ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले सडक मानवमुक्त क्षेत्र बनाउने अभियान सुरु गरेको छ। ‘होप फर अल’नामको संस्थासँग मिलेर गाउँपालिकाले अभियान प्रारम्भ गरेको हो। अभियानको क्रममा विगत ५÷६ वर्षदेखि पालिकाको वडा नम्बर १ दोभान बजारमा रहेका दुईजना सडक मानवलाई उद्धार गरी जीवनरक्षाको पहल थालिएको छ।
पालिका अध्यक्ष युकहाँवीर (डम्बर) हाङ्गामले घरबासविहीन भई सडकपेटीमा रहेका एक महिला र एक पुरुषलाई उद्धार गरिएको जानकारी दिए। उनका अनुसार भारतीय मूलकी एक महिलालाई सुनसरीको इटहरीस्थित मायाघर र भारतीय मूलकै पुरुषलाई झापास्थित ‘आफ्नो घर नेपाल आश्रम’मा लगिएको छ।
मानसिक सन्तुलन गुमाएका दुवै जनालाई उद्धार गरिएको केन्द्रमार्फत मनोसामाजिक परामर्शसमेत सेवा प्रदान हुने हाङ्गामले बताए। ‘होप फर अल’ले यसअघि पनि ताप्लेजुङका विभिन्न स्थानमा रहेका सडक मानवको उद्धार तथा लागु औषध दुव्र्यसन र कुलतविरुद्ध जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
संघीय सरकारले सडकलाई मानव आवासमुक्त बनाउने घोषणा गरे पनि नेपालका थुप्रै स्थानमा अझै पनि सडक मानव भेटिन्छन्। एक पटक उद्धार गरेपछि उनीहरूको दीर्घकालीन व्यवस्थापनमा सरकारले उचित ध्यान दिने हो भने सडक मानवको संख्यालाई शून्यमा झार्न कठिन नहुने अधिकारकर्मी खड्गविक्रम सुवेदी बताउँछन्।
सडक मानवको अवस्थाले देश, प्रदेश र स्थानीय सरकारको अवस्थाको पनि चित्रण गर्ने भएकाले सडक मानव मुक्त क्षेत्र बनाउन मेरिङदेनले लिएको पहलकदमी प्रशंसनीय रहेको सुवेदीले बताए।