नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्राथमिकतामा
२७ भदौ २०८१
•
२ मिनेट पाठ
नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्राथमिकतामा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा रहेको बताएका छन्। नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले बुधबार धरानमा आयोजना गरेको ‘भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उनले दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकारले मुलुकमा विद्यमान समस्या समाधान गरी नागरिकमैत्री सेवा प्रवाहमा जोड दिएको बताए।




मन्त्री खड्काले संसद्का दुई ठूला दल मिलेर बनेको वर्तमान गठबन्धनले जनतामा आशा जगाउने काम गरेको भन्दै स्थिर सरकारका माध्यमबाट विकास, निर्माणमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने धारणा राखे। ‘विगतमा छिटोछिटो सरकार परिवर्तन हुँदा विकास निर्माणले गति लिन सकेको थिएन, अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म जान्छ, हरेक व्यक्तिले आफ्नो दायित्व निर्वाह गररे देश विकासमा सहयोग पुर्‍याउनु आवश्यक छ’, उनले भने।

मन्त्री खड्काले संविधानलाई समयसापेक्ष परिवर्तन गर्दै लैजान सकिने बताए। ‘देश विकास, स्वदेशमा रोजगारी सिर्जना, स्वास्थ्य सेवालगायत जनतालाई कसरी सहज सेवा प्रवाह गर्न सकिन्छ त्यसतर्फ सरकार लागिरहेको छ’, उनले भने। सीमित स्रोतसाधनका बीच सरकारले विकास निर्माणलाई अगाडि बढाएको उनको भनाइ छ।

ऊर्जामन्त्री खड्काले पूरा हुन नसकेका जलविद्युत् आयोजनालाई अगाडि बढाउन सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताए। ‘कर्णाली चिसापानी, अपर अरुण, पञ्चेश्वर, बुढीगण्डकी, तमोरजस्ता आयोजनालाई अगाडि बढाउन सकिए ऊर्जा र सिँचाइमार्फत देश समृद्ध बनाउन सकिन्छ, त्यसमा सरकारले योजनाबद्ध काम गरिरहेको’, उनले भने।

उनले देशमा भएका स्रोतसाधनको अधिकतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा सरकार अगाडि बढेको उल्लेख गरे। आगामी एक वर्षभित्र देशैभरी विद्युतीकरण भइसक्ने उनको भनाइ छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले स्थानीयस्तरमा देखिएका ऊर्जासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा, नेपाली कांग्रेस सुनसरीका सभापति एवं इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठलगायतले धरान र आसपासबाट बग्ने नदी, खोला तथा खहरेको तटबन्धन गर्नुपर्ने, हाइटेन्सन लाइन व्यवस्थापन गर्नुपर्ने, सडकबत्तीको महसुल घटाउनुपर्नेलगायत माग उर्जामन्त्री समक्ष राखेका थिए। 
अर्को समाचार
धरानमा मेयर-उपमेयर विवाद उत्कर्षमा: एकअर्काविरुद्ध किर्ते र भ्रष्टाचारको आरोप-प्रत्यारोप
०५ असार २०८२
•
३ मिनेट पाठ
धरानमा मेयर-उपमेयर विवाद उत्कर्षमा: एकअर्काविरुद्ध किर्ते र भ्रष्टाचारको आरोप-प्रत्यारोप
धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीचको विवादले उग्र रूप लिएको छ।




वडा नं-१६ स्थित बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माणको भुक्तानी प्रकरणलाई लिएर चर्किएको विवादका बीच दुवै पक्षले बिहीबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी एकअर्काविरुद्ध किर्ते, भ्रष्टाचार र प्रक्रियागत उल्लंघनका गम्भीर आरोप-प्रत्यारोप लगाएका छन्।

सोमबार र मंगलबारको तनावपूर्ण घटनाक्रमपछि आयोजित पत्रकार सम्मेलनमा दुवै पक्षले एकअर्कालाई दोषारोपण गर्दा धरानको राजनीतिक र प्रशासनिक वृत्त थप तरंगित बनेको छ।

मेयर साम्पाङको प्रतिरक्षा: ‘विपद्को काममा भाँडभैलो गरियो’ 

मेयर हर्क साम्पाङले आफ्नो पत्रकार सम्मेलनमा उपमेयर बेघाले तथ्यलाई बंग्याएर गलत भ्रम फैलाएको र विकास निर्माणमा अवरोध सिर्जना गरेको आरोप लगाए।

उनले उक्त निर्माण कार्य विपद्जन्य भएकोले प्रक्रियामा केही लचकता अपनाइएको र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंद्दारा नै सम्झौता भएर प्रक्रिया अगाडि बढेको दाबी गरे।

‘विपद्जन्य कुरामा सम्झौता जतिसुकै बेला गर्न सकिन्छ, कतिपय अवस्थामा कागजात पछि मिलाउनु पर्ने स्थिति पनि हुन्छ,’ मेयरले भने, ‘भुक्तानी दिन फाइल तयार भइरहेको अवस्थामा उपमेयरले भाँडभैलो गर्नुभयो।’

उनका अनुसार करिब १७ लाखको लागत अनुमानमा १० लाख बराबरको श्रमदान भएको र ७ लाख हाराहारीको मात्र सामग्री (जाली) र ढुवानीको भुक्तानी प्रक्रिया अघि बढाइएको थियो, तर उपमेयरले ‘श्रमदाताले पैसा पाउँदो रहेछ’ भन्ने भ्रम फैलाएको उनको आरोप छ।

श्रमदानको अभिलेखका लागि मात्र डोर हाजिरी गरिएको स्पष्ट पार्दै उनले उपमेयरले नै प्रमुख प्रशासकीय अधिकृतबाट फाइल लगेर आफ्ना विरोधीलाई उपलब्ध गराएको समेत आरोप लगाए।

साथै, वडाध्यक्ष मुरारी भट्टराई आफैं श्रमदानमा सहभागी भएर पछि भुक्तानी रोक्न खोज्नुले गलत चरित्र देखाएको र प्रसाद राईको अध्यक्षतामा गठित उपभोक्ता समिति नियमसम्मत भएको उनको जिकिर थियो।

उपमेयर बेघाको प्रतिवाद: ‘श्रमदानको नाममा किर्ते र कानुनी भ्रष्टाचार’ 

मेयर साम्पाङको पत्रकार सम्मेलनलगत्तै, उपमेयर आइन्द्रविक्रम बेघाले पनि आफ्नो पत्रकार सम्मेलनमा मेयरका दाबीहरूको खण्डन गर्दै उनीमाथि श्रमदानको नाममा गैरकानुनी रूपमा किर्ते फाइल खडा गरी कानुनी भ्रष्टाचार गरेको संगीन आरोप लगाए।

बेघाले मेयरले प्रक्रिया र विधि मिचेर नयाँ फाइल खडा गरेको दाबी गर्दै भने, ‘कर्मचारीले मलाई दिएको फाइलमा डोर हाजिरको कैफियतमा केही उल्लेख थिएन, तर हाल आएर नगरप्रमुखले फाइलमा कोरमेट गरेका छन्।’

उनले काम सम्पन्न भएको १५ दिनपछि सम्झौता गरिएको, हुँदै नभएको दिनमा समेत हाजिरी भरिएको, एकै व्यक्तिले एउटै किसिमले हस्ताक्षर गरेको, फाइलमा काम भएको साल-महिना-गते स्पष्ट नभएको, र नगरपालिकाको जेसीबी तथा दमकल जस्ता सरकारी स्रोत-साधनको दुरुपयोग भएको जस्ता गम्भीर प्रक्रियागत त्रुटिहरू औंल्याए।

‘डोर हाजिरमा हस्ताक्षर गरेपछि कानुनी रूपमा भुक्तानी लिएको ठहरिन्छ; रेकर्डका लागि मात्र भन्नु गैरकानुनी हो र सजायको भागीदार हुनुपर्छ,’ बेघाले भने।

उनले मेयरले वडाध्यक्षको अधिकारमा हस्तक्षेप गरेको बताउँदै आफूले ती अनियमितता देखेरै फाइल अस्वीकार गरेको स्पष्ट पारे।

यो आरोप-प्रत्यारोपको शृंखलाले धरानको प्रशासनिक कार्य मात्र नभई आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई समेत गम्भीर रूपमा प्रभावित पारेको छ। विवाद समयमै साम्य नभए थप जटिल बन्ने निश्चित देखिएको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस