मधेशका चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण
३१ भदौ २०८१
•
१ मिनेट पाठ
मधेशका चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण
फाइल तस्बिर
मधेश प्रदेशको चार जिल्लामा आठ अर्ब ५१ करोड ७९ लाख रुपैयाँको लागतमा ३ सय ३५ किलोमिटर हुलाकी सडक निमार्ण गरिएको छ । आर्थिक वर्ष २०७२-७३ देखि आव २०८०-८१ सम्ममा उक्त हुलाकी सडक निर्माण गरिएको हो । केही ठाउँमा थप सडक निमार्णको काम पनि भइरहेको छ ।  




प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा हुलाकी सडक निर्माण गरिएको हो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जीतकुमार रायका अनुसार ती चार जिल्लामा कूल तीन सय ९३ किमी सडक निमार्ण गर्ने लक्ष्य थियो । यस क्रममा साना तथा ठूला गरी ५१ पक्की पुल निर्माण गरिएका छन् ।  

हुलाकी सडक निमार्ण कार्य नेपाल तथा भारत सरकारको लगानीमा भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । हुलाकी सडक निर्माणबाट करिब ३६ लाख नागरिक लाभान्वित हुने उनले बताए । 'हुलाकी सडक छेउछाउका जमिनको मूल्य आकाशिएको छ, राजमार्गमा पर्ने ठूला तथा साना बजार आर्थिकरुपले समृद्ध हुँदै गएका छन् । राजमार्गमा सवारी साधनको आवागमनमा वृद्धि भएको छ', उनले भने ।  

कार्यालयबाट प्राप्त विवरणअनुसार निमार्ण भएको हुलाकी सडकमध्ये सिरहामा २९ दशमलव ९८ किमी (कमला–बलान सडक), २७ दशमलव ४६ किमीको गोलबजार जमदह लवदी र गरियानी खडग सडक, धनुषामा ३५ दशमलव ५८ किमीको कदम चौक–कप्टौल–निकौरिया सडक, १० किमीको यदुकोहा– खजुरीमहुवा सडक तथा १० दशमलव २६ किमीको जनकपुरधाम–जलेश्वर भिठ्ठामोड सडक रहेका छन् ।

यसैगरी महोत्तरीमा निर्माण भएका सडकमा २० किमी लामो जनकपुर–बसविटी–वलुवा–हर्दिपोखर–भिण्डा–सङ्ग्रामपुर सडक निमार्ण गरिएको छ । सर्लाहीमा २२ दशमलव ४८ किमी लामो वेल्हीत्रिभुवन नगर सडक, २१ दशमलव २० किमी लामो  फुलजोड–त्रिभुवन नगर सडक तथा ४० दशमलव ३७ किमी लामो शितलपुर–मलङ्गवा–खरैयाटोल सडक, २६ दशमलव ५९ किमी लामो नवलपुर–मलङ्गवा तथा ४० दशमलव ५८ किमी लामो नयाँ रोड–बरहथवा र मधुवनी सडक तथा बरहथावादेखि पश्चिम ५२ किमी सडक निर्माण सम्पन्न भएका छन् ।  
अर्को समाचार
अधुरो हुलाकी सडक अनुगमन गर्न पुगेको संसदीय टोलीलाई स्थानीयले लखेटे
२१ चैत्र २०८१
•
२ मिनेट पाठ
अधुरो हुलाकी सडक अनुगमन गर्न पुगेको संसदीय टोलीलाई स्थानीयले लखेटे
तस्बिर : कलैयाको अधुरो हुलाकी सडक अनुगमन गर्न आएकी सांसद ज्वाला कुमारीसँग स्थानीयको विरोध।
मानमत–कलैया–मटिअर्वा हुलाकी सडक अधुरो रहँदा निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले कलैयामा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको अनुगमन टोलीको विरोध गरेका छन्। सडक अधुरो हुँदा स्थानीयले सास्ती भोग्नुपरेको र दुर्घटना बढेको गुनासो गर्दै तत्काल निर्माण पूरा गर्न माग गरेका हुन्।




टोलीसँगै आएकी बारा क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य ज्वाला कुमारी साहलाई स्थानीयले विरोधस्थलबाट लखेटे। आन्दोलनमा उत्रिएका हरिओम प्रसादले वर्षौदेखि अधुरो रहेको सडकको निर्माणको लागि यस क्षेत्रबाट पटक पटक निर्वाचित हुँदा पनि कुनै पहल नगरेको र सडक निर्माणको आन्दोलन गर्दा समेत हाम्रो माग पुरा गराउन तर्फ नलागेको देखेर नै आज यस क्षेत्रको सांसदलाई विरोध गर्नु परेको बताए।

स्थानीयवासीको विरोधको सामना गर्नु परेको प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहले आफूले नै कलैया उपमहानगरपालिकाका निवर्तमान प्रमुख राजेश राय यादवसँग समन्वय गरेर अर्थ मन्त्रालयबाट बजेट बिनियोजन गराएको र ठेकेदारले समयमै काम नगर्दा आफूले धेरै पटक यसको विरोध गरेको तर्क गरेकी छिन्।

कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा रहेको अनुगमन टोलीसँग आन्दोलनकारीले अधुरो सडकको निर्माण पूरा गर्न माग राखे। सडकको लागि लामो समय देखि आन्दोलन गर्दै आएका पीडितहरूको माग सुनेर टोलीका संयोजन श्रेष्ठले अधुरो रहन गएको कलैयाको हुलाकी सडकको चाँडो भन्दा चाँडो निर्माण गराउनको लागि टोलीले सरकारसँग पहल गर्ने आश्वासन दिए।

कलैया बजार क्षेत्रको अधुरो सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। अधुरो सडकमा गाडी गुड्दा उड्ने धुलोले हिँडडुल गर्न र सडकछेउका घरमा बस्न नसकिने अवस्था आएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्डअन्तर्गत कलैया बजारको साढे दुई किलोमिटर र अन्य स्थानको गरी करिब साढे तीन किलोमिटर सडक निर्माणका लागि ओम साई एण्ड कम्पनी र सप्तकोशी जलाधार जेभीले २३ करोडमा ठेक्का लिएका छन्। हुलाकी सडक कार्यालय वीरगन्जका इन्जिनियर रविन्द्र दासका अनुसार, २०७८ पुस २७ मा सम्झौता भएर २०७९ माघ १ गतेभित्र काम सक्ने लक्ष्य थियो। तर, निर्माण पूरा नभएपछि २०८१ चैत २९ सम्म म्याद थप गरिएको छ।  

दासले भने, ‘सप्तकोशी जलाधार कम्पनीले काम छोडेर सम्पर्कविहीन भएपछि कारबाही प्रक्रिया सुरु भएको छ।’ ओम साई एण्ड कम्पनीका सञ्चालक होमनाथ गौतमले भने, ‘विद्युतीय पोल र खानेपानीको पाइप नहटाइएकाले कलैया बजारलगायत क्षेत्रमा काम गर्न ढिलाइ भएको छ।’ उनले यी संरचना समयमा नहट्दा कालोपत्रे गर्न समस्या भएको बताए। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस