मोहना नदीको कटानले भजनी नगरपालिका जोखिममा
१४ भदौ २०८१
•
३ मिनेट पाठ
मोहना नदीको कटानले भजनी नगरपालिका जोखिममा
भजनी नगरपालिका–५ पगियाप्रसारका महेन्द्रसिंह बुढाको घरमा यतिबेला कोही छैन। मोहना नदीले कटान गर्दै घर पूर्ण जोखिममा परेपछि महेन्द्रको घरमा मान्छे बस्न सक्ने स्थिति छैन। बर्सेनि नदीको कटानले घरसँगै जोडिएको सडक आधा कटान गरिसकेको छ। सडक कटान भए नदीले धार नै परिवर्तन गर्न सक्ने जोखिम रहेको स्थानीय चन्द्र बोहरा बताउँछन्। मोहना नदीको कटानले बर्सेनि आजित बन्दै आएका उनलाई कुन दिन पूर्ण विस्थापित भएर जानुपर्ने हो भन्ने कुराको चिन्ता छ। बर्सेनि नदी कटान गर्दै बस्ती पस्न थालेपछि चन्द्रजस्तै सयौँ परिवार नदीको कटानले आजित बनेका छन्।




उनका अनुसार जीवनलाई हत्केलामा राखेर मोहनाको तटीय क्षेत्रका नागरिकले जीवनयापन गरिरहेका छन्। स्थानीयको हजारौँ बिघा जग्गाधनीपुर्जा भएको जमिन बगर बनिसकेको छ। नदीले बर्सेनि धार परिवर्तन गर्दै आएको छ। ‘नदी हिजो बग्ने ठाउँ देखायो भने आज कसैलाई पत्याउन गाह्रो हुन्छ। बस्तीमा नदी सर्ने हामी नदीबाट बच्नका लागि घर सार्ने गरेका छौँ। हाम्रो हत्केलामा जीवन छ’, उनी भन्छन्, ‘अब त सर्नका लागि ठाउँ छैन । अन्य ठाउँमा जग्गा छैन।’ त्यस क्षेत्रका नागरिक वर्षा सुरु भएपछि दुःखका दिन सुरु भएको महसुस गर्दै आउनुभएको छ। मोहनाको कटानले कैयौँ परिवार सुकुम्बासी बनेको स्थानीयको भनाइ छ।

सोही ठाउँका झङ्करबहादुर साउद आकाशमा कालो बादल मडारिएपछि रातभर जाग्राम बस्ने गरेको बताउँछन्। नदी बस्तीसम्मै पुगेपछि नदीको पानीको बहाव हेर्न रातिको समयमा स्थानीय परिचालित गर्नुपर्ने स्थिति आएको उनको भनाइ छ। ‘सुरक्षित स्थानमा जानलाई त्यस्तो ठाउँ छैन। यतै बस्नलाई कतिबेला के हुन्छ त्यसको कुनै जानकारी छैन”, उनले भने, “हाम्र पीडा सुन्ने कोही छैन। जसोतसो भगवान् भरोसा आजसम्म सकुशल छौँ भनौँ भोलि कसले देखेको छ र ?’, उनले नदी नियन्त्रणको आशा गर्दागर्दै दिन व्यतित भएको गुनासो गरे।

नागरिकहरू बर्सेनि पीडामा जीवन बिताउन बाध्य हुँदा पनि राज्यले बेखबर भएको दुखेसो सिद्धराज जैशीको छ। राहत, उद्धार तथा अनुगमनका लागि बर्सेनि पुग्ने सरकार नदी नियन्त्रण गर्न आउन नसकेको उनको भनाइ छ। ‘नागरिक पीडामा हुँदा राहत र उद्धारका लागि सबैले पहल गर्छन्। त्यसैगरी नदी नियन्त्रणका लागि पहल गरेको भए सायद भजनीले डुबानबाट छुटकारा पाउथ्यो कि रु’, उनी भन्छन्, ‘हामीलाई राहत चाहिएको छैन। हामीलाई भजनीको डुबानको दीर्घकालीन समाधान चाहिएको छ। हामीलाई त्रासरहित जीवनयापन गर्ने आधार चाहिएको छ।’

भजनी चारैतिरबाट नदीले घेरिएको नगरपालिका हो। यहाँ कान्द्रा, मोहना, काँढा र पथरैया नदी भजनीसँग जोडिएका छन्। ती नदीको पानीको सहज निकास हुन नसक्दा भजनी डुबानमा पर्दै आएको छ। हजारौँ नागरिक बाढी र डुबानका कारण बर्सेनि विस्थापित हुने गरेका छन्।

‘बृहत् योजना ल्याएर चारै नदी नियन्त्रण गर्न सकेमात्र भजनीलाई डुबान र कटानको जोखिमबाट बचाउन सकिन्छ।’ स्थानीय सूर्यबहादुर चौधरी भन्छन्, ‘होइन भने खेतीयोग्य जमिन बगर बन्ने क्रम रोकिने छैन। नागरिकहरूले सहजरूपमा जीवनयापन गर्न सक्ने छैनन्।’

भजनी नगरपालिका–५ का वडाध्यक्ष केशव बुढाले सङ्घीय सरकारका प्रतिनिधि आएर कैयौँपटक नदी नियन्त्रणका लागि सर्भे गरेर गएको बताउँदै योजनासहित कोही नफर्केको गुनासो गरे। उनले नगरपालिकाको स्रोतसाधनले नदी नियन्त्रण गर्न सक्ने स्थिति नरहेको बताउँदै सङ्घीय सरकारको बृहत् योजनाको आशामा भजनी रहेको बताए।

‘हामीले हाम्रो स्रोतबाट हुनसक्ने काम गरेका छौँ । त्यो भनेको जैविक तटबन्धमात्रै हो। त्यसका लागि गत वर्ष पनि १६ लाख खर्च भएकै हो। तर अहिले त्यो जैविक तटबन्ध कहाँ भएको हो थाहा नपाउने स्थिति छ।’ वडाध्यक्ष बुढाले भने, ‘यसपटक पनि प्रदेश र सङ्घ सरकारलाई आग्रह गरेका छौँ। आशा गरौँ बजेट आउँछ कि ?’

उनका अनुसार मोहनाको कटानबाट करिब दुई सय ५० परिवार उच्च जोखिममा छन्। नदीले धार परिवर्तन गर्दा बस्तीसँगै हजारौँ खेतीयोग्य जमिन थप बगर बन्ने देखिएको छ। अहिले पनि स्थानीय सरकारसँगको समन्वयमा जैविक तटबन्धको काम भइरहेको छ।

‘जहाँ बढी जोखिम छ, त्यहाँ स्थानीयको जनश्रमदानबाट जैविक तटबन्धको काम भइरहेको छ’, वडाध्यक्ष बुढा भन्छन्, ‘जसोतसो यो बर्खा कटे त्यसपछि केही विकल्पमा काम गर्न सकिन्थ्यो’, अहिले पनि भजनी त्रासमा छ।- रासस
अर्को समाचार
श्राद्ध गर्न जाँदा गोदावरी टापुमा फसेका ६ जनाको उद्धार
२५ असार २०८२
•
२ मिनेट पाठ
श्राद्ध गर्न जाँदा गोदावरी टापुमा फसेका ६ जनाको उद्धार
कैलालीको गोदावरी नदीमा श्राद्ध गर्न गएका ६ जनाको सकुशल उद्धार गरिएको छ। सुरक्षाकर्मीको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको हो।




मुसलधारे वर्षापछि नदीमा पानीको बहाव ह्वात्तै बढ्दा उनीहरू नदीको बीच टापुमै फसेका थिए।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरिक्षक लोक राज जोशीका अनुसार बुधबार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीको टापुमा श्राद्ध गरिरहेका बेला अचानक भारी वर्षा भएको थियो।

वर्षाका कारण नदीको सतह बढेर टापु चारैतिरबाट घेरिएपछि उनीहरू फर्कन नसकी अड्किएका थिए। नदीमा मानिस फसेको जानकारी अस्थायी प्रहरी पोष्ट, गोदावरीमा प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको प्रहरी निरिक्षक जोशीले बताए।

उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली समेत खटिएको थियो।

उद्धार कार्यको अनुगमनका लागि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा, सशस्त्र प्रहरी बल नं. ३४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रञ्जित र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख उप-अनुसन्धान निर्देशक महेश बहादुर बोहरा घटनास्थल पुगेका थिए।

प्रहरी निरीक्षक जोशीका अनुसार उद्धार गरिएका सबै जना कञ्चनपुरका बासिन्दा हुन्।

उद्धार गरिएकाहरूमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ बस्ने ६५ वर्षीय पल्लु सार्की, ६५ वर्षीया भागेश्वरी सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय विकट सार्की, ३५ वर्षीय वीर सार्की तथा बेदकोट नगरपालिका-७ बस्ने २८ वर्षीय अब्दुल सार्की रहेका छन्।

 उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस