डुडुवा खोलामा नयाँ पुल निर्माण भएपछि आवागमनमा सहज
१९ भदौ २०८१
•
२ मिनेट पाठ
डुडुवा खोलामा नयाँ पुल निर्माण भएपछि आवागमनमा सहज
नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमनमा सहज भएको छ। यसबाट डुडुवाखोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार गर्न पालो पर्खिनुपर्ने बाध्यता हटेको छ।




यसअघि पुल साँघुरो भएका कारण एकतर्फी मात्र सवारीसाधनले पुल वारपार गर्नुपर्ने अवस्था थियो। डुडुवामा दुई लेन फराकिलो नयाँ पुल बनेपछि सवारीसाधन आवागमनमा सहज भएको नरैनापुर–३ निवासी ताजमोहम्मद खानले बताए।

नयाँ पुल सञ्चालनमा आएपछि समयको बचतसँगै दुर्घटनाको जोखिम हटेको उनको भनाइ छ। यो पुलको निर्माण तोकिएको समयभन्दा करिब छ महिनाअघि नै सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले बताए।

आगामी पुस महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनी नारायणम निर्माण सेवा प्रालि नेपालगञ्जले गत असारभित्रै सम्पन्न गरेको उनले जानकारी दिए।

उनका अनुसार, हुलाकी सडकअन्तर्गत यसअघि निर्माण गरिएको पुल साँघुरो भएपछि नयाँ पुल निर्माण गरिएको हो। नयाँ पुल दुवैतर्फ एक दशमलव ७५ मिटर पदमार्गसहित ११ मिटर चौडाइको छ। दुई स्पान रहेको पुल ६६ मिटर लामो छ।

पुल निर्माण २०८१ पुस ४ गते सम्पन्न गर्नेगरी २०७९ असार ५ गते सम्झौता भएको थियो। निर्माण कम्पनीले निर्धारित समयभन्दा छ महिनाअघि २०८१ असार २३ गते नै निर्माण सम्पन्न गरेको हो।

१० करोड ७१ लाखमा पुल निर्माण हुने सम्झौतामा उल्लेख भए पनि रु १० करोड ४३ लाखमा काम सम्पन्न भएको आयोजना प्रमुख भण्डारीले बताए।

यो पुल निर्माण भएपछि बाँकेको डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकासहित नेपालगञ्ज सिधनिया हुँदै अगैयास्थित पूूर्व–पश्चिम राजमार्ग पुग्ने नागरिकलाई आवागमनमा सहजता भएको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले बताए।

नेपालगञ्ज–बघौडा सडकको पुष्पलाल चोकबाट डुडुवाखोला पुलसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएको छ। सडकखण्डमा दुवैतर्फ सडक विस्तार गरी कालोपत्र भएपछि सवारीको चाप पनि बढ्दै गएको छ। 

नेपालगञ्जबाट राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको हुलाकी सडकको दूरी छोटो भएका कारण नेपालगञ्जबाट पूर्वपश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले विकल्पमा यो सडक प्रयोग गर्दै आएको राप्ती सोनारीका अगुवा तुलसी थारूले बताए।

नेपालगञ्जदेखि राप्तीपारी हुँदै अगैयासम्म सडकको दूरी करिब ३५ किलोमिटर छ भने कोहलपुरबाट पूर्वपश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज हुँदै अगैया पुग्नका लागि करिब ६१ किलोमिटरको दूरी छ। 

दूरी छोटो पर्ने भएकाले सवारीसाधनले अगैयासम्म पुग्नका लागि डुडुवा पुल हुँदै राप्तीपारीकै सडक रोज्ने गरेका छन्।-रासस
अर्को समाचार
नेपाली कांग्रेसका स्थानीय नेताकाे हत्या
२१ चैत्र २०८१
•
२ मिनेट पाठ
नेपाली कांग्रेसका स्थानीय नेताकाे हत्या
नेपाली कांग्रेसका स्थानीय नेता दुर्गाबहादुर पुन मगरको हत्या भएको छ। गएराति (बिहीबार) पार्टीको काम सकेर घर फर्किंदै गर्दा कोहलपुर-७ का पूर्व वडासदस्य तथा बहालवाला वडा उपसभापति ३९ वर्षीय पुनको हत्या भएको हो।




सोही वडाका केही युवाको समूहले धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घटनामा संलग्न कोहलपुर-४ का २३ वर्षीय राजु सुनारलाई प्रहरीले पक्राउ गरेको छ। तर, प्रहरीका अनुसार पीडित परिवारले अहिलेसम्म जाहेरी दिएको छैन। मृतक पुनको घर बनखेत नजिकै रहेको रजगडवा नजिकको झोलुंगे पुलमा हत्या भएको थियो। 

जाहेरी नपरे पनि पक्राउ परेका राजुले कुटपिट गरेको र कुटपिटबाटै हत्या भएको स्वीकार गरेका छन्। प्रमाण र उनको बयानका आधारमा कारबाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

मृतकका आफन्तका अनुसार, पुनले हत्यामा संलग्न व्यक्तिलाई लागुऔषध प्रयोग र चुरोट सेवन गर्न नहुने भन्दै सम्झाउँदै आएका थिए। सोही कारण हत्या भएको परिवारको भनाइ छ। तर, पक्राउ परेका राजुले प्रहरीमा दिएको बयानमा पुनले अनावश्यक गाली गरेकोले कुटपिट गरेको बताएका छन्। यो कुरा प्रहरी स्रोतले जनाएको छ।

नेपाली कांग्रेस बाँकेले घटनाको भर्त्सना गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। पार्टीको कामबाट घर फर्किंदै गर्दा राजनीतिक प्रतिशोध र रनजिशका कारण हत्या भएको जिल्ला सभापति नारायण गौडेलले विज्ञप्तिमा उल्लेख गरे। कोहलपुर प्रहरीले अहिलेसम्म एक जना मात्र संलग्न देखिएको बताए पनि कांग्रेसले सामूहिक हत्या भएको दाबी गरेको छ।

घटनामा राजुसँगै अन्य दुई व्यक्ति पनि संलग्न भएको आशंका छ। कांग्रेसको विज्ञप्तिले पनि यही कुरालाई संकेत गरेको छ। यसबारे नागरिकले टेलिफोनमा अन्य व्यक्ति फरार भएको हो भन्ने प्रश्न गर्दा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने, ‘अहिलेसम्म अन्य व्यक्तिको जानकारी आएको छैन। त्यो होइन।’
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस