ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
१९ भदौ २०८१
•
३ मिनेट पाठ
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन्। किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन्। गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए। मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय धार्नी ऊन बिक्री नभएको उनको भनाइ छ।




‘पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ’, किसान कठेतले भने, ‘गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ। ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ।’ विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी रु सात सयमा बिक्री हुने गरेको थियो। अहिले छिमेकी जिल्ला खोटाङ पुर्याएमा मुस्किलले प्रतिकेजी एक सय ५० मा बिक्री हुने उनको भनाइ छ। ढुवानीलगायत कारण यसरी बिक्री गरिएको ऊनबाट किसानलाई लाभ नहुने उनले जानकारी दिए।

त्यहाँसम्म पुर्याउन नै समस्या रहेको कठेतले बताए। उत्पादित ऊन बिक्री नहुँदा कुहिएर जाने अवस्था आएको छ। ऊनबाट बनेको राडीपाखी लुकुनीलगायत बजारमा राम्रो माग भए पनि उत्पादनमा समस्या रहेको उनले बताए। राडीपाखी बुन्ने काम नयाँ पुस्ताको रोजाइमा नपर्दा कच्चा पदार्थका रूपमा रहेको ऊन नै बिक्री हुन नसकेको उनको भनाइ छ।

किसान कठेतले विगत १५ वर्षअघिबाट व्यावसायिक रूपमा भेडापालन व्यवसाय गर्दै आएको बताए। भेडालाई वर्षमा दुईपटक मुन्डन गरिने उनको भनाइ छ। आफूसँग रहेका ५० वटा भेडालाई मुन्डन गर्दा एकपटकमा सात धार्नीसम्म ऊन उत्पादन हुने उनी बताउँछन्। गत वर्षको ऊन नै बिक्री नभएको कठेतले बताए। ऊनालु चारवटा भेडाको एक धार्नी ऊन उत्पादन हुने उनको भनाइ छ।

हाल मैयुङ क्षेत्रमा भोजपुर र खोटाङ गरी २० वटा भेडीगोठ रहेको उनले जानकारी दिए। एक भेडीगोठमा न्यूनतम एक सयदेखि अधिकतम पाँच सय वटासम्म भेडा रहेको उनले बताए। यहाँको मैयुङ, छिमालुङ, गिद्धे, मेरुङलगायत स्थानमा भेडापालन हुने गरेको छ।

भेडापालक किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री हुन छाडेपछि समस्या थपिएको किसान शेरबहादुर कठेतले बताए। सामुदायिक वनमा चरिचरनको लागि शुल्क तिर्नुपर्दा किसान थप मारमा परेको उनको भनाइ छ। विभिन्न समयमा भेडामा देखिने रोग, घरपालुवा कुकुर तथा भालुले भेडा मारिदिनेलगायत समस्याले पुख्र्यौली व्यवसाय धान्न मुस्किल पर्ने अवस्था रहेको उनले बताए।

‘भेडापालन व्यवसायमा धेरै समस्या छन्’ उनले भने, ‘लेकाली भेगमा गरिने पेशा भएकाले दुःख धेरै छ। त्योसँगै ऊन बिक्री हुन छाडेको अवस्था छ। विभिन्न रोग तथा घरपालुवा कुकुर, भालुलगायत जङ्गली जन्तुले भेडा मारिदिँदा धेरै क्षति हुन्छ।’

ऊन बिक्री हुन छाडेपनि भेडाको मासु, घ्यू तथा भेडाको बोका ९बल्याख्रा०को बिक्रीबाट घरपरिवार चलाउँदै आएको उनी बताउँछन्। भेडाको घ्यू डढेको, पोलेको घाउमा औषधिका रूपमा प्रयोग हुने उनले जानकारी दिए। भेडाको मासु प्रतिकेजी एक हजार पाँच सयदेखि दुई हजारसम्म र घ्यू प्रतिमाना रु दुई हजारमा बिक्री हुने उनले बताए।

भेडाको चार–पाँच महिनाको बोका रु १५ हजारदेखि १८ हजारसम्ममा बिक्री हुने उनको भनाइ छ। भेडाको बोकाको भने धेरै माग हुने उनले बताए। भेडापालनमा नयाँ पुस्तालाई आकर्षित गर्न राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनी बताउँछन्। भेडापालन व्यवसायलाई संरक्षण नगरिएमा केही समयपश्चात पेशा नै सङ्कटमा पर्ने अवस्था रहेको उनले बताए। 
अर्को समाचार
भोजपुर घटना: १४ वर्षमा प्रेम विवाह, बुवा-आमाले पठाउन नमानेपछि सामूहिक हत्या
२२ असार २०८२
•
४ मिनेट पाठ
भोजपुर घटना: १४ वर्षमा प्रेम विवाह, बुवा-आमाले पठाउन नमानेपछि सामूहिक हत्या
भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा शनिबार मध्यराति भएको एक क्रूर घटनाले सिंगो गाउँलाई स्तब्ध बनाएको छ।




सधैंजस्तो शान्त रात एकाएक नरसंहारमा परिणत भएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ को धोद्लेखानी बोन्थिताङमा एकै परिवारका ४ जनाको हत्या भएको छ।

शनिबार राति भोजपुर नगरपालिका–२ हेलाउँछका ३० वर्षीय राजेन्द्र राईले उनीहरूको हत्या गरेका हुन्।

उनले आफ्नै ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी, करिब १५ वर्षीया श्रीमती मनिषा गिरी र १० वर्षीय सालो सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक उमेशप्रसाद यादवले नागरिकन्युजलाई जानकारी दिए।

बाँसको छाप्रोले बनेको घरभित्र खाटमा उनीहरूको शव फेला परेको थियो। यादवका अनुसार चार जनाको सामूहिक हत्या गरेपछि राजेन्द्र आफैंले जिल्ला प्रहरी कार्यालय, भोजपुरको प्रहरी कन्ट्रोल १०० मा फोन गरी भनेका थिए, ‘मैले मान्छे मारेँ, मलाई लिन आउनु।’

प्रहरी कन्ट्रोलमा फोन आउनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट टोली खटिएको थियो। यादवका अनुसार राजेन्द्र श्रीमती लिन पाँच दिनअघि ससुराली घर आएका थिए।

राति सुतिरहेको बेला सासू, ससुरा, श्रीमती र सालोले आफूमाथि सामूहिक रूपमा आक्रमण गर्न आएको राजेन्द्रले प्रहरीलाई बताएका छन्।

सोही क्रममा आफूलाई बचाउन प्रतिकार गर्न खोज्दा हत्या भएको राजेन्द्रले प्रहरी समक्ष बयान दिएको प्रहरी निरीक्षक यादवले नागरिकन्युजलाई जानकारी दिए।

गए राति करिब १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएकाले तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक यादवले सुनाए।

उनका अनुसार ज्वाइँ राजेन्द्रको पेटमा पनि तीन ठाउँमा धारिलो हतियारले प्रहार भएको घाउ देखिएको छ। साथै, राजेन्द्रको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको यादवले जानकारी दिए।

सुरुमा जिल्ला अस्पताल, भोजपुरमा उपचारका लागि लगिएकामा थप उपचारका लागि अस्पतालले उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर भई उपचार भइरहेको छ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा उनले आफूमाथि परिवारका सबैले आक्रमण गरेपछि प्रतिकार गरेको दाबी गरेका छन्। त्यही कारण प्रहरीलाई फोन गरेको समेत उनले बताए।

रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईका अनुसार राजेन्द्रले एक वर्षअघि मात्रै १४ वर्षकी मनिषासँग बिहे गरेका थिए। राजेन्द्र गाउँकै एक फर्निचर कारखानामा मजदुरी गर्दै आएका थिए।

राजेन्द्रको घरको आर्थिक अवस्था कमजोर देखेपछि मनिषाकी आमाले माइतीमै लगेको उनले बताए।

‘बच्चाको १४ वर्षको उमेरमा बिहे भयो, आमा र परिवारले नमानेका त होइनन् तर केटाको आर्थिक अवस्था कमजोर देखेपछि पछिल्लो समय आमाले छोरीलाई लिएर घरमा आएकी थिइन्,’ अध्यक्ष राईले भने।

‘तर श्रीमती लिन आएका उनलाई परिवारले छोरी दिएनन्, त्यही विषयमा शनिबार राति पनि झगडा भएको रहेछ र यस्तो बीभत्स घटना हुन पुग्यो,’ उनले भने।

यस्तै राजेन्द्र र मनिषाबीच अन्तरजातीय बिहे पनि भएकाले हत्या हुनुमा यो पनि एक कारण हुन सक्ने अध्यक्ष राईले अनुमान लगाए। प्रहरीले अहिले यो घटनालाई विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको घटनास्थलमा खटिएका ओख्रे अस्थायी प्रहरी चौकीका प्रहरी निरीक्षक अनिलकुमार साहले नागरिक न्युजलाई जानकारी दिए।

उनका अनुसार मृतक परिवार र राजेन्द्रका बारेमा स्थानीयसँग सोधपुछ भइरहेको छ। घाइते अवस्थामा भेटिएका राजेन्द्रले हत्या गरेको स्वीकार गरेको उनले बताए।

आइतबार चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए।

मृतक गिरी दम्पतीका तीन छोरा र एक छोरी काठमाडौंमा बस्दै आएका छन्। यसअघि ७ जेठ २०७६ मा पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा दुई परिवारका ९ जनाको हत्या भएको थियो।

त्यस बेला हत्यामा संलग्न व्यक्ति २५ किलोमिटर पर रूखमा झुण्डिरहेको अवस्थामा फेला परेका थिए। यी यस्ता घटना केवल कानुनी अपराध मात्र होइनन्, सामाजिक चेतनाको गहिरो खाडल पनि हुन्।

बाल विवाह, अन्तरजातीय बिहे, पारिवारिक संवादको अभाव र विवाद समाधानमा हिंसात्मक प्रवृत्तिको बढ्दो जोखिमले नेपाली समाज अझै कति असुरक्षित छ भन्ने देखाएको छ।

नेपालको प्रचलित कानुन अनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु गैरकानुनी हो। तथापि, देशका ग्रामीण क्षेत्रमा अझै पनि बाल विवाहका घटना बेलाबेला देखिन्छन्। जसले कानुनी मात्र होइन, मानवीय संकट निम्त्याइरहेका छन्।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस