व्यावसायिक सतुवा खेतीमा नरहरिनाथका किसान
२६ भदौ २०८१
•
२ मिनेट पाठ
व्यावसायिक सतुवा खेतीमा नरहरिनाथका किसान
कालीकोटको नरहरिनाथ गाउँपालिकामा दुई जना किसानले व्यावसायिक सतुवा खेती गरेका छन्। गाउँपालिका–५ रुप्साका जसमल बोगटी र वडा नं ७ माल्कोटका श्याम बटालाले सतुवा खेती गर्दै आएका हुन्। पाँच वर्षअघि परीक्षणका लागि जङ्गलबाट ल्याएको सतुवा खेती गरेका उनीहरूले पछिल्लो समय त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाएका हुन्। उनीहरूले हाल सतुवाको बीउ पनि उत्पादन गरिरहेका छन्।




सतुवा एक प्रकारको जङ्गली जडिबुटी हो। त्यसैको खेती गरेर हाल आफूले राम्रो आम्दानी गरिरहेको बताउँछन् बोगटी। उहाँ भन्छन्,‘सतुवा एउटा जङ्गली जडीबुटीको हो, पाच वर्षअघि परीक्षणका रूपमा सुरु रहेको थिए, त्यो सफल भएपछि पछिल्ला केही वर्षदेखि व्यावसायिक खेती गर्न थालेको हुँ। हालसम्म १० क्वीन्टल जति बिक्री गरेँ हुँला’, उनले भने।

बोगटीले करिब ५० हजार सुतवाका बिरुवाको नर्सरी लगाएका छन्। ‘नर्सरीमा उत्पादन भएका बीउ प्रतिकेजी १० हजारदेखि १५ हजारसम्म बिक्री हुने गरेको छ। हाल पाँच केजी बीउ उत्पादन गरेको छु’, उनले भने, ‘यो महँगो खाले जडिबुटी हो। अब सय क्वीन्टलसम्म बनाएर बिक्री गर्ने लक्ष्य राखेको छु।’

उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ। अर्का कृषक श्याम बटालाले भने, ‘सतुवा विशेषगरी पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामी तथा गाईभैँसी बिरामी हुँदा खुवाइने चलन छ। पाँच वर्षदेखि यसको व्यावसायिक खेती गर्दै आएको छु।’ 

उनले बिक्रीको समस्या नहुने तथा पर्याप्त मूल्य पाइने भएकाले खेती सुरु गरेको बताए। ‘तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ। मैले खेती गरेको पाँच वर्ष भयो, हाल मसँग १५ क्वीन्टल जति सतुवा छ। यसलाई बढाएर मात्रै एकमुष्ट बिक्री गर्ने लक्ष्य राखेको छु।’

बीउको राम्रो मूल्य

बोगटीले सतुवाको बीउको मूल्य र बजार माग पनि राम्रो रहेको सुनाए। ‘सतुवाको बीउको मूल्य बजारमा राम्रो छ’, उनले भने, “यसको बजार मूल्य प्रतिकेजी १५ हजारदेखि २० हजारमा पर्ने गरेको छ।’

सुरुमा उत्पादन भएको सतुवाको बीउको मूल्य थाहा नभएका कारणले सस्तोमा बिक्री गरेको अहिले बजार मूल्य थाहा पाएर महँगोमा बिक्री गर्ने गरेको बोगटीले बताए। ‘जति बढी खेती ग¥यो, त्यति बढी बीउ उत्पादन हुन्छ। विगतमा मैले एक केजी मात्र उत्पादन गर्ने गरेको भए अहिले त्यो बढ्दै गएको छ’, उनले भने।

किसान बोगटी भने प्रचारप्रसारको अभावमा बजार विस्तार हुननसकेको बताउँछन्। ‘अहिले प्रचारप्रसारको अभावले बीउ बिक्री हुन सकेको छैन। अलिकति बेचे पनि अझै १० केजी बीउ मौज्दात रहेको छ’, उनले भने।

कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाएर देशलाई आत्मनिर्भर बनाउने उद्देश्य राखिए पनि कुनै पनि सरकारी निकायले प्रचारप्रसार र बजारीकरणका लागि सहयोग नगरेको दुवै किसानको गुनासो छ।

‘यो खेती र सतुवाको महत्वबारे प्रचार हुनसकेमा जिल्लामा मात्रै होइन अन्य क्षेत्रमा पनि यसको माग बढ्ने विश्वास छ। अन्य खेतीका लागि सरकारले नै अनुदान दिएर प्रोत्साहन गरिरहेको छ तर यस खेतीको प्रवर्द्धनका लागि कुनै काम भएको छैन’, दुवैको एउटै गुनासो छ।-रासस
अर्को समाचार
फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान
१४ असार २०८१
•
१ मिनेट पाठ
फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान
फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई ५० रुपैयाँ अनुदान दिने भएको छ।




आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटमा एउटै जातका २५ बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने व्यवस्था गरिएको हो।

अनुदान पाउन किसानले न्यूनतम २५ फलफूलका बिरुवा हुर्काएको हुनैपर्ने गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले  जानकारी दिए।

'किसानलाई कृषिमा प्रोत्साहन गर्नका लागि एउटै जातका २५ बिरुवा फलफूलका रोप्नेलाई अनुदानको व्यवस्था गरेका हौँ', उनले भने,'यसले गाउँपालिकामा फलफूल उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छौँ।'

फलफूल बगैँचा स्थापना कार्यक्रमलाई अभियानका रुपमा लिइने र फलफूलको बगैँचा स्थापना गर्ने कृषकलाई प्रतिबिरुवा रु ५० का दरले बिरुवा स्याहार खर्च ९उत्पादनका आधारित प्रोत्साहन० उपलब्ध गराइने अध्यक्ष विष्टले बताए।

ुखाद्यान्न बालीमा आत्मनिर्भर बनाउन खाद्यान्न बालीको बिज वृद्धि कार्यक्रम सञ्चालन, कृषिउपजको बजारीकरण तथा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने लक्ष्य छु, उनले भने।

कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई प्रशोधन गरी कृषकलाई उच्च लाभ हासिल गर्न प्रशोधन केन्द्र स्थापना, उद्यमी, उद्यमी समूह र सहकारी संस्थालाई विशेष अनुदानको व्यवस्था गरिएको अध्यक्ष विष्टले जानकारी दिए। रासस
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस