एक महिना पनि वितेको छैन, धनगढीमा गौरा सकिएको । त्यही गौरामा बरिष्ठ डेउडिया तथा डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीसँग एक आपसमा हात जोडेर डेउडा गाएको विर्सेका छैनन् समकालीन डेउडियाहरुले । हो, तिनै समकालीन डेउडियाहरु लक्ष्मण अधिकारी, धनेश्वरीदेवी रेग्मी र धनसरा साउदले आज उनै डेउडिया बोगटीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिदै डेउडा भाकामा माथिका शब्दहरु अर्पण गरे । उनीहरुको शब्दमा अन्य श्रष्ठा तथा उपस्थित डेउडियाले दोहो¥याए । श्रद्धाञ्जली सभा भावुक बन्यो । गीतेरुहरु डेउडा गाउँदै भक्कानिँदै रोए ।
धनगढीको मटियारीस्थित केदारेश्वर धाममा कपल्लेकी जाँतमा डेउडिया भएर भदौ ३१ बेलुका डेउडा खेल्न गएका बोगटी साइकल चढेर राति घर फर्कने बेलामा हाइस गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको विहीबार दिउँसो १ बजे मृत्यु भएको थियो । उनको पार्थिव शरीरलाई शुक्रबार विहान अन्तिम श्रद्धाञ्जलीका लागि डेउडा प्रतिष्ठानको कार्यालय तथा सुदूरपश्चिमाञ्चल साहित्य समाजको प्राङ््गणमा राखिएको थियो ।
श्रद्धाञ्जलीका लागि सुदूरपश्चिम प्र्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम तथा उनका समकालीन डेउडिया एवम् साहित्यकार, श्रष्ठा, चलचित्रकर्मीले पुष्पगुच्छा, अविर तथा खादा ओढाउनुका साथै डेउडा प्रतिष्ठानले लोगो अंकित झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको पार्थिव शरीर डेउडा प्रतिष्ठानबाटै धनगढीस्थित त्रिवेणी आर्य घाटमा अन्तिम संस्कारका लागि लगियो । बोगटीका १०४ वर्षिया आमा, दुई पत्नी दुई छोरा र एक छोरी छन् ।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...