सुनकोसी दुर्घटना: गाडी भेटियो, बेपत्ता यात्रु अझै भेटिएनन्
०९ भदौ २०८१
•
१ मिनेट पाठ
सुनकोसी दुर्घटना: गाडी भेटियो, बेपत्ता यात्रु अझै भेटिएनन्
सुनकोसीमा गाडी खसेर बेपत्ता भएकाहरू अझै फेला परेका छैनन्।




मध्य पहाडी राजमार्ग अन्तर्गत खुर्कोट घुर्मी सडक खण्डबाट सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेपनी हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ। 

गोलन्जोर गाउँपालिका १ कुडुलेबाट सुनकोसी नदिमा एक निजी जिप हाइलेक्स  खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य बिहानै देखि सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। खोटाङ हलेसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ६३६६ नम्बरको  इसुजु  हाइलेक्स गाडी मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुँडुले नजिकबाट सुनकोसी नदीमा शनिबार साँझ खस्दा तीन यात्रु बेपत्ता भएका थिए।

चार जना सवार रहेको कारबाट हाम फालेका भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार पश्चात् डिस्चार्ज भैसकेको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक एल्जिना राईले बताइन  घाइते अवस्थामा भेटिएका  कक्षपतीले नै घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।

सुनकोसी नदिमा बेपत्ता हुनेहरूमा भक्तपुर सुर्यविनायक नगरपालिका जगतीका अविन बके सोही ठाउँका प्रनित सैजु र बलराम घटुवा छन्। दुर्घटनास्थलको सुनकोसी नदिमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरीका गोताखोरसहित नेपाल प्रहरी, नेपाली सेना लगायतले बिहानै देखि  खोजी गरिरहेको भएपनी हालसम्म बेपत्ताहरू नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले ले जानकारी दिए।

उनका अनुसार नदी धमिलो भएकाले खोजी तथा उद्धारमा समस्या भएको हो। गोताखोर टोलीले नदिमा खसेको गाडी भेटेर नदी किनारमा निकालेको छ भने गाडीमा सवार यात्रुको निरन्तर खोजी भइरहेको छ।
अर्को समाचार
खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो ओखलढुङ्गामा दुर्घटना, तीन जनाको मृत्यु
१७ माघ २०८१
•
१ मिनेट पाठ
खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो ओखलढुङ्गामा दुर्घटना, तीन जनाको मृत्यु
खोटाङबाट काठमाडौं आउँदै गरेको टाटा सुमो ओखलढुङ्गामा दुर्घटना भएको छ।




ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका वडा न ७ स्थित भण्डारे खोला भन्ने ठाउँमा बिहीबार बिहान टाटा सुमो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) कृष्ण खड्काले जानकारी दिए। 

खड्काले भने,'बिहान बाटो हिँड्ने मान्छेहरुले दुर्घटना भएको देखेर खबर गर्नुभएको थियो। राति नै दुर्घटना भएको हुन सक्ने आङ्कलन छ।  चालकसहित चार जना सवार भएको भन्ने कुरा छ। तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। चालक कता हुनुहुन्छ भन्ने कुरा बुझ्नै बाकी छ।'
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस