जात्रैजात्राको सहर भनेर चिचिने भक्तपुरका धेरै जात्रामध्येको एक सूर्यविनायक गणेश जात्रा संकटमा परेको छ। समुदायको यो जात्रा अहिले एउटा परिवारले जेनतेन चलाइरहेको छ। जात्रा मनाउन आर्थिक अभाव भएपछि सबैजना जात्रा मनाउनबाट पन्छिएका हुन्। हाल जात्रा सञ्चालन गरिरहेका भक्तपुर नगरपालिका–४ पोटरी स्क्वायरका कृष्ण सुवालका अनुसार पहिला यो जात्रा १६ वटा गुथिहरूले सयुक्त रूपमा सञ्चालन गर्थे।
तर आर्थिक अभावका कारण अहिले ती सबै गुथिहरू जात्रा चलाउने दायित्वबाट पन्छिएका छन्। जात्रा संकटमा परेपछि अहिले औपचारिकतामा मात्रै सञ्चालनमा छन्। ‘पहिला जात्राको खट १६ जनाले बोकेर भक्तपुर नगर परिक्रमा गराउँथ्यौं,’ जात्रा सञ्चालक कृष्ण सुवालले भने, ‘अहिले खट पनि सानो मात्रै बनाएका छौं र चारजनाले बोके पुग्ने बनाएका छौं।’
उनीहरूका अनुसार जात्रा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक गणेश मन्दिरदेखि सुरु हुन्छ। सुरुमा सूर्यविनायक गणेश मन्दिरमा पूजाआजा हुन्छ। त्यसपछि त्यहाँ भजनकिर्तन पनि हुन्छ। तर अहिले भजन पनि बन्द भएको छ। साथै पहिला सहभागीहरूको संख्या पनि हजारौं हुन्थ्यो। तर अहिले यो जात्रा परिवारका एक दुई दर्जन सदस्यमा सीमित छ।
उनीहरूका अनुसार सुरुमा खटलाई भक्तपुर नगरपालिका–४ पोटरी स्क्वायरबाट सूर्यविनायक ल्याइन्छ। त्यसपछि सूर्यविनायकबाट खट जात्रा सुरु हुन्छ। यसलाई सूर्यविनायक गणेश मन्दिरबाट भक्तपुरको पोटरी स्क्वायर पु¥याइन्छ। त्यहाँ पुगेपछि एउटा बोकाको बलि दिइन्छ। त्यसपछि भक्तपुर नगर परिक्रमा गराइन्छ।
अन्तमा भक्तपुर दरबारक्षेत्रस्थित तलेजुमा पु¥याइन्छ । त्यहाँ गुठीका प्रतिनिधिबाट पूजाआजा गरेर बली दिइन्छ। त्यसपछि पुनः रथलाई भक्तपुर नगरपालिका–४ पोटरी स्क्वायरमा पु¥याइन्छ र जात्रा समापन हुन्छ। पहिला ठाउँठाउँमा गरेर सातरआठवटा बोका बलि चढाइन्थ्यो, जात्रा मनाइरहेको परिवारका एकजना सदस्य ७५ वर्षीय कृष्णप्रसाद सुवालले भने, ‘बुबाले चलाइराख्नू, जात्रा नरोक्नू भनेकाले हामीले परिवारकै खर्चमा जेनतेन चलाइरहेका छौं।
उनीहरूका अनुसार खट बोक्नका लागि अहिले चारजना मानिस चाहिन्छ। उनीहरूलाई प्रतिव्यक्ति एक÷एक हजार रूपैयाँ दिने हो भने पनि चार हजार पैसा त यत्तिकै खर्च हुन्छ । साथै अन्य तथा अन्य विविध खर्चहरूका लागि पैसा चाहिन्छ।
जात्रा मनाउने काम एउटा परिवारले जेनतेन आफ्नै खर्चमा गरिरहे पनि जात्रा हेर्नेहरूको भने नगरभरि हजारौं हुने जनाइएको छ। उपत्यकाको चार गणेशमध्ये जेठो गणेश भक्तपुरको सूर्यविनायक गणेश हो । सूर्यविनायक भगवान् गणेशको एक प्रसिद्ध मन्दिर हो । यो काठमाडौं उपत्यकामा रहेका प्रमुख चार गणेशस्थानमध्ये एक हो।