले भने, यो सरुवा कुनै पनि हालतमा मान्य हुने छैन। छिट्टै सरुवा कार्यान्वयन नगराउनका लागि हामी बसेर छलफल गछौं।’

कर्मचारीको सरुवा नियमित प्रक्रिया अनुसार ऐन कानुन अनुसार भएको कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले बताए। ‘आवश्यकता अनुसार प्रदेश सरकारले सरुवा गर्न सक्छ।’ प्रमुख सचिव पौडेले भने, ३ हजार बढी कर्मचारीमा १ सय ११ जना कर्मचारी सरुवा गर्दा पहाड बनाउन जरुरी छैन। दुई वर्षको फरकमा कर्मचारी सरुवा गर्दै जाँदा सबै आफ्नो लयमा आउँछ।’
अर्को समाचार
बिहीबार कर्णालीमा सार्वजनिक बिदा
३२ असार २०८२
•
१ मिनेट पाठ
बिहीबार कर्णालीमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले कर्णालीमा साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।




साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस