बुधवारदेखि भक्तपुरको सल्लाघारीमा दसैं मेला
०८ असोज २०८१
•
३ मिनेट पाठ
बुधवारदेखि भक्तपुरको सल्लाघारीमा दसैं मेला
नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा भक्तपुरको सल्लाघारीमा आयोजना हुन लागेको ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। 




भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा र सगुन इभेन्ट म्यानेजमेन्ट प्रा.ली.को व्यवस्थापनमा असोज ९ गतेदेखि १९ गतेसम्म सल्लाघारी चौरमा आयोजना हुने यो महोत्सवले भक्तपुरको सांस्कृतिक पहिचान, पर्यटन प्रवर्द्धन र व्यापारिक गतिविधिलाई थप उचाइमा पु¥याउने विश्वास गरिएको आयोजकले जनाएको छ।

भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले मङ्गलवार नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरसँगको साक्षात्कार कार्यक्रमका महोत्सवको तयारी पूरा भएको जानकारी दिए । श्रेष्ठका अनुसार, महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै भक्तपुरको व्यापारिक गतिशीलतालाई बलियो बनाउनु हो।  “महोत्सव भक्तपुरको आर्थिक गतिविधि सशक्त बनाउने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने एउटा लाइफलाइन साबित हुनेछ” अध्यक्ष श्रेष्ठले भने। उनले भक्तपुरजस्तो ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिएको सहरमा एउटा स्थायी प्रदर्शनी स्थलको खाँचो रहेको र यसले थप पर्यटक भित्र्याउन मद्दत गर्ने पनि बताए ।

महोत्सवमा १५० भन्दा बढी स्टलहरू राखिने तयारी छ । यी स्टलहरूमा दैनिक उपभोग्य सामग्री, विभिन्न प्रकारका लत्ताकपडादेखि अन्य वस्त्र, हस्तकला र स्थानीय उत्पादनहरू प्रदर्शन गरिनेछन् । साथै, महोत्सवमा बालबालिकाहरूका लागि बाल उद्यान, रोटेपिङ, डागन रेल, बोटिङ, मिक्की माउस, ट्र्याम्पोलिन लगायतका मनोरञ्जनात्मक खेलहरू पनि राखिएका छन्, जसले महोत्सवलाई परिवारका लागि आकर्षक गन्तव्य बनाउने अपेक्षा गरिएको छ ।

यसका साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षणमध्येको एक हुनेछ । स्थानीय सांस्कृतिक कला र परम्परालाई प्रवर्द्धन गर्न महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत राखिने योजना छ । राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनको नेतृत्वमा रहेको टोलीले पनि महोत्सवमा आफ्ना आविष्कारहरू प्रस्तुत गर्ने जनाइएको छ, जसले नव प्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

११ दिनसम्म चल्ने यो महोत्सवमा करिब २ लाख ५० हजार दर्शकहरूको सहभागिता रहने अनुमान गरिएको छ । यसले महोत्सव अवधिभर करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । यसले भक्तपुरको व्यापारिक गतिविधिमा ठुलो योगदान पुर्‍याउने आशा छ । महोत्सवले स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्दै भक्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा थप स्थापित गर्ने उद्देश्य राखेको छ ।

सांस्कृतिक महत्त्वका साथै व्यापारिक रूपमा समेत महत्त्वपूर्ण रहेको यो महोत्सवले भक्तपुरलाई नेपालकै प्रमुख सांस्कृतिक र आर्थिक केन्द्रको रूपमा चिनाउने अपेक्षा गरिएको छ । अध्यक्ष श्रेष्ठले भक्तपुरमा प्रदर्शनी स्थलको आवश्यकता रहेकोमा जोड दिँदै यस्तो किसिमको महोत्सवहरूले आन्तरिक पर्यटनलाई बढवा दिने विश्वास व्यक्त गरे। उनले यस महोत्सवले आन्तरिक पर्यटनलाई थप जीवन्त बनाउने विश्वास पनि व्यक्त गरे ।

त्यसै गरी कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले दसैँको बेलामा मेला महोत्सव पैसा कमाउने भन्दा पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरी सबै सामान सर्वसुलभ मूल्यका साथै गुणस्तरमा पनि ध्यान दिनु पर्नेतर्फ जोड दिए ।
अर्को समाचार
विपद् उद्धारका लागि भक्तपुरमा १६ खुल्ला ठाउँंहरुको पहिचान
२९ असार २०८२
•
३ मिनेट पाठ
विपद् उद्धारका लागि भक्तपुरमा १६ खुल्ला ठाउँंहरुको पहिचान
मनसुनजन्य विपद्को सम्भावनासँंगै भक्तपुर जिल्लामा विपद्बाट उद्धार गरिएकाहरुको सुरक्षित स्थानान्तरणका लागि १६ खुल्ला ठाउँंहरुको पहिचान गरिएको जनाइएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको आइतबार भक्तपुरमा वसेको बैठकले जिल्लाका चार वटा नगरपालिका क्षेत्रहरुमा यी ठाउँंहरुको पहिचान गरिएको जानकारी गराइयो ।




जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिका संयोजक एवं भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेको अध्यक्षतामा सरोकारवाला नगरपालिकाका प्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयहरुका प्रतिनिधिहरु तथा पत्रकारहरुवीच भएको बैठकमा भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण नगरपालिकाका विभिन्न क्षेत्रहरुमा यी ठाउँहरुको पहिचान गरिएको जानकारी गराइयो ।

बैठकमा विपद् व्यवस्थापनका योजनाहरुबारे जानकारी दिंदै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भण्डारीले जिल्लाका चार वटै नगरपालिका क्षेत्रका विभिन्न ठाउँंहरु पहिचान गरेको जानकारी दिए । उनले ठूलो आपतविपत आएर सयौं मानिसहरुलाई सुरक्षित ठाउँंमा स्थानान्तरण गर्नुपरेमा ती खुल्ला ठाउँंहरुको पहिचान गरिएको जानकारी गराए ।

बैठकमा जिल्लाका चारवटै नगरपालिकाबाट प्रतिनिधित्व गरी आएका प्रतिनिधिहरुले आआफनो नगरपालिकाको विपद् पूर्वको तयारीबारे जानकारी गराएका थिए । साथै जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यालयहरुले गरेका विपदपूर्वको आआफनो कायालयहरुले गरिरहेको पूर्व तयारीबारे पनि कार्यक्रममा जानकारी गराइएका थिए ।

बैठकमा जिल्लाको चाँंगुनारायण नगरपालिका विपद् व्यवस्थापन एकाइ प्रमुख दिनेश थापाले नगरपालिका क्षेत्रमा हुनसक्ने सम्भावित बाढीपहिरोबाट जोगाउन नगरपालिका क्षेत्रभित्र रहेका तव्याखुसी (खोला)मा रहेका माटोकस्सर निकालेर खोला खुल्ला गरी सफा गरेको जानकारी गराए । यसले बाढी आउँंदा बस्ती डुवानमा नपरी बाढी खोला भएरै सलल वग्ने उनको भनाई थियो । साथै तारजाली तयारी अवस्थामा राखिएको पनि उनले बताए । भक्तपुर नगरपालिका स्यानिटेशन शाखाका प्रमुख रामकृष्ण प्रजापति, सूर्यविनायक नगरपालिकाबाट प्रतिनिधित्व गरी आएका नवराज गिरीलगायतले पनि आआफनो नगरपालिका क्षेत्रका सम्भावित क्षेत्रहरुको पहिचान गरी भैपरी आएमा गरिरहेको पूर्वतयारीहरुबारे बैठकमा जानकारी गराए ।

भक्तपुरमा सवैभन्दा ठूलो लामो हनुमन्ते खोला छ । यो खोलामा मनसुन (वर्खा) मा बाढी आउँंदा प्रत्येक वर्ष विभिन्न क्षेत्रहरु डुवानमा पर्दै आएको छ । यसका साथै जिल्लाका विशेष गरी सूर्यविनायक र चाँंगुनारायण क्षेत्रका जताततै जथाभावी गरिएका अवैध प्लटिंगले गर्दा पहिरो आउने र ज्यान लिने गर्र्दै आएको छ । यही कारण जिल्लामा वाढीपहिरो, भुक्षयलगायतका कारण प्रत्येक वर्ष मानिसको मृत्यु हुँदै आएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी पाण्डेले विपद् बाजा बजाएर आउँंदैन भने जस्तै विपद आएपछि उद्धार गर्नुभन्दा विपद् पूर्व नै आवश्यक तयारी गरी वस्नका लागि बैठक बोलाएको जानकारी गराए । विपद्को बेला सवैले आआफनोतर्फबाट सहयोगका लागि पनि उनले सवैसँंग अनुरोध गरे ।

“विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४” को दफा २(ठ) अनुसार विपद् भन्नाले “कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा गैरप्राकृतिक विपद् सम्झनुपर्छ” भन्ने उल्लेख छ । नेपाल विपद्को दृष्टिले अत्यन्त जोखिमपूर्ण मानिन्छ । नेपालको भूबनोट, कमजोर भौगर्भिक अवस्था, वर्षा, जलवायु परिवर्तन आदिका कारणबाट नेपालका विभिन्न नदीनालामा बाढी, जलाधार क्षेत्रमा पहिरो, भूक्षय बढ्न गई हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ । त्यस्तै खडेरी, आगलागी र महामारी जस्ता प्रकोपले नेपाललाई बर्सेनि सताउने गरेको छ ।

नेपालको संविधानले विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेको छ । संविधानले संघ, प्रदेश र स्थानीय तीनवटै तहको सरकारलाई विपद् व्यवस्थापनको दायित्व दिएर जिम्मेवार बनाएको छ । सशक्त र प्रभावकारी कार्य गर्न मार्गदर्शन गरेको छ । “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४” छ । सो ऐनसँग सम्बन्धित नियमावली २०७६ छ । सो ऐनको दफा १० बमोजिम गठन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण छ । विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८–२०३० छ । तर पनि प्रत्येक वर्ष विपद्बाट मानवीय तथा ठूलो मात्रामा भौतिक संरचना ध्वस्त हुने क्रम निरन्तर जारी छ ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस