अझै उस्तै छाउपडी
१२ भदौ २०८१
•
४ मिनेट पाठ
अझै उस्तै छाउपडी
कालीकोटको नरहरिनाथ गाउँपालिका लालुकी मनशोभा उपाध्याय महिनावारी हुँदा बस्ने ठाउँ मात्रै फेरिएको बताउँछिन्। ‘महिनावारी भएको समयमा बस्न बनाइएको गोठ भत्काइए पनि गाइगोठ र बाख्रा खोरमा बस्नुपरिरहेको छ,’ उनले भनिन्, ‘वर्षौंदेखि जरा गाडेर रहेको कुसंस्कार गोठ भत्काएर मात्रै हट्दो रहेनछ।’ कालीकोटमा अधिकांश घरमा देवताका मन्दिर र माडु छन्। त्यसैले पनि महिनावारी भएका महिलालाई घरभित्र राख्दैनन्।




संघीय संरचनाअघि नै तत्कालीन कतिपय गाविसलाई छाउगोठमुक्त घोषणा गरिएको थियो। त्यसमध्येको एक हो मान्म गाविस। २०७१ सालमै मान्म छाउगोठमुक्त घोषणा गरिसकिएको हो। मान्म कालीकोटको जिल्ला सदरमुकाम पनि हो । १० वर्षअघि छाउगोठमुक्त भएकै ठाउँमा अहिले पनि छाउगोठहरू छन्, जहाँ महिनावारी हुँदा सात दिनसम्म महिला गोठमा बस्छन्।

खाँडाचक्र नगरपालिका–६ की देवीसरा विकले छाउपडी कुप्रथा अन्त्य गर्न तामझाम गरेर मात्रै नहुने बताउँछिन्। ‘हामीलाई त घरभित्रै बस्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भनिन्, ‘सासू–ससुरा पहिलादेखि चलेको चलन बिग्रियो भने देउता रिसाउँछन् भन्नुहुन्छ अनि बाहिर बस्न बाध्य हुन्छौं।’

खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले छाउपडी समस्या विकराल रहेको बताउँदै यसको अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। नयाँ पुस्ताले परिवर्तन चाहे पनि पुरानो पुस्ताले नमानेकाले समस्या भइरहेको बताए। छाउगोठ भत्काउने अभियानमा स्थानीयको सहभागिता भएन। संघीय सरकारको नीतिलाई जनप्रतिनिधिले साथ नदिँदा पनि अभियान प्रभावकारी हुन सकेन। वर्षौंदेखि समाजमा जरा गाडेर बसेको छाउपडी कुप्रथा एकैपटक प्रहरी–प्रशासन लगाएर अन्त्य गर्न सम्भव नरहेको दलित महिला हजा सुनारले बताइन्।

पाँच वर्षअघि कर्णाली प्रदेशमा दुई हजार २३५ छाउगोठ भत्काइएका थिए। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार सुर्खेतमा एक हजार नौ सय २४, दैलेखमा दुई सय ५९, जाजरकोटमा ३०, कालीकोटमा २० र सल्यानमा दुईवटा छाउगोठ भत्काइएका थिए। रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु र हुम्लामा छाउगोठ छैनन्।

कालीकोटको नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिकामा धेरै गैरसरकारी संस्थाहरूले छाउगोठ भत्काउने अभियान चलाए। गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा कालीकोटमा २० छाउगोठ भत्काइए।

खाँडाचक्र नगरपालिका–६ दाहाँकी मनशोभा शाहीले आफू महिनावारी हुँदा घरभित्र बस्ने मन हुँदाहुँदै पनि देउताको डरले बाहिर बस्नुपरेको बताइन्। उनी मात्र होइन, दाहाँ गाउँका धेरैजसो महिला छाउपडी गोठमा बस्ने गरेका छन्। देउता रिसाउने डरले आफूहरू छाउगोठमै बस्ने गरेको नरहरिनाथ गाउँपालिकाकी विमला शाहीले बताइन् । ‘सरकारले गोठ भत्काएपछि खुला ठाउँमा रात बिताउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘नबारे देउता रिसाउँछन्, घरपरिवारमा बिसन्चो हुन्छ।’

कालीकोटमा छाउगोठको कुरा कम रहेको बुझेको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए। उनले भने, ‘परम्परागत मूल्यमान्यताले गर्दा केही ठाउँमा गोठ बनाएर बस्ने गरेका हुनसक्छन्। बाकी गाईवस्तुको दुध खाएपछि बिरामी हुने, देउता रिसाउने कुरा भनेको कहिलेकाहीं संयोग मात्र हो।’

कर्णालीका १० वटै जिल्लामा २०७६ पुसमा तामझामका साथ छाउगोठ भत्काउने अभियान चल्यो । सरकारको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न गैरसरकारी संस्थाहरूको सक्रियतामा सबै स्थानीय तहका धेरै छाउगोठ भत्काइए । त्यसअघि नै स्थानीय निकाय हुँदा पनि यहाँका प्रायः साविकका गाविसलाई छाउगोठमुक्त घोषणा गरिएको थियो ।

बेलाबखतमा छाउगोठमुक्त घोषणा गरिएका साबिकका गाउँ विकास समितिहरूमा अहिले छाउगोठका स्वरूप फेरिएका छन्। पहिला छाउगोठ नै अलगै बनाएर बसिन्थ्यो भने अहिले प्रहरी प्रशासनलाई छल्नका लागि कुखुरा र बाख्राको खोरमा समेत छाउगोठ बनेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार प्रहरीले सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र कालीकोटमा दुई हजार २३५ छाउगोठ भत्काएको थियो। जसअन्तर्गत सुर्खेतमा एक हजार ९२४, दैलेखमा २५९, जाजरकोटमा ३०, कालीकोटमा २० र सल्यानमा दुई ओटा छाउगोठ भत्काइएका थिए। तर प्रहरी, प्रशासनले छाउगोठ भत्काए पनि देवताको डरले महिला र किशोरीहरू त्यसको वैकल्पिक छाउगोठमा बस्न थालेका हुन्।

प्रहरीले छाउगोठ भत्काए पनि देवता रिसाउने डरले फेरि अस्थायी गोठ बनाएर बस्नुपर्ने बाध्यता रहेको नरहरिनाथ गाउँपालिकाकी पिरिङका बोहोराले बताइन्। ‘बाहिर गोठ बनाए प्रहरीले भत्काइहाल्छ । घरभित्र बसे देवता लाग्ने डर छ। त्यसपछि घरको छेउमै रहेको बाख्राको खोरमा बस्ने गरेकी छु,’ उनले भनिन्, ‘गोठ भत्काएर के गर्नु ? मान्छेको परम्परागत सोच भत्किन सकेन। हामी त मारमा छौं।’

ढोका नभएको घरको एउटा कोठामा बस्दै आए पनि घरमा कसैको अलिकति टाउको दुखे पनि छोइछाइ भएर देउता बिगारी भन्ने आरोपसमेत खेप्नु परेको शुभकालिकाकी डोल्मा शाहीको गुनासो छ। गाउँका अधिकांश महिला छाउगोठमै सुत्ने गरेको उनले बताइन्। 

पहिलेजस्तो छुट्टै गोठ निर्माण नभए पनि बाख्राको खोर, गाइगोठलगायतमा महिलाले महिनावारीका पाँच दिन गुजार्नुपरेको उनको भनाइ छ। महिनावारी भएका बेला घरभन्दा टाढा एक्लै छाउगोठमा बस्दा बलात्कार र दुव्र्यवहारको सिकार हुनुका साथै सर्पले टोकेर, निसास्सिएर र चिसोले मृत्युसम्मका घटना कर्णालीमा हुँदै आएका छन्।
अर्को समाचार
पुस्तौंदेखिको पानीको दुःख अन्त्य: रास्कोटको दलित बस्तीमा घर-आँगनमै स्वच्छ खानेपानी
११ असार २०८२
•
२ मिनेट पाठ
पुस्तौंदेखिको पानीको दुःख अन्त्य: रास्कोटको दलित बस्तीमा घर-आँगनमै स्वच्छ खानेपानी
कालीकोटको रास्कोट नगरपालिकाका दलित बस्तीहरूमा पुस्तौंदेखि चलेको खानेपानीको संकट अन्त्य भएको छ। घण्टौं टाढाबाट पानी बोक्नुपर्ने बाध्यताबाट मुक्त हुँदै घर-आँगनमै धारा जडान भएपछि स्थानीय समुदायमा खुसियाली छाएको छ।




रास्कोट नगरपालिका–३ स्थित सागाटिया, कुमालवाडा र नैकलाटोलका स्थानीयले अब स्वच्छ खानेपानीका लागि संघर्ष गर्नुपर्ने दिन सकिएको बताएका छन्। पाँच किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर यी विकट बस्तीका १७८ घरधुरीमा ‘एक घर, एक धारा’ निर्माण गरिएको हो।

योजना हेल्भेटास नेपाल र रास्कोट नगरपालिकाको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल, कालीकोटको प्राविधिक सहजीकरणमा सम्पन्न भएको हो।

हुरेन्डेक नेपालका प्राविधिक प्रमुख राजेन्द्रबहादुर शाहीका अनुसार, करिब डेढ करोड रुपैयाँको कुल लागतमा दुई वटा आयोजनामार्फत धाराहरू निर्माण गरिएको हो। जसमा स्थानीय समुदायको श्रमदान पनि महत्त्वपूर्ण रहेको छ।

‘एक गाग्री पानी ल्याउन बिहानभरि लाग्थ्यो, घरमा यसरी धारा आउला भन्ने त कल्पना पनि गरेकी थिइनँ,’ स्थानीय गौरा सार्कीले खुसी व्यक्त गर्दै भनिन्, ‘अहिले बचेको समयमा अरू काम गरेर आयआर्जन गर्न थालेका छौं।’

विगतमा खोलाको दूषित पानी पिउन बाध्य स्थानीयको दैनिकी अहिले बदलिएको छ। खानेपानीको सुविधासँगै भाँडा सुकाउने चाँङ, फोहोर फाल्ने खाडल जस्ता सरसफाइका संरचना पनि निर्माण भएका छन्, जसले सिङ्गो बस्तीको जीवनस्तर उकास्न मद्दत पुगेको छ।

रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले यस आयोजनालाई नगरपालिकाको नमुना योजनाको रूपमा लिएको बताउँदै यसको संरक्षण र दिगोपनामा ध्यान दिन स्थानीयलाई आग्रह गरे।

हेल्भेटास नेपालका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डेले पानीका लागि संघर्ष गरिरहेका नागरिकलाई समस्याबाट मुक्ति दिलाउन सफल भएकोमा खुसी व्यक्त गर्दै मर्मत सम्भारमा ध्यान दिन आग्रह गरे।

बुधबार एक कार्यक्रमका बीच उक्त खानेपानी तथा सरसफाइ योजनाको उद्घाटन गरिएको थियो। स्थानीय जयराम सार्कीले भन्छन्, ‘एक जनाको काम नै बिहानभरि पानीको जोहो गर्नु थियो, अब त्यो बाध्यता हटेको छ। गाउँलेले बल्ल सुखको अनुभूति गरेका छन्।’
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस