सीप सिकाउन कार्यविधि संशोधन
१८ भदौ २०८१
•
३ मिनेट पाठ
सीप सिकाउन कार्यविधि संशोधन
घरेलु तथा साना उद्योग कार्यालय मार्फत सञ्चालन हुने गरि प्रदेश सरकारले सीप परीक्षण तालिम सञ्चालन गर्ने निर्णय  गर्यो । सीप परीक्षण तालिम सञ्चालन गर्ने र नागरिकलाई उद्यमसँग जोड्ने सरकारको लक्ष्य अनुरूप प्रदेशको तत्कालीन उद्योग मन्त्रालयले यो कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनायो । 




तर तत्कालीन सरकारले बनाएको कार्यविधिकै कारण नागरिकलाई उद्यमसँग जोड्ने यो कार्यक्रम गत वर्ष प्रदेशमा फलदायी बन्न सकेन । 

कार्यक्रम सञ्चालन हुन नसक्दा यो कार्यक्रमका लागि विनियोजन भएको ठुलो रकम फ्रिज भएको थियो । ‘कार्यक्रम सञ्चालनका लागि कार्यविधि बन्यो, तर कार्यविधि केही जटिल प्रकृतिको बन्यो,’उद्योग, पर्यटन तथा यातायात मन्त्रालय स्रोतले भन्यो ‘कार्यक्रम नै सञ्चालन हुन नसक्दा रकम फ्रिज समेत गयो ।’ 

यो कार्यक्रम सञ्चालनका लागि सिटिईभिटीका दोस्रो श्रेणी (डिप्लोमा तह) का प्रशिक्षकहरू आवश्यक पर्ने कार्यविधिमा उल्लेख गरिएको थियो । तर दोस्रो श्रेणीका प्रशिक्षकहरू प्रदेशमा उपलब्ध हुन सकेनन् । फलतः यो कार्यक्रम प्रदेशमा प्रभावकारी बन्न सकेन । ‘कार्यविधिमा सिटिईभिटीबाट मान्यता प्राप्त दोस्रो श्रेणीका प्रशिक्षकहरू प्रशिक्षकका रुपमा रहने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको थियो,’ स्रोतले भन्यो ‘यो कार्यविधि अनुसारको प्रशिक्षक प्रदेशमा उपलब्ध हुन नसकेपछि कार्यक्रम प्रभावकारी बन्न सकेन ।’ मन्त्रालय स्रोतका अनुसार गत वर्ष प्रदेश भर ३० बढी कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयको योजना थियो । तर जटिल कार्यविधिकै कारण आधा भन्दा बढी कार्यक्रम चल्न सकेनन् । 

कार्यविधिकै कारण सीप परीक्षण सम्बन्धी तालिम सञ्चालन हुन नसकेपछि हालका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले यो जटिलता अन्त्य हुने गरि कार्यविधि संशोधन गरिदिएका छन् । आफ्नो मन्त्रालय मार्फत हुने यो कार्यक्रम सञ्चालनमा सहजता ल्याउने उनले दोस्रो श्रेणीका प्रशिक्षकको अनिवार्यतालाई हटाई दिएका छन् । दोस्रो श्रेणीका प्रशिक्षक हुनै पर्ने कार्यविधिलाई संशोधन गरेर उनले सहायक प्रशिक्षकको योग्यता भएका प्रशिक्षकले समेत प्रशिक्षण दिन सकिने व्यवस्था गरिदिएका छन् । 

‘प्रदेशमा सञ्चालन हुने सीप परीक्षण तालिम सञ्चालनका लागि कार्यविधि केही जटिल प्रकारको बनेको रहेछ, कार्यविधि अनुसारको प्रशिक्षकको व्यवस्थापन हुन नसक्दा कार्यक्रम नै प्रभावित समेत भएको रहेछ,’ मन्त्री न्यौपानेले भने ‘यसर्थ यो कार्यविधिलाई संशोधन गरेर सहज ढङ्गबाट कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाइएको छ, कार्यविधिलाई सच्याएर प्रदेशवासीले यो अवसर प्राप्त गर्न सक्ने वातावरण निर्माण गरेका छौँ ।’ मन्त्री न्यौपानेले मन्त्रालयको कार्यभार सम्हाल्दा उनले यसै कार्यविधि संशोधन गर्ने आफ्नो पहिलो निर्णय गरेका थिए । कार्यविधि संशोधन पछि यो कार्यक्रम अब सहज ढङ्गबाट सञ्चालन हुने भएको छ ।

दोस्रो श्रेणीका प्रशिक्षक उपलब्ध नभए सहायक प्रशिक्षकको योग्यता भएका प्रशिक्षकले समेत प्रशिक्षण दिन पाउने व्यवस्था भएपछि घरेलु तथा साना उद्योग कार्यालयहरू यो कार्यक्रम सञ्चालनको तयारीमा जुटिसकेका छन् । ‘प्रदेशमा दोस्रो श्रेणीका प्रशिक्षकहरूको अभाव भएका कारण यो कार्यक्रम प्रभावित भएको रहेछ,’ मन्त्री न्यौपानेले भने ‘अब सहायक प्रशिक्षकको योग्यता भएका प्रशिक्षकले समेत प्रशिक्षण दिने व्यवस्था भएपछि सहज भएको छ, सहायक प्रशिक्षकको योग्यता भएका प्रशिक्षकहरू प्रदेशमै उपलब्ध हुने अवस्था छ ।’ अघिल्लो वर्ष प्रदेशमा दुई तहका प्रशिक्षक उपलब्ध नभएपछि काठमाडौँबाट समेत ल्याउन खोजिएको थियो । तर काठमाडौँबाट दोस्रो श्रेणीका प्रशिक्षकहरू आउन मानेका थिएनन् ।

३ सय ९० देखि ४ सय ८ घण्टे यो तालिम सञ्चालन गर्ने प्रदेश मन्त्रालयको कार्यविधि छ । यो तालिमका लागि प्रशिक्षकहरूको उपलब्धता सहज हुने भएपछि घरेलु तथा साना उद्योग कार्यालयहरूले तालिम सञ्चालनका लागि सूचना समेत प्रकाशन गर्न थालिसकेका छन् । 
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस