एक्काइस प्रहरी अधिकारीको अवकाश तत्काललाई रोकियो, अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश
०६ भदौ २०८१
•
१ मिनेट पाठ
एक्काइस प्रहरी अधिकारीको अवकाश तत्काललाई रोकियो, अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान प्रहरी अधिकारीलाई तत्कालका लागि रोक लगाएको छ।  




१६ भदौमा अवकाश हुन लागेका २१ प्रहरी अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अवकाश नदिन अन्तरिम आदेश दिएको छ ।  

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यो विवादमा विपक्षीसँग लिखित जवाफ माग गर्दै असोज १० गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि आदेश दिएको छ ।  

यसअघि बृहत पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेश पालना भएको नदेखिएको भन्दै इजलासले उनीहरुको हकमा जिम्मेवारी परिवर्तन नगराउन पनि अन्तरिम आदेश गरेको छ ।  

प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहितका २१ प्रहरी अधिकारीले आफूहरुलाई ३० वर्षे सेवा अवधिका आधारमा १६ भदौमा अवकाशमा पठाउन खोजिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए ।
अर्को समाचार
सर्वोच्च अदालतको आदेश : पाथीभरा मन्दिर क्षेत्रका होटल र स्थानीय प्रशासनलाई जवाफ पेस गर्न म्याद तामेली गरिने
१८ भदौ २०८१
•
३ मिनेट पाठ
सर्वोच्च अदालतको आदेश : पाथीभरा मन्दिर क्षेत्रका होटल र स्थानीय प्रशासनलाई जवाफ पेस गर्न म्याद तामेली गरिने
सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरी घर, टहरा तथा बस्ती बसाएर प्राकृतिक तथा वातावरणीय दोहन गरेको भनी ताप्लेजुङको पाथीभरा क्षेत्रका होटल पसल सञ्चालक तथा फुङलिङ नगरपालिकासहितका सार्वजनिक निकायविरुद्ध जवाफ पेश गर्न म्याद तामेली गरिने भएको छ ।  




लक्ष्मी बुढाले दायर गरेको रिटमा बिपक्षी बनाईएका माथिल्लो फेदीका २१ जना होटल सञ्चालकसहित २२ तथा फुङलिङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयसहित ४ वटा सरकारी निकायलाई म्याद तामेली भएका मितिले १५ दिन भित्र जवाफ पेश गर्न सर्वोच्च अदालतले भनेको हो । वीरेन्द्रनगर नगरपालिका वडा नं ९ सुर्खेत घर भई हाल काठमाडौं महानगरपालिका वडा नं १० बस्ने बुढाको तर्फबाट अधिवक्ताद्वय सुरेश गुरागाई र सोमराज तिमल्सिनाले बहस गरेका थिए । परमादेश समेत माग गरिएको उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।  

जवाफ पेश गर्न आदेश भएको उक्त रिट निवेदनको अन्तिम टुङ्गो लागेका वखत प्रत्यर्थीहरुले निर्माण गरेका संरचना, सरकारी वन जंगल राष्ट्रिय वन क्षेत्रको ऐलानी तथा सार्वजनिक जग्गा परेको भएमा त्यस्ता संरचना भत्काई त्यस क्षेत्रबाट जुनसुकै बखत हटक अर्थात् हटाउन सक्ने देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ । यस्तै यस्ता सार्वजनिक वन जंगल क्षेत्र वा सार्वजनिक जग्गामा संरचना निर्माण गर्दा प्रचलित कानुन बमोजिम स्वीकृति प्रदान गर्न नमिल्ने र कानुन विपरित स्वीकृति दिने दिलाउनेलाई कसुर कायम गरी सजाय समेत हुन सक्ने अवस्था बिद्यमान रहेको सर्वोच्चले रिट निवेदनको प्रारम्भिक सुनुवाईमा भनेको छ ।  

सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडाँलको इजलासले बिपक्षीका नाममा आदेश जारी गर्दै म्याद तामेलीका लागि ताप्लेजुङ जिल्ला अदालतलाई जिम्मेवारी दिएको छ । सोही बमोजिम अदालतले बिपक्षीहरुलाई म्याद तामेली गर्ने तयारी गरिरहेको ताप्लेजुङ जिल्ला अदालत स्रोतले जानकारी दिएको छ । निवेदकले बिपक्षी बनाएकाहरुले म्याद तामेल भएको मितिले १५ दिन भित्र लिखित जवाफ पेश गर्नुपर्ने हुन्छ । रिटमा सार्वजनिक निकायतर्फ फुङलिङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ, पाथीभरा क्षेत्र विकास समिति र नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय ताप्लेजुङलाई विपक्षी बनाईएको छ ।  

रिटमा उल्लेखित ४ निकायले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा नगरेको तथा निजहरुको कार्यबाट सार्वजनिक सम्पत्तिको हिनामिना एवम् क्षति भएको देखिन आएकोले विपक्षी बनाईएको दावी गरिएको छ ।  

माथिल्लो फेदीका होटल तथा पसल सञ्चालकहरु दार्जिलिङ होटल एण्ड लजका महेश गुरुङ, पाथीभरा होटल एण्ड लजका फिपराज लिम्बू, झापाली होटल एण्ड लजमा सीता भट्टराई, न्यू ठूलोफेदी मिलन होटल एण्ड लजका सुनिल लिम्बू, अभिषेक कार्की होटल एण्ड लजका अशोक कार्की, करुणा करुण होटल एण्ड लजका रतन कार्की, भट्टराई होटल एण्ड लजका माया भट्टराई, रमिते भज्याङ खाजा घरका दिलकुमार बिष्ट र लक्की होटल एण्ड लजका समिर लिम्बूलाई बिपक्षी बनाईएको छ ।  

यस्तै चन्द्रमा होटल एण्ड लजका चन्द्रबहादुर कार्की, मुना होटल एण्ड लजका मुना मादेन, पाथीभरा कालिका होटल एण्ड लजका सुरज भट्टराई, कञ्चनजंघा होटल एण्ड लजका अम्बिका प्रसाई, लालीगुराँस होटल एण्ड लजका राजेन्द्र महत, सेवारो होटल एण्ड लजका मिलन लिम्बू, पञ्चकन्या होटल एण्ड लजका इन्द्रनारायण भट्टराई, अनमोल होटल एण्ड लजका हस्तबहादुर राईलाई समेत बिपक्षी बनाईएको छ । यस्तै सिक्कीम होटल एण्ड लजका छेतेन शेर्पा, हिमाली होटल एण्ड लजका तुलाराम भट्टराई, ठूलोफेदी होटल एण्ड लजका मिङ्मा शेर्पा र एलवी गुरुङ र माता भट्टराई होटल एण्ड लजका नरबहादुर भट्टराईलाई समेत रिटमा बिपक्षी बनाईएको छ ।  
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस